२९ मे

ढाँचा:मे २०१९

एन्नेट्ट बेनिङ

एन्नेट्ट क्यारोल बेनिङ (जन्म: २९ मे १९५८) एक अमेरिकन चलचित्र अभिनेत्री हुन्।

कमल हासन

कमल हासन एक बहुप्रसिद्ध अभिनेता थिए ।

कृति खरबन्दा

कृति खरबन्दा (जन्म २९ अक्टोबर १९८८) एक भारतीय चलचित्र अभिनेत्री हुन्, जो कन्नड तथा तेलुगु चलचित्रमा काम गर्ने गर्छिन् । मोडल भएर करियर सुरुवात गरेपछि उनले तेलुगु चलचित्र बोनि (२००९) बाट चलचित्रमा अभिनय गर्न थालिन् । त्यससँगै उनी कन्नडको एक उत्कृष्ट अभिनेत्री बनिन् । उनले हालैमात्र तमिल र हिन्दी चलचित्रमा पनि अभिनय गरेकी छिन् ।

गोमा

गोमाको जन्म संवत् १९८२ साल जेठ १५ गते पर्वतको राम्जामणि चौरमा भएको थियो । लक्ष्मीकान्त उपाध्याय र नन्दकुमारी उपाध्यायकी उनी प्रथम सन्तान थिइन् । एउटा सिङ्गो इतिहास बोकेकी शारदाकालीन कवयित्री दुःख, आँशु, व्यथा र जलनकी कवयित्री भएर पनि समाजलाई दिशा-निर्देशन प्रदान गर्ने एक सशक्त नारी हस्ताक्षरको रूपमा सुप्रसिद्ध र प्रतिष्ठित बहुमुखी प्रतिभाकी धनी गोमा नेपाली साहित्यको इतिहासकी कहिले नमेटिने पाना हुन् ।

चौधरी चरण सिंह

चौधरी चरण सिंह (जन्म २३ डिसेम्बर स.न्. १९१२) भारतका पूर्व प्रधानमन्त्री थिए ।

नेपाल मजदुर किसान पार्टी

नेपाल मजदुर किसान पार्टी नेपालको एउटा वामपन्थी राजनीतिक दल हो | १९७६मा रोहित समूह, सर्वहारा क्रान्तिकारी सँगठन, नेपाल र किसान समितिको एकिकरणबाट यो दलको स्थापना गरियो | नारायणमान बिजुक्छे (रोहित) दलको अध्यक्ष हुनुहुन्छ|

१९९९ संसदीय निर्वाचनमा दलले ४८६८५ मतहरू (०.४१% , १ क्षेत्र) पायो |

पवन कल्याण

पवन कल्याण (जन्म: आन्ध्र प्रदेश भारत) भारतीय चलचित्रका बहुप्रसिद्ध अभिनेता हुन् ।उनी तेलुगु चलचित्रको लागि काम गर्छन । यस अतिरिक्त उनी एक राजनीतिज्ञ पनि हुन ।

पेरिस कम्युन

पेरिस कम्युन - इतिहासमा सर्वहारा अधिनायकत्वसम्बन्धी अनुभवको पहिलो उदाहरण । सन् १८७१को विद्रोह फलस्वरूप गठित मजदुरवर्गको यो क्रान्तिकारी सरकार, १८ मार्चदेखि २८ मेसम्म, जम्मा ७२ दिन कायम रह्यो । पेरिस कम्युनले चर्चलाई राज्यबाट अलग तुल्यायो र स्तुलहरूलाई चर्चको अधीनबाट मुक्त गर्‍यो, स्थायी सेनाको सट्टा जनतालाई सार्वजनिक रूपमा सशस्त्र तुल्यायो, कर्मचारीहरूको तलब मजदुरहरूको तलबभन्दा बढी हुनु हुन्न भन्ने नियम वनायो, मजदुरहरू तथा शहरका गरीब बासिन्दाहरूको आर्थिक स्थिति सुधार्ने विभिन्न कदमहरू चालेको थियो । २९ मे, १८७१मा थियेरको प्रतिक्रान्तिकारी सरकारको सेना पेरिसभित्र पसेर क्रुरतापूर्वक पेरिसका मजदुरहरूको दमन गर्‍यो । करिब ३० हजार मानिसहरू मारिए, ५० हजार व्यक्ति गिरफ्तार भए र हजाररौंले कालापानीको सजाय पाए ।

