२७ अगस्ट

ढाँचा:अगस्ट २०१९

अजित कुमार

अजित कुमार तमिल: அஜித் குமார் भारतीय तमिल चलचित्र क्षेत्रका अभिनेता हुन् ।

इजिप्टका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा इजिप्टका ७ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।

क्रिस्टियानो रोनाल्डो

क्रिस्टियानो रोनाल्डो डस सान्तोस (जन्म: ५ फेब्रुअरी १९८५, चर्चित नाम: क्रिस्टियानो रोनाल्डो) पोर्चुगलको राष्ट्रिय फुटबल टिम तथा युभेन्टसका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन्। उनी पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान पनि हुन्। उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी' ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भए। उनले चार पटक बेलन डि'ओर जितिसकेका छन्। उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्बाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बाधिक गोल गरेको किर्तीमान पनि उनकै नाममा छ। उनी चारपटक युरोपियन गोल्डेन शू जित्ने पहिलो खेलाडी हुन्। सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ६०० भन्दा धेरै गोल गरिसकेका छन।

उनीलाई विश्व फुटबलका सबैभन्दा महान खेलाडीहरू मध्येका एक मानिन्छ। उनलाई सन २०१५ मा पोर्चुगलको फुटबल संघद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान खेलाडी घोषणा गरिएको थियो। रोनाल्डोले पोर्चुगल राष्ट्रिय फुटबल टोलीबाट सात प्रमुख प्रतियोगिताहरु खेल्दै देशलाई पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधीको रुपमा युइएफए युरो २०१६ जिताए। उनी पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्बाधिक गोल गर्ने खेलाडी हुन। उनलाई सन २०१६ र २०१७ मा इएसपिएन र फोर्ब्सले क्रमश: सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए।

स्पोर्टिङ सिपिबाट क्लब खेल जीवन आरम्भ गरेका रोनाल्डोले आफ्नो उत्पादनशिल समय म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडमा दिएर लिग, च्याम्पियन्स लिग लगायत विभिन्न पुरस्कारहरू जितेका छन भने धेरै किर्तिमानहरू पनि बनाएका छन्। त्यस्तै पोर्चुगलको राष्ट्रिय टोलीबाट युरोकप जितेका रोनाल्डोको नाममा पोर्चुगल, युरोप, र विश्व फुटबलमा विभिन्न किर्तिमानहरू छन्।

टेलर वान

टेलर वान (जन्म २७ अगस्ट १९६८) एक बेलायती अश्लील चलचित्र अभिनेत्री, निर्देशक तथा मोडेलको स्टेज नाम हो ।

डोनाल्ड ब्रेडम्यान

सर डोनाल्ड जर्ज ब्रेडम्यान, (२७ अगस्ट १९०८ – २५ फेब्रुअरी २००१), अस्ट्रेलियाका क्रिकेट खेलाडी हुन् जसलाई प्राय: "द डन" भनेर संसारका क्रिकेट प्रेमी तथा खेलाडीहरू सम्बोधन गर्छन । उनी हालसम्मको क्रिकेट इतिहासमा टेस्ट क्रिकेटका महानतम ब्याट्सम्यान भनेर उनलाई जानिन्छ । हाल सम्मको टेस्ट क्रिकेटमा उनी द्वारा स्थापित ९९.९४ को ब्याटिङ औषत क्रिकेट इतिहासमा कुनै खेलाडीद्वारा बनाइएको सबैभन्दा अधिक हो ।

दक्षिण एसियाली सहयोग सङ्गठन

दक्षिण एसियाली सहयोग सङ्गठन वा छोटो नाम सार्क सन १९८०मा दक्षिण एसिया क्षेत्रमा विकसित भएको क्षेत्रीय एकताको भावनालाई बङ्गलादेशका राष्ट्रपति जियाउर रहमानले विशेष पहल गरेका थिए । यसअघि नेपालका राजा वीरेन्द्र वीरबिक्रम शाहले सन १९७७ ताका कोलोम्बो योजना परामर्शदातृ सम्मेलनमा नेपालको नदी-नालाहरूलाई यस क्षेत्रका मुलुकहरूको हितको लागि प्रयोग गर्न आह्वान गरेका थिए ।

