कस्मोलोजी

ब्रह्माण्ड संबंधित विषयको अध्ययनलाई कस्मोलोजी भनिन्छ।

किम जोङ उन

किम जोङ उन (चोसङ्गुल: 김정은, Korean: [kim.dʑʌŋ.ɯn]; जन्म ८ जनवरी १९८३) उत्तर कोरियाका प्रमुख नेता हुन् तथा सन् २०१२ देखि कोरियाको मजदुर पार्टीका नेता हुन् । किम किम जोङ् इल (१९४१–२०११) र को योङ हुई (१९५२–२००४) का दोस्रा सन्तान तथा उत्तर कोरिया स्थापना भएपछी (१९४८ देखि १९९४ सम्म) का प्रथम नेता किम इल-सुङ का नाती हुन् ।.उनको जन्म कहिले भएको थियो भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन । यद्यपि, उनी १९८३ अथवा १९८४ मध्ये कुनै एक वर्षमा जन्मिएका हुन् भन्नेमा विवाद छैन । उत्तर कोरियाले जनवरी ८ मा राष्ट्रिय बिदा दिने गरेकाले उनको बर्थ–डे जनवरी ८ हो भन्ने अनुमान गरिएको छ ।उनी संसारकै कान्छा राष्ट्रप्रमुख हुन् । उनी २८ वर्षको उमेरमा राष्ट्रप्रमुख बनेका थिए ।उनले उत्तर कोरियामा कम्प्युटर साइन्स पढेका थिए । कोरियाको किम इल सुङ युनिभर्सिटीबाट भौतिकशास्त्र र किम इल सुङ मिलिटेरी एकेडेमीबाट सैन्य शास्त्रमा गरी दुई विषयमा स्नातकोत्तर गरेका छन् ।नेता उनसँग हुने कोरियाली सैनिकको हातमा बन्दुक नभई डायरी र कलम हुने गरेको छ । उनका साथमा रहने सैनिकहरू सबैले उनले बोलेका कुरा डायरीमा अनिवार्य रूपमा टिप्नुपर्छ ।

खड्गप्रसाद ओली

खड्गप्रसाद शर्मा ओली (जन्म: विसं २००८ साल फागुन ११, प्रख्यात नाम: केपी ओली) नेपालका राजनीतिज्ञ तथा वर्तमान (४१ औं) प्रधानमन्त्री हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी बाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री नियुक्त भएका हुन्। यस अघि २०७२ मा यिनी पहिलो पटक प्रधानमन्त्री बनेका थिए। यिनी नेकपा (एमाले)का वर्तमान अध्यक्ष हुन्। यिनी विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत भएका छन् । ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका हुन्।

डोनाल्ड ट्रम्प

डोनाल्ड ट्रम्प (अङ्ग्रेजी: Donald John Trump, जुन १४, १९४६) अमेरिकी राष्ट्रपति हुन्। यीनी बराक ओबामा पछिको अमेरिकाको ४५औं राष्ट्रपति हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राजधानी काठमाडौंमा रहेको विमानस्थल हो। यो नेपालको प्रमुख र हालसम्म चालु एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो।