फिफा विश्वकप

विश्वकप फुटबल एक फुटबल खेलको सबैभन्दा प्रमुख विश्वस्तरीय पुरूष फुटबल प्रतियोगिता हो । यो प्रतियोगिता हरेक ४-४ वर्षको अन्तरालमा प्रत्येक संस्करणमा फरक फरक राष्ट्रहरूमम आयोजना हुने गर्दछ । सन् १९३० बाट सुरू भएको यस प्रतियोगिता हरेक चार चार वर्षमा आयोजना गर्ने गरि निर्णय गरिएता भनि द्वितीय विश्वयुद्धका कारण सन् १९४२ र १९४६ सालमा भने आयोजना हुन सकेको थिएन । यो प्रतियोगिता सबैभन्दा धेरै पटक ब्राजिलले जितेको छ । ब्राजिले सर्वाधिक पाँच पटक फिफा विश्वकप जिति फुटबल जगत् आफूलाई सर्वमान तुल्याउन सफल भएको छ । यस्तै अन्तिम पटक भएको विश्वकप भने फ्रान्सले जितेको थियो । यो फ्रान्सको दोस्रो फिफा विश्वकप उपाधि थियो । २०१८ फिफा विश्वकपको आयोजक रसिया रहेको थियो ।

यस प्रतियोगिताको वर्तमान संरचना अनुसार सुरूमा लगभग तीन वर्ष लगाएर प्रतियोगिताको फाइनल चरणका लागि विभिन्न छनोट चरणका खेल तथा प्रतियोगिताहरू आयोजना गर्ने गरिन्छ । बल्ल ३२ छनोट चरणहरू पार गर्ने राष्ट्रहरूका बिचमा विश्वकप प्रतियोगिता सञ्चालन हुने गर्दछ । फाइनल चरणमा पुग्ने एउटा टिम भने आयोजकका हैसियतले सिधै छनोट चरणका नखेली फाइनल चरणमा स्थान बनाउँदछ । अहिलेसम्म २१ वटा विश्वकपमा प्रतियोगिताहरू संचालन भइसकेका छन् । जसमा जम्मा ८ राष्ट्रहरूले मात्र विश्वकप जित्न सफल भएको छ । सर्वाधिक धेरै ५ पटक फिफा विश्वकप राष्ट्र ब्राजिल मात्र विश्वकपमा एउटा यस्तो राष्ट्र हो जसले विश्वकपका सम्पुर्ण संस्करणहरू अथवा २१ वटै विश्वकपका संस्करणहरूमा सहभागीता जनाएको छ । अन्य विजेताहरूमा दुई विजेता इटाली र जर्मनीले विश्वकप चारचार पटक जितेका छन् । अनि अर्जेन्टिना, फ्रान्स तथा उरूग्वेले दुईदुई पटक विश्वकप जितेका छन्, भने इंग्ल्याण्ड तथा स्पेनले पनि यो फिफा विश्वकप एक-एक पटक जितेको छ ।

फिफा विश्वकप प्रतियोगिता विश्वमा सधै भन्दा प्रसिद्ध फुटबल प्रतियोगिता हो । साथै ओलम्पिक खेल पछि सबैभन्दा धेरै दर्शकले प्रत्यक्ष तथा टिभीमा हेर्ने एवम् सबैभन्दा धेरै समर्थकहरूले पछ्याउने खेलकुद प्रतियोगिता हो । अझ २००६ फिफा विश्वकपको फाइनल खेल मात्र २६.२९ विलियन दर्शकले खेल प्रत्यक्ष रंगशालामा पुगेर तथा विश्वभर ७१५.१ मिलियन दर्शकले हेरेका थिए ।

