१८ अप्रिल

ढाँचा:अप्रिल २०१९

इन्डोनेसिया

इन्डोनेसिया (/ˌɪndəˈniːʒə/ in-də-nee-zhə or /ˌɪndoʊˈniːziə/ in-doh-nee-zee-ə), आधिकारिक नाम गणतन्त्र इन्डोनेसिया (इण्डोनेशियन: गणतन्त्र इण्डोनेशिया मलय उच्चारण: [rɛpʊblik ɪndonesia]) दक्षिण पूर्व एसिया र ओशेनियामा स्थित एक देश हो । १७,५०८ द्वीपहरू भएको यस देशको जनसङ्ख्या लगभग २३ करोड छ, यो विश्वको चौथो सबैभन्दा धेरै जनसङ्ख्या भयेको देश हो र दुनियामा सबैभन्दा धेरै मुस्लिम आबादी भयेको देश हो। यस देशको राजधानी जकार्ता हो । यस देशको भौगोलिक सीमा पापुआ न्यू गिनी, पूर्वी टिमोर र मलेशिया संग मिलेको छ, जबकि अन्य छिमेकी देशहरू सिंगापुर, फिलिपिन्स, औस्ट्रेलिया र भारतको अंडमान र निकोबार द्वीप समूह क्षेत्र शामेल छन ।

इभाना मानन्धर

इभाना मानन्धर (अङ्ग्रेजी: Evana Manandhar) मिस नेपाल २०१५की विजेता हुन् । सन् २०१५ अप्रिल १८ मा काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न प्रतियोगितामा मानन्धर विजयी भएकी हुन् । मिस नेपाल २०१४ सुविन लिम्बूले उनलाई उपाधि प्रदान गरेकी थिइन् । विजेता मानन्धरले अब २०१५ विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन ।

मानन्धरले अमेरिकाको विल्क्स विश्वविद्यालयबाट स्नातक गरेकी छिन् ।

इस्टोनिया

इस्टोनिया /ɪsˈtoʊniə/ (इस्टोनियन: Eesti), आधिकारिक नाम गणतन्त्र इस्टोनिया (इस्टोनियन: Eesti Vabariik) उत्तरी युरोपको बाल्टिक क्षेत्रमा पर्ने राष्ट्र हो ।

एलेक्सिस टेक्सास

एलेक्सिस टेक्सास(जन्म २५ मे १९८५) एक अमेरिकन अश्लील चलचित्र अभिनेत्री तथा मोडल हुन । उनले २००६ मा २१ बर्षको उमेरमा अश्लील चलचित्र क्षेत्रमा प्रवेश गरिन ।

गणतन्त्र आयरल्यान्ड

आयरल्याण्ड (/ˈaɪərlənd/ or /ˈɑrlənd/; आइरिस: Éire, उच्चारण [ˈeːɾʲə] ( )) वा गणतन्त्र आयरल्याण्ड उत्तर युरोपमा अवस्थित तथा इङ्गल्याण्डको छिमेकी राष्ट्र हो।

गिनी

गिनी /ˈɡɪni/, आधिकारिक नाम गणतन्त्र गिनी (फ्रान्सेली: République de Guinée) पश्चिम अफ्रिकामा अवस्थित राष्ट्र हो ।

चितवन जिल्ला

चितवन जिल्ला नेपालको ७७ जिल्ला मध्ये एक जिल्ला हो। यो जिल्ला नेपालको प्रदेश नं. ३को दक्षिण-पश्चिम भागमा अवस्थित छ। यस जिल्लाको सदरमुकाम भरतपुर हो जुन नेपालको चौँथो ठूलो सहर हो। यो जिल्लाको धेरैजसो भूभाग चितवन उपत्यकामा रहेको छ भने यसको उत्तरी भागमा महाभारत पर्वत श्रृङ्खला छ। भरतपुर नेपालको मध्य पश्चिम क्षेत्रको व्यापारिक नगर हो। यस क्षेत्रमा ठूला-ठूला व्यापारिक तथा सेवा संस्थाहरू छन्। भरतपुर मध्यक्षेत्रमा बसोवास गर्ने नेपाली जनताको लागि उच्च शिक्षा, व्यापार र यातायातको केन्द्र बिन्दु मानिन्छ। नारायणघाट नारायणी नदीको किनारमा बसेको चितवनको अर्को ठूलो बजार हो। चितवन जिल्लाको क्षेत्रफल २२३८.३९ वर्ग किलोमिटर रहेको छ।