बङ्गलादेशमा ७-८ डिसेम्बर १९८५ मा ढाकामा प्रथम शिखर सम्मेलनको आयोजना गरी औपचारिक रूपमा सार्कको बडापत्रमा हस्ताक्षर गर्न बङ्गलादेश, भूटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्कासहित सात राष्ट्रले सहमति जनाएका थिए। जस अनुरूप १६ जनवरी १९८६ मा काठमाडौंमा सार्क सचिवालयको स्थापना गरियो। सार्कको कान्छो सदस्यको रूपमा अफगानिस्तानले नयाँ सदस्यता हासिल गरेको छ। यसबाट सार्क सदस्य राष्ट्रहरूको सङ्ख्या ८ पुगेको छ।

नेदरल्यान्ड

नेदरल्यान्ड [डच ˈneːdərlɑnt] ( ), प्राय पश्चिमी युरोपमा रहेको एक देश हो । क्यारीबियनमा (बोनायर, सिन्ट इस्टिटियस र सबा) गरी तीन द्वीप क्षेत्रहरूसँग मिलेर नेदरल्यान्ड अधिराज्य बनाउँदछ । नेदरल्यान्डको युरोपेली भागमा बाह्रवटा प्रदेशहरु छन् । यसले पुर्बमा जर्मनी,दक्षिणमा बेल्जियम र उत्तरपश्चिममा उत्तरी सागरसँग सिमाना जोडिएको छ । एम्स्टर्डम देशको राजधानी हो ।

ब्ल्याङ्क स्पेस (टेलर स्विफ्टको गीत)

"ब्ल्याङ्क स्पेस" अमेरिकी गायिका-गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९का लागि रेकर्ड गराइएको थियो। सेक इट अफ पछि यो गीत एल्बमको दोस्रो एकल रूपमा गीत १० नोभेम्बर २०१४ मा बिग मसिन रेकर्डस् र रिपब्लिक रेकर्डस् द्वारा रेडियोमा सार्वजनिक गरिएको थियो। स्विफ्टले यस गीत सेलब्याक र म्याक्स मार्टिन जस्ता गीतकारहरूको सहायतामा लेखेकी हुन्। यस गीतले स्विफ्ट र उनको प्रेमीको सम्बन्धको बर्णन गरेको छ।१९८९ एल्बमको सेक इट अफले पनि बिलबोर्डको शिर्ष स्थान समाएको थियो भने ब्ल्याङ्क स्पेसले सार्वजनिक भएको तेस्रो हप्तै बिलबोर्ड हट १००को शिर्ष स्थानमा पुग्न सफल भएको थियो। स्विफ्ट बिलबोर्डको इतिहासमा ५६ वर्षपछि शिर्ष स्थानमा पुग्ने पहिलो महिला कलाकार बनेकी थिइन्। यस गीतले क्यानडा, दक्षिण अफ्रिका र अष्ट्रेलियाको चार्टमा पनि शिर्ष स्थानमा पुगेको थियो भने यस गीतले अष्ट्रिया, चेक गणतन्त्र, जर्मनी, न्युजिल्यान्ड, स्पेन र संयुक्त अधिराज्यका चार्टहरूमा शिर्ष दशमा पुग्न सफल भएको थियो। यो गीत सङ्गीत इतिहासकै सबैभन्दा धेरै प्रतिलिपी बिक्री गर्न सफल भएका गीतहरूमा पर्छ।