हालसम्म जम्मा १७ फरकफरक राष्ट्रहरूले मात्र फिफा विश्वकपको आयोजना गरेको छ । जसअन्तर्गत ब्राजिल, फ्रान्स, इटाली, जर्मनी तथा मेक्सिकोले दुईदुई पटक तथा उरूग्वे, स्वीजदल्याण्ड, स्वीदेन, चिली, इंगल्याण्ड, अर्जेन्टिना, स्पेन, संयुक्त अमेरिका, जापान र दक्षिण कोरिया (संयुक्त), दक्षिण अफ्रिका र रसियाले एकएक पटक विश्वकप आयोजना गरेको थियो । यस्तै कतार भने आउदो विश्वकप २०२२ फिफा विश्वकपका आयोजकका रूपमा रहेको छ । भने त्यसपछि को विश्वकप २०२६ फिफा विश्वकपका लागि भने क्यानडा, संयुक्त राज्य अमेरिका तथा मेक्सिकोलाई संयुक्त रूपमा विश्वकपको आयोजनाका लागि अधिकार दिइएको छ । यो विश्वकपनै पहिलोपटक एकै पटक तीन राष्ट्रहरूले आयोजना गर्न लागेको फिफा विश्वकप हुनेछ ।

यस प्रतियोगिता थालनीको कथा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ, फिफा सँग जोडिएको छ भने फिफाको कथा विभिन्न देशमा स्थापना भएका राष्ट्रिय फुटबल सङ्घहरूको विकास सँग जोडिएको छ । सन् १८६६ मा विश्वको पहिलो राष्ट्रिय फुटबल सङ्घको रूपमा 'इङ्ग्ल्याण्ड फुटबल एसोसिएशन'- एफए गठन भइसकेको थियो । केही वर्षपछि अरू देशहरूमा पनि धमाधम राष्ट्रिय फुटबल सङ्घहरू स्थापना हुन थाले । यसरी फुटबल खेल र त्यसका राष्ट्रिय सङ्घहरूको विस्तार हुँदै गएपछि एउटा अन्तराष्ट्रिय फुटबल सङ्घको आवश्यकता सर्वत्र महसुस हुन थाल्यो । यही खाँचोको निकास खोज्ने क्रममा फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, स्पेन, स्वीडेन र स्विट्जरल्यान्डसमेत सात देशका प्रतिनिधि फ्रान्सको राजधानी पेरिसमा भेला भए । यही भेलाले २९ मे १९०४ मा फुटबलको सर्वोच्च संस्था 'अन्तराष्ट्रिय फुटबल महासङ्घ' -फेडरेसन इन्टरनेशनल डे फुटबल एसोसिएशन, फिफाको औपचारकि गठन भयो । इङ्ग्ल्याण्ड दुई वर्षपछि फिफा सदस्य बन्यो । त्यसपछि अरू देशहरू पनि धमाधम यसको सदस्य हुने क्रम चल्यो, जुन अहिले पनि जारी रहेको छ । अहिले दुई सयभन्दा बढी देश फिफा सदस्य छन् । नेपाल सन् १९७० मा फिफाको पूर्ण सदस्य बनेको हो ।

विश्व कप फुटबल प्रतियोगिताको थालनीको श्रेय आधुनिक ओलम्पिक खेलकूद प्रतियोगिताको सफल सुरूवातलाई जान्छ । सन् १९०० मा भएको दोस्रो ओलम्पिक खेलकूदमा फुटबल पहिलोपटक समावेश गरिएको थियो । ओलम्पिक फुटबलको सफलताले उत्साहित भएका फिफा पदाधिकारीहरूले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ओलम्पिकको घेराभित्र सीमित राख्न नहुने निष्कर्ष निकाले । छलफल चल्दै जाँदा अन्ततः २६ मे १९२८ मा बसेको फिफा एम्स्टर्डम कङ्ग्रेसले युगान्तकारी निर्णय गर्‍यो, हरेक चार-चार वर्षको अन्तरालमा फिफा सदस्य देशहरूबीच विश्व कप प्रतियोगिता आयोजना थाल्ने र पहिलो विश्व कप सन् १९३० मा गर्ने कुराको निचोड निकालियो । अनि अर्को वर्ष, सन् १९२९ को बार्सिलोना फिफा कङ्ग्रेसले यो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व उरूग्वेलाई प्रदान गर्‍यो । फलस्वरूप, राजधानी मोन्टेभिडियोमा एक लाख दर्शक अट्ने नवनिर्मित रंगशाला स्टेडियम देल सेन्टेनारयिोमा आईतबार १३ जुलाई १९३० मा फ्रान्स र मेक्सिकोबीच पहिलो विश्व कपको पहिलो म्याच विधिवत् उद्घाटन खेलको रूपमा सम्पन्न भयो ।