दैलेख जिल्ला

दैलेख जिल्ला नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चलको एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो। यो जिल्ला भेरी अञ्चलको सबैभन्दा सानो जिल्ला हो। दैलेख जिल्ला मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालिकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका वीचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो । यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर सिरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्ला भित्र लोहोरे छामघाट खोला शीरस्थान, नाभिस्थान, पादुका, कोटीला धुलेश्वर जस्ता पानीमाथि दीप ज्वाला वल्ने पाँचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरू यहाँ छन् । भैगोलिक रूपमा विकट रहेतापनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ । यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरूमा नारायण नगरपालिका, दुल्लु, रानीमत्ता, नौमुले, वेस्तडा, कर्णाली नदीको काखमा अवस्थित तल्लो डुङेश्वरबजार, ठाँटीकाट, रामघाट बजार रहेका छन् । प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको यस जिल्ला धार्मिक र प्राकृतिक तथा जल सम्पदामा पनि धनि रहेको छ । विभिन्न मठ, मन्दिर, पर्यटकीय तिर्थस्थल तथा विभिन्न नदीहरूका साथमा रहेका प्राकृतिक मनोरम दृश्यहरू तथा प्राकृतिक श्रोतको व्यापक उपलब्धता यस जिल्लाका पर्यटकीय सम्भावनाका आधारहरू हुन्। यस जिल्लामा तिब्रतर रूपमा सडक, पुल-पुलेसा, मठ, मन्दिर, देवल, होटल, लज र ब्यापारिक केन्द्रहरू निर्माणमा रहेका छन् । जिल्लाको लकान्द्रा गा.वि.स.को जौचौरको पहिरोमा तामा र फलामको खानीहरू पुरिएको छ भन्ने भनाइ रहेको छ। त्यस्तै कालिकोट र दैलेखको सिमानामा पर्ने भुवानथानको लेकमा स्थानिय भाषामा झिलझिले ढुङ्गा भनिने काईनेटिक ढुङ्गाको खनन तथा प्रसोधन भैरहेको छ। यसै गरी दैलेखमा चुनढुङ्गा र अभ्रखका खानीहरू छन् भन्ने वैज्ञानिकहरूको भनाई रहेको छ। जिल्लाको विभिन्न स्थानमा पाइने सिलेट घरको छानो बनाउने प्रयोगका लागि बाह्य जिल्लामा समेत निर्यात गरिन्छ । दैलेखका शिरस्थान, नाभिस्थान, पादुका लगायत क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रुपमा पेट्रोलियम पदार्थ बलिरहेको छ । धार्मिक दृष्टीकोणले पञ्चकोशी क्षेत्रका रुपमा परिचय बनाउन सफल यो क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको उल्यख्य उपस्थिति हुँदै आएको छ । मुगुको राराताल घुमेर आउने अधिकांश पर्यटकहरू दैलेखको पञ्चकोशी क्षेत्रमा पुगेर फर्कने गरेका छन् । अब यस क्षेत्रमा मिथेन ग्यास उत्खनन प्रारम्भ हुँदैछ ।

नेपाल

नेपाल(आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) एक दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।

पञ्चकोशी

पञ्चकोशी दैलेख जिल्लामा पर्ने नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकोले यस तिर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तिर्थ पनि भनिन्छ। हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई बैश्वानर तिर्थ भनेर वर्णन गरिएको छ। यस तिर्थलाई अग्नि तिर्थ भनेर पनि चिनिन्छ। प्राचिन कालका खसमल्ल राजाहरूले यस तिर्थलाई पञ्कोशी भनेर नामांकन गरी तिर्थ यात्राको थालनी गरे यता यस तिर्थको नाम पञ्चकोशी रहन गएको अनुमान छ। पश्चिम नेपालका हिन्दू धर्मावलम्बीहरूले यस क्षेत्रमा देव कर्म, पृती कर्म लगायतका धार्मिक अनुष्ठान गर्नाले सिद्धी प्राप्त हुने विश्वास गर्दछन्। भौगोलिक विकटताको कारणले उजागर हुन नसकेको पञ्चकोशीले धार्मिक, ऐतिहासिक, पर्यटकिय र आर्थिक महत्व समेत ओगटेको छ । पञ्चकोशी नेपालकै प्रचुर मात्रामा पेट्रोलियम ग्यासको सम्भाव्य क्षेत्र हो । विसं २०७२ को चैतमा नेपाल र चिन बीच भएको द्विपक्षिय सम्झौता अनुशार यस क्षेत्रमा पेट्रोलियम ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिन बनेको परियोजनालाई नेपाल सरकारले स्विकृत गरेको थियो। अब नेपाल र चिनको खानी विभागस्तरबाट यो परियोजना सञ्चालन हुँदै छ। २०७३ सालको बैशाख महिनामा चिनियाँ टोलीले पेट्रोलियम उत्खननको सम्भावना बारे प्रारम्भिक अध्यायन गरेको थियो। द्विपक्षिय सम्झौता पछि चिनियाँ टोलीले नेपाल आएर सम्भाव्य क्षेत्रका चट्टान लगायत नमुना चिनमा लगेको थियो। त्यसको रिपोर्ट आएको दुई वर्ष पछि अन्वेषणका लागि तयार भएर परियोजना तयार भएको हो। यसैले यो क्षेत्र नेपालकै आर्थिक महत्व ओगटेको क्षेत्र मानिएको छ। नेपाली भाषाको उत्पत्ती स्थान जुम्लाको सिंजालाई मानिए पनि नेपाली भाषाको सबै भन्दा पुरानो अभिलेख यसै पञ्चकोशी क्षेत्रको दुल्लुमा रहेको छ । अहिले सम्मको अध्यायन अनुशार सबै भन्दा पुरानो मानिएको दामुपाल, अढईपाल द्वारा शाक्य ९ सय तिन तदानुशार विक्रमसंवत १ हजार ३८ को शिलालेख यसै क्षेत्रमा रहेको छ। यसका साथै विक्रम संवत १४१४ को पृथ्वी मल्लले बनाएको सातहात लामो किर्तिस्तम्भ पनि यसै क्षेत्रमा रहेको छ। यसका साथै पादुकामा रहेको अशोक चल्लको स्तम्भ शिरस्थानमा रहेको अभिलेखका साथै बाटो भरि जता ततै गाडिएका वीरखम्बाहरूमा भएका अभिलेखहरूले नेपाली भाषा तथा पश्चिम नेपालको इतिहास केलाउनमा धेरै महत्व राख्दछन्। तसर्थ यो क्षेत्रलाई नेपालकै ऐतिहासिक महत्व बोकेको स्थानको रुपमा लिइन्छ। यस क्षेत्रको प्राकृतिक सौन्दर्यता, यहाँको संस्कृति र यस क्षेत्रमा रहेका अगण्य धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरूले यस क्षेत्रमा आउने कुनै पनि बाह्य तथा आन्तरिक पर्यटकहरूको मन लोभ्याउन सफल भूमिका निर्वाह गर्ने भएकाले यस क्षेत्रले पर्यटकिय महत्वलाई पनि त्यत्तिकै अंगालेको छ। धार्मिक महत्वको कुरा गर्नु पर्दा यस क्षेत्रलाई संसारका सबै तिर्थहरू भन्दा पनि पुण्य क्षेत्र मानिएको छ।