आधिकारिक सङ्गीत भिडियो जोसेफ केन द्वारा निर्देशित गरिएको थियो जसले पहिले १९८९ एल्बमको ("ब्याड ब्लड " र "वाइल्डेस्ट ड्रिम्स") दोस्रो र चौथो एकल सङ्गीत भिडियोहरू निर्देशन गरेका थिए। यस गीतको भिडियोको छायाङ्कन तीन दिन सम्म न्यूयोर्कको अोहेका दरवारमा खिचिएको थियो। न्यूयर्क सहरमा २७ अक्टोबर २०१४ अमेरिकन म्युजिक अवार्ड्समा गीतले पहिलो टेलिभिजन प्रदर्शन प्राप्त गरेको थियो।

गीतले ५८ औं ग्र्यामी पुरस्कारहरूको लागि वर्षको रेकर्ड, वर्षको उत्कृष्ट गीत र सर्वश्रेष्ठ पप एकल प्रदर्शनको लागि नामाङ्कन प्राप्त गरेको थियो।

भारत रत्‍न

भारत रत्न भारतको सर्वोच्च नागरिक सम्मान हो। यो सम्मान राष्ट्रिय सेवाको लागि दिइन्छ। यी सेवाहरूमा हुन् कला, साहित्य, विज्ञान वा सार्वजनिक सेवा। यस सम्मानको स्थापना २ जनवरी, १९५४ मा भारतका तत्कालीन राष्ट्रपति श्री राजेन्द्र प्रसादद्वारा गरिएको थियो। अन्य अलंकरणकै समान यस सम्मानलाई पनि नामको साथ पदवीको रूपमा लिइंदैन। प्रारम्भमा यस सम्मानला मरणोपरांत दिने प्रावधान थिएन, यो प्रावधान सन् १९५५ मा जोडिएको हो । त्यस पश्चात अहिले सम्मको सम्मानमा १० व्यक्तिहरूलाई मरणोपरांत भारत रत्न प्रदान प्रदान गरिएको छ ।

अन्य प्रतिष्ठित पुरस्कारहरूमा पद्म विभूषण, पद्म भूषण र पद्मश्रीको नाम लिन सकिन्छ।

माल्दिभ्स राष्ट्रिय फुटबल टिम

माल्दिभस् राष्ट्रिय फुटबल टिम माल्दिभ्सको राष्ट्रिय फुटबल टिम हो । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र हो ।

मुकेश

मुकेश एक भारतीय पार्श्व गायक हुन्।

लिन्डन बेन्स जोन्सन

लिन्डन बेन्स जोन्सन(/ˈlɪndən ˈbeɪnz/; अगस्ट २७, १९०८ – जनवरी २२, १९७३), एक अमेरिकी राजनीतिज्ञ थिए जो १९६३ देखि १९६९ सम्म संयुक्त राज्यको ३६ औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। सुरुमा १९६१ देखि १९६३ सम्म संयुक्त राज्य अमेरिका को ३७ औं उप-रास्ट्रपति , राष्ट्रपति जोन एफ केनेडीको हत्या पछि उनी राष्ट्रपति बनेका थिए। टेक्ससको डेमोक्रेटिक पार्टी का, जोन्सन केवल चार मान्छे मध्ये एक हुन् जसले सबै चार संघीय छनौट पदहरूमा सेवा गरेका थिए।

वेजयन्ती माला

वेजयन्ती माला बाली (जन्म: १३ अगष्ट १९३६ --) लाई अधिकांश रूपमा एक नै नाम "वेजयन्ती"को नामले जनिने गर्छ, एक हिन्दी चलचित्रकी एक प्रसिद्ध अभिनेत्री रहेकी छिन् र एक राजनीतिज्ञा हुन्। उनी भरत नाट्यमको नृत्यांगना, कर्नाटक गायिका, नृत्य प्रशिक्षक र सांसदको पनि भूमिका निभाई सकेकी छिन्। उनीले आफ्नु अभिनयको शुरुआत तमिल भाषाको चलचित्र "वडकई"बाट १९४९ मा गरिन्। यसको पश्चात उनले तमिल चलचित्र "जीवितम"मा १९५० मा काम गरिन्। यसको पश्चात वह दक्षिण भारतको प्रमुख नायिकाहरूमा एक बनिन् र बलिउडको स्वर्ण युगकी अभिनेत्रिहरूमा एक रहिन्। वेजयन्ती माला हिन्दी चलचित्रहरूमा लगभग दुईवटा दशकहरू सम्म त राज गरि रहिन्।