पहिलो विश्वकप आयोजना हुँदा फिफा सदस्य देशसंख्या जम्मा ४१ थियो । त्योबेला छनोट चरण प्रतियोगिता पनि भएको थिएन । तसर्थ, विविध कारणले गर्दा पहिलो विश्व कप प्रतियोगितामा मात्र १३ देश सहभागी भएका थिए । तर दोस्रो विश्वकपमा भने सदस्य देशको संख्या धेरै भएकोले उनीहरूबीच छनोट चरण प्रतियोगिता गराइएको थियो । र, फाइनल प्रतिस्पर्धाका लागि १६ देश छनोट भएका थिए । त्यसपछि लामो समयसम्म छनोट चरण र त्यही १६ देशबीच नै फाइनल स्पर्धा हुने प्रचलन रहँदै आयो । तर सदस्य संख्या र स्तर बढ्दै गएको तुलनामा त्यो संख्या कम महसुस हुन थाल्यो । फलतः सन् १९८२ को बाहौं विश्व कपदेखि यसलाई बढाएर २४ देश पुर्‍याइयो । पुनः १९९८ को १६ औं संस्करणदेखि विश्व कप उपाधिको फाइनल चरणमा भिड्न पाउने देशको संख्या ३२ पुर्‍याइएको हो । हाललाई यही संख्या कायम राखिएको छ ।

भिक्टोरिया गिभन्स

भिक्टोरिया गिभन्स एक अमेरिकन अश्लील चलचित्र अभिनेत्री हुन । उनले ७ घण्टामा कुनै कृतिम स्नेहनको प्रयोग नगरी १०१ जना संग गुदा मैथुन गराएर "सामुहिक गुदा मैथुनमा विश्वकिर्तिमान" राखिन । उनले यस अघि १९९८ मा ब्रुक एस्लीले बनाएको ५० जना संगको "विश्वको धेरै गुदा मैथुन"को रेकर्डलाई तोडेकी थिईन ।

लात्भिया राष्ट्रिय फुटबल टिम

लात्भिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लात्भियालाई प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो लात्भियामा फुटबलको लागि शासकीय निकाय लात्भिया फुटबल संघद्वरा नियन्त्रित छ ।

लियोनेल मेस्सी

लियोनेल आन्द्रेस मेस्सी (जन्मः २४ जुन, १९८७) अर्जेन्टिनाको फुटबल खेलाडी हुन, जो हाल ला लिगा टिम बार्सिलोना र अर्जेन्टिनाको लागि खेल्छन् । मेस्सी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन्, मेस्सीले २१ वर्षको उमेरमा नै बेलोन डी' ओर र फिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि प्राप्त गरे । उनको खेल शैली र क्षमताको कारणले गर्दा उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना हुन लाग्यो, जसले आफैँ मेस्सीलाई आफ्नो "उत्तराधिकारी" घोषित गरेका थिए।मेस्सीले कम उमेरमानै फुटबल खेल्न शुरू गरे र चाँडै नै बार्सिलोनाले उनको क्षमता पहिचान गर्‍यो। उनले सन २००० मा रोसारियोमा अवस्थित न्युवेल्स ओल्ड ब्वाइज युवा टिम छोडेर आफ्नो परिवारसित युरोप आए, किनकि बार्सिलोनाले उनको विकास हार्मोनको कमीको लागि उपचार गरिदिने प्रस्ताव राखेको थियो । सन् २००४-०५ सिजनमा पहिलो पटक मैदानमा ओर्लेर उनले सबैभन्दा कम उमेरमा लिग खेल खेल्ने फुटबल खेलाडीको ला लिगा रेकर्ड तोडे र साथै सबैभन्दा कम उमेरमा लिग गोल स्कोर गर्ने खेलाडी बने। मेस्सीको प्रथम आगमनमै उनले बार्सिलोनालाई ला लिगा जिताउन सफल भए र सन् २००६ मा पुन: सो लिग र युइएफए यूरोपियन च्याम्पियनशीप जिताएर चाँडै नै प्रमुख सम्मान प्राप्त गरे। सन् २००६-०७ उनको सफलताको सिजन थियो: एल क्लासिकोमा एक ह्याट्रिक र २६ लिग म्याचहरूमा १४ गोल गर्दै, उनले नियमित रूपले खेल जित्ने पहिलो समुहमा ठाउँ बनाए। सम्भवतः सन् २००८-०९ को सिजन उनको सबैभन्दा सफल सिजन थियो, जसमा मेस्सी ३८ गोल गर्दै लगातार तेस्रो विजय अभियानको अभिन्न अङ्ग बने।