भौतिक शास्त्र

भौतिकशास्त्र (प्राचिन ग्रिक बाट: φυσική (ἐπιστήμη) phusikḗ (epistḗmē) प्रकृतिको ज्ञान) एउटा प्राकृतिक विज्ञान हो जसले शक्ति र बल सँग सम्बन्धित समय र स्थानबाट यसको चाल र पदार्थको अध्ययन गर्छ। यो ब्यापक अर्थमा ब्रह्माण्डलाई बुझ्नका निम्ति गरिने प्रकृतिको बृहत्त अध्ययन हो।

युएस-बंगला विमानसेवा फ्लाइट २११ दुर्घटना

युएस-बङ्गला विमानसेवा फ्लाइट २११ २०७४ फागुन २८ मा ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। विमान दुर्घटना हुँदा ७१ जना यात्रुहरु मध्य विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो भने बाँकी २० जना घाइते भएका थिए। दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको थियो। मृत्युहुनेहरुमा २२ जना नेपाली, २८ जना बङ्गलादेशी र एक चिनियाँ नागरिक रहेका छन्। दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भएको थियो।

रविन्द्र अधिकारी

रविन्द्र अधिकारी नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका युवा नेता हुन् । साथै केन्द्रीय सदस्य समेत हुन् । संविधानसभा-२ को निर्वाचनमा उनी कास्की जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । अनेरास्ववियूका अध्यक्ष रहिसकेका अधिकारी संविधानको सभा-१ को चुनावमा कास्की क्षेत्र न ३ बाट भारि वहुमतका साथ संविधान सभासद बन्ने मौका पाएका थिए।

सिङ्गापुर

सिङ्गापुर एक दक्षिण पूर्वी एसियाली देश हो । यो संसारको सबैभन्दा सानो देश मध्ये एक हो ।

स्टिफन हकिङ

स्टिफन विलियम हकिङ (अङ्ग्रेजी: Stephen William Hawking) (जन्म ८ जनवरी, १९४२, वेलायत - १४ मार्च २०१८), विश्व प्रसिद्ध अङ्ग्रेजी भौतिक शास्त्री, लेखक र क्यामब्रिज विश्वविद् हुन् । उनले भौतिक विज्ञान र ब्रह्मण्डविज्ञानमा उल्लेखनीय काम गरेका छन् । उनका पुस्तकहरू सबैका लागि विज्ञान बुझ्न मद्दत गर्दछ ।

२०१८ उत्तर कोरिया- संयुक्त राज्य शिखर सम्मेलन

२०१८ उत्तर कोरिया- संयुक्त राज्य शिखर सम्मेलन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उन बीच सन् २०१८ जुन १२ मा सिङ्गापुर स्थित भएको पहिलो शिखर सम्मेलन हो ।शिखर सम्मेलन सकिए लगत्तै, ट्रम्पले अमेरिकाद्वारा कोरियाली प्रायद्वीप छेउछाउ गरिने आफ्नो सैन्य अभ्यास बन्द गर्ने घोषणा गरे भने किमले परमाणु निशस्त्रीकरणको दिशामा काम गर्ने प्रति आफ्नो प्रतिबद्धतालाई दोहराए ।

अर्को भाषामा पढ्नुहोस्