श्यामा (चरा)

श्यामा (Copsychus malabaricus) नेपाल लगायतका दक्षिण एसियाली राष्ट्रहरूमा पाइने एक प्रकारको चराको प्रजाति हो ।

साइबेरियाली रातोकण्ठ

साइबेरियाली रातोकण्ठ (Calliope calliope) नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो ।

सेक इट अफ (टेलर स्विफ्टको गीत)

"सेक इट अफ" अमेरिकी गायिका-गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९का लागि रेकर्ड गराइएको थियो। यस गीत एक डान्स पप सङ्गीतको वरियतामा पर्छ। सेक इट अफलाई एल्बमको छैठौँ र मुख्य सङ्गीतको रुपमा सार्वजनिक गरिएको थियो।

सेतोपेटे खञ्जरी

सेतोपेटे खञ्जरी नेपालमा पाइने एक प्रकारको चराको नाम हो। यसलाई अङ्ग्रेजीमा ह्वाइट-बेलिड रेडस्टार्ट (White-bellied redstart) भनिन्छ।

स्टाइल (टेलर स्विफ्टको गीत)

"स्टाइल" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट को गीत हो। जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९ लागि रेकर्ड गराइएको थियो। एल्बमको पाँचौं एकल रूपमा यो गीत ९ फेब्रुअरी २०१५ मा बिग मसिन रेकर्डस् र रिपब्लिक रेकर्डस् द्वारा रेडियोमा सार्वजनिक गरिएको थियो। स्विफ्टले यो गीत सेलब्याक, म्याक्स मार्टिन र अली पेयामी जस्ता गीतकारहरूको सहायतामा लेखेकी हुन्।

गीत बिलबोर्ड हट १००को शिर्ष ६ सम्म पुग्दै १९८९ एल्बमको शिर्ष दशमा पर्ने तेस्रो गीतको रुपमा स्थापित भयो र अष्ट्रेलिया र क्यानाडा समेत धेरै क्षेत्रहरु को चार्ट मा शीर्ष-१० मा प्रवेश गरेको थियो। यस गीतले संयुुक्त अधिराज्य, अस्ट्रिया, चेक गणतन्त्र, हङ्गेरी, आयरल्याण्ड, न्यूजील्याण्ड र नेदरल्यान्ड्स जस्ता देशहरूमा शीर्ष ४० भित्र पर्न सफल भएको थियो। यस गीतको सङ्गीति भिडियोमा कायल न्यूमेनले निर्देशन गरेका छन्। भने उक्त भिडियो १३ फेब्रुअरी २०१५ मा सार्वजनिक भएको थियो। यस गीतले दक्षिण अफ्रिकाको चार्टमा केही हप्ताका लागि शिर्ष स्थान अोगटेको थियो।

१९९९ बङ्गबन्धु गोल्ड कप

१९९९ बंगबन्धु गोल्डकप (1999 Bangabandhu Cup) बंगबन्धु गोल्डकपको दोस्रो संस्करण हो।जुन प्रतियोगिता बंगबन्धु गोल्डकपको पहिलो संस्करण १९९६-७ पछि भएको थियो।यस प्रतियोगिता २७ अगस्ट देखि ७ सेप्टेम्बर १९९९ सम्म चलेको थियो।

जापान लिग ११ ले फाइनल खेलमा घानाको २३ वर्ष सम्मको टिमलाई ३-२ गोल अन्तरले पराजित गरि उपाधि जितेको थियो।

जनवरी
फेब्रुअरी
मार्च
अप्रिल
मे
जुन
जुलाई
अगस्त
सेप्टेम्बर
अक्टोबर
नोभेम्बर
डिसेम्बर

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.