चीन

चीन (चीनियाँ 中国) अधिकारिक नाम जनवादी गणतन्त्र चीन (PRC) पूर्वी एसियामा अवस्थित देश हो । १.३ अरब मानिसहरूको साथ यो विश्वको सर्वाधिक जनसङ्ख्या भएको देश हो र ९६,४१,१४४ वर्ग किलोमीटर क्षेत्रफलको साथ यो रूस र क्यानाडा पछि विश्वको तेस्रो सबैभन्दा ठूलो क्षेत्रफल वाला देश हो। यति विशाल क्षेत्रफल भएको कारण यसको सीमानासँग जोडीने देशहरूको संख्या पनि विश्वमा सर्वाधिक (रूसको बराबर) छ, जो इस प्रकार छ (उत्तरबाट दक्षिण तर्फ): रूस, मंगोलिया, उत्तर कोरिया, भियतनाम, लाओस, म्यान्मार, भारत, भूटान, नेपाल, पाकिस्तान, अफ्गानिस्तान, ताजिकिस्तान, किर्गिस्तान, र कजाखिस्तान। उत्तर पूर्वमा जापान र दक्षिण कोरिया चीनको मुख्य भूमिबाट नजीकै छन ।

राष्ट्र नेपालको उत्तरको छिमेकी र अत्यान्त घनिष्ठ मित्र देश पनि हो। यस देशलाई जनवादी गणतन्त्र चीन भनिन्छ। तर सामन्यताया नेपालीमा चीन भनेर चीनिन्छ। आम रूपमा हाल गणतन्त्र चिन भनेर चिनीने ताइवान समेतका सबैभाग बुझाएर नेपालीमा चीन भन्ने बुझिन्छ। जनवादी गणतन्त्र चीन विश्वमै सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो। यसको जनसङ्ख्या एक अर्व ३० करोड जती रहेको छ। जुन विश्वकै पांचभागको एक भाग भन्दा केही कम रहेको छ। चीनको राजधानी बेजीगं हो। १९४९ मा मावत्सेतुंगको नेतृत्वमा भएको चिनिया क्रान्ती पछि हाल यहा चिनीया कम्युनिष्ट पार्टीले एकदलीय प्रकारको शासन चलाई रहेको छ। तर कम्युनिस्टहरूको विजय संगै भागेर ताइवान टापुमा पुगेका कुवोमिन्तागं जसलाई पश्चिमा विश्वले सहयोग गरीरहेको छ। यिनिहरूसँग चिनले लामो समयदेखि विवादको सामना गरी रहनुपरेको छ।

संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको पांचमध्ये एक स्थायी सदस्य राष्ट्र चीन आणवीक शक्ति संपन्न राष्ट्र हो। अत्यान्त द्रुत गतीमा आर्थिक विकास गरीरहेको चीनलाई उदयमान माहशक्ती मानीन्छ। यो देशको ग्राहस्थ उत्पादन प्रतिवर्ष १० प्रतिसत भन्दा छिटो बढीरहेको छ, जुन संसारकै लागि आश्चर्य भएको छ। द्रुत आर्थिक विकास गरीरहेको चिन त्यही गतीमा आर्थिक माहशक्तीमा रूपान्तरण भइरहेको छ। यस देशले सन २००६ मा इटालीलाई नाघेर ६ नं तथा सन २००७ मा फ्रान्स तथा बेलायतलाई नाघेर आफुलाई विश्वको ४ नं.र हाल (सन् २०१०) जापानलाई उछिनेर चीन अमेरिकापछि दोस्रो ठूलो अर्थतन्त्र बनेको छ। चिन संसारकै फलाम,कंक्रिट तथा पेट्रोलीयम पदार्थको ब्यापारको मुख्य खेलाडी हो।

जिम्बाब्वे

गणतन्त्र जिम्बाब्वे (अङ्ग्रेजी: Republic of Zimbabwe), जसलाई पहिले दक्षिण रोडेशिया, रोडेशिया, गणतन्त्र रोडेशिया र जिम्बाब्वे रोडेशिया पनि भनिने गरिन्थ्यो । अफ्रीकी महादेशको दक्षिणी भागमा जाम्बेजी र लिम्पोपो नदीको बीचमा स्थित एउटा भू-परिवेस्ठित राष्ट्र हो । यसको दक्षिणमा दक्षिण अफ्रीका, दक्षिण पश्चिममा बोत्सवाना,पश्चिमउत्तरमा जाम्बिया र पूर्वमा मोजाम्बिक सँग भेट्छ । अङ्ग्रेजी, शोना र डेबेल जिम्बाब्वेको आधिकारिक भाषाहरु हुन् ।

दक्षिण कोरियाका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा दक्षिण कोरियाका ११ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।

पूनम ढिल्लोन

पुनम ढिल्लोन (जन्म १८ अप्रिल १९६२ कानपुर उत्तर प्रदेश भारत ) भारतीय चलचित्र क्षेत्रकी प्रसिद्ध अभिनेत्री हुन् । उनले १९७८ देखि आफ्नो चलचित्र जीवनको सुरुवात गरेकी थिइन् तथा ८० भन्दा ज्यादा चलचित्रमा आफ्नोअभिनेत्रीको भूमिका निभाएकी छिन्