मेस्सी, २००५ फिफा विश्व युवा च्याम्पियनसिपमा अन्तिम खेलमा २ गोल सहित जम्मा ६ गोल गरी शीर्ष स्कोर गर्ने खेलाडी बने। त्यसको लगत्तै, उनी अर्जेन्टिनाको अन्तर्राष्ट्रिय टिमको एक सदस्यको रूपमा स्थापित भए। सन् २००६ मा, उनी अर्जेन्टिनाबाट फिफा विश्वकपमा खेल्ने सबैभन्दा कम उमेरको खेलाडी बने र अर्को वर्ष उनले कोपा अमेरिका प्रतियोगितामा उप-विजेताको पदक जित्न सफल भए। सन् २००८ मा, उनले अर्जेन्टिना ओलम्पिक फुटबल टिमसँग बेइजिङमा भएको ओलम्पिक खेलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय सम्मान, ओलम्पिक स्वर्ण पदक जितेका थिए।

विमल घर्ती मगर

विमल घर्ती मगर (जन्म:२६ जनवरी १९९८) नेपाली फुटबल खेलाडी हुन्, । जो नेपाल राष्ट्रिय फुटबल टिम का एक महत्त्वपूर्ण सदस्य हुन् । विमल एन्फा एकेडेमीका उत्पादन हुन् जुन्, अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल राष्ट्रिय फुटबल टिमको नियन्त्रणमा छ ।

विमल २०१३ साफ च्याम्पियनसिपमा पाकिस्तान विरूद्ध नेपाल राष्ट्रिय फुटबल टिमका लागि गोल गरेसँगै एकाएक चर्चामा आएका थिए । विमल अन्तराष्ट्रिय फुटबलमा गोल गर्ने विश्वकै छैटौँ कान्छा फुटबल खेलाडी हुन्, जसले उनलाई नेपालको लागि डेब्यु गर्ने (१४ बर्षको उमेरमा) र गोल गर्ने (१५ बर्षको उमेरमा) सबभन्दा युवा खेलाडी बनायो । यो किर्तिमान यसअघि भरत खवासले १६ बर्षको उमेरमा गोल गर्दै बनाएका थिए ।साथै विमल साफ च्याम्पियनसिप मा सबै भन्दा छिटो गोल गर्ने खेलाडी समेत हुन् । उनले २०१५ साफ च्याम्पियनसिपको भारत विरूद्धधको खेलमा २ मिनेटमा नै गोल गर्न सफल भएका थिए ।

सगरमाथा

"सगरमाथा" लेख यहाँ रिडाइरेक्ट हुन्छ। कृपया लेखको अरू उपयोगका लागि सगरमाथा (स्पष्टता) हेर्नुहोला।

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर (२९,०२८ फिट) छ । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । विशेष गरी थुलुङ राई स्थानियवासीहरू सगरमाथालाई चोमोलुङ भन्दछन् । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो । पछि सन् १९५६ (बि.स. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् । यसलाई कतै कतै देवढुङ्गा पनि भन्ने गरेको पाइन्छ ।

सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए ।

सर्वनाम नाट्य समूह

सर्वनाम नाट्य समूह वि. सं. २०३९ साल चैत्र १८ गते स्थापना भएको नेपाली नाट्यसमूह हो । यस नाट्य समुहको स्थापना अशेस मल्लले गरेका थिए । स्थापनाको केही समयपछि दुईजना एक कोरि उमेर पूरा गरेका आ-आफ्नो खल्तीबाट पैसा झिकेर पाँचसय रूपियाँको 'सर्वनाम' पुरस्कार पहिलोपटक नीर शाहलाई प्रदान गरिएको थियो। २०४६ सालबाहेक प्रदान गरिदै आएको यो पुरस्कारको हालको धनराशि १० हजार रूपैयाँ र साथमा प्रतिक चिह्न छ।

स्वीडेन राष्ट्रिय फुटबल टिम

स्वीडेन राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा स्वीडेनको प्रतिनिधित्व गर्ने गर्छ । यो स्वीडिस फुटबल संघद्वरा संचालित छ ।

ह्यागिया सोफिया

ह्यागिया सोफिया एक प्राचिन पूर्वी अर्थोडक्स गिर्जाघर र हाल टर्कीको इस्तानबुलमा अवस्थित संग्रालय हो। यसको निर्माण ५३७ मा भएको थियो । १४५३ सम्म यो एक पूर्वी अर्थोडक्स गिर्जाघरको रूपमा संचालित थियो । २९ मे १४५३ बाट यो एक मस्जिदको रूपमा रह्यो र १ फेब्रुअरी १९३५ बाट यो सार्वजनिक संग्रालयको रूपमा संचालन गरियो ।

२०१६ इन्डियन प्रिमियर लिग

इन्डियन प्रीमियर लिग अन्तर्गत २०१६ मा सञ्चालित प्रतियोगितामा ८ टिम सहभागि भएका छन।जुन प्रत्यक वर्ष भारतमा सञ्चालन हुन्छ।यो प्रतियोगितामा चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स प्रतिबन्धित छन।

इन्डियन प्रिमियर लिगको २०१६ को सिजन जो कि आईपीएल ९ या विवो आईपीएल २०१६ का नाम ले पनि जानिन्छ । इन्डियन प्रिमियर लिग जसको सञ्चालक बीसीसीआई हो यसको शुरुआत २००७ मा भएको हो।यो आईपीएल को ९अौं सिजन ह‍ो । यो आईपीएल ०८ अप्रैल २०१६ मा प्रारम्भ तथा तथा २९ मई २०१६ मा फाइनल मिति तय भएको हो।

२९ मे मा चिन्नास्वामि स्टेडियम बेङ्गलोर मा सञ्चालन भएको अन्तिम म्याचमा सनराइजर्स हैदराबाद ले रोयल च्यालेन्जर्स बेङ्गलोर लाई पराजित गर्दै भिवो अाइपिएल २०१६ को उपाधी सुरक्षित गरेको थियो।म्यान अफ द म्याच हैदराबादका बिन कटिङ लाई घोषणा गरियो।

टुर्नामेन्टका बहुमुल्य खेलाडी विराट कोहली रहे भने नव उदयमान खेलाडीका रुपमा मुस्ताफिजूर रहमान लाई सम्मानित गरियो।

२०२२ फिफा विश्वकप

सन् २०२२ फिफा विश्वकप २२ औ फिफा विश्वकप हो जो कि एउटा अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो फुटबल विश्वकप कतारमा सञ्चालन हुनेछ । प्रतियोगिताको समय तालिका हाल सम्म सार्वजनिक गरिएको छैन । हुनत विश्वकप फुटबल जुन वा जुलाईमा सञ्चालन गर्ने गरिन्छ तर कतारको मौसमको कारण तथा युरोपियन मुलुकको दबाबले गर्दा यो जाडोयामको कुनै महिनामा सञ्चालन हुने तय गरिएको छ । कतारले पहिलो पटक विश्वकप फुटबलको आयोजन गर्नेछ । सन् २०१० फिफाले कतारलाई विश्वकपको आयोजन सुम्पेको हो ।

जनवरी
फेब्रुअरी
मार्च
अप्रिल
मे
जुन
जुलाई
अगस्त
सेप्टेम्बर
अक्टोबर
नोभेम्बर
डिसेम्बर

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.