प्रजातान्त्रिक गणतन्त्र कङ्गो

प्रजातान्त्रिक गणतन्त्र कंगो (फ्रान्सेली: République démocratique du Congo)वा Congo-Kinshasa वा DRC मध्य अफ्रिकामा अवस्थित राष्ट्र हो ।

फुजिको कानो

फुजिको कानो (कानो फुजिको, जन्म: १८ अप्रिल १९७२) एक जापानी अश्लील चलचित्र अभिनेत्री हुन ।

यूनान

यूनान (यूनानीमा Ελλάδα), Elláda), आधिकारिक नाम हेलेनिक गणतन्त्र (Ελληνική Δημοκρατία, Ellīnikî Dīmokratía) यूरोप महाद्वीपमा अवस्थित देश हो । यहाँको मान्छेलाई यूनानी अथवा यवन भन्दछन्। अङ्ग्रेजी तथा अन्य पश्चिमी भाषाहरूमा यिनलाई ग्रीक भनिन्छ। यो भूमध्य सागरको उत्तर पूर्वमा स्थित द्वीपहरूको समूह हो। प्रचीन यूनानी मान्छे यस द्वीपसँग अन्य धेरै क्षेत्रहरूमा गए जहाँ उनी आज पनि अल्पसंख्यकको रूपमा मौजूद हो, जस्तै - टर्की, मिस्र, पश्चिमी यूरोप इत्यादि।

यूनानी(ग्रीक) भाषाले आधुनिक अङ्ग्रेजी तथा अन्य यूरोपीय भाषाहरूको धेरै शब्द दिएको छ। प्राविधीक क्षेत्रहरूमा यिनको श्रेष्ठताको कारण प्राविधीक क्षेत्रको धेरै यूरोपीय शब्द ग्रीक भाषाको मूलों बनेका हुन्। यसको कारण यिनीहरू अन्य भाषाहरूमा पनि आएका हुन्।

यहांको राजधानी एथेंस हो। प्राचीन मन्दिरहरूमा पार्थेनान र कुनै टाढा नगरबाट बाहिर डेल्फीको मन्दिर देखने योग्य छ।

ललिता पवार

ललिता पवार (१८ अप्रिल १९१६ – २४ फेब्रुअरी १९९८) चलचित्रको एक अभिनेत्री हुन । उनले लगभग ७०० हिन्दी, मराठी र गुजराती चलचित्रमा अभिनय गरेकी थिइन् । उनको सबैभन्दा धारिलो अभिनय अनाडी र श्री ४२० थियो ।

हंगेरी

हंगेरी /ˈhʌŋɡəri/ (हंगेरियन: Magyarország [ˈmɒɟɒrorsaːɡ] ( )) मध्य युरोपमा अवस्थित भूपरिवेष्ठित राष्ट्र हो ।

२००८ इन्डियन प्रिमियर लिग

२००८ इन्डियन प्रिमियर लिगको पहिलो संस्करण थियो जुन बीसीसीआई द्वारा १८ अप्रिल २००८ मा शुरू भएको थियो र फाइनल म्याच ०१ जुन २००८ मा भएको थियो । यस संस्करणमा ०८ टिमहरूले भाग लिएका थिए । संस्करणको फाइनल म्याच राजस्थान रोयल्सले अन्तिम ओभरको अन्तिम बलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो । यस सिजनको सर्वोत्तम खेलाडी शेन वाट्सनलाई घोषित गरियो ।

२००९ इन्डियन प्रिमियर लिग

२००९ इन्डियन प्रिमियर लिग इन्डियन प्रिमियर लिगको दोश्रो संस्करण थियो जुन भारतमा नभएर दक्षिण अफ्रीकामा १८ अप्रिल २००९ देखि २४ मे २००९ सम्म आयोजित भएको थियो । जसको फाइनल म्याच एडम गिलक्रिस्टको कप्तानीमा डेक्कन चार्जर्सले जितेको थियो । फाइनल म्याचमा रोयल चैलेन्जर्स बेङ्गलोरले पहिले ब्याटिङ गर्दै २० ओभरमा १३८ रन बनाएको थियो, यसको जवाफमा डेक्कन चार्जर्सले अन्तिम बलमा म्याच जितेको थियो । एडम गिलक्रिस्टलाई म्यान अफ द टूर्नामेन्ट घोषित गरियो । जबकि यस टूर्नामेन्टमा सबैभन्दा बढी रन चेन्नई सुपर किङ्सको तर्फबाट म्याथु हेडनले ५७२ रन बनाएका थिए ।

जनवरी
फेब्रुअरी
मार्च
अप्रिल
मे
जुन
जुलाई
अगस्त
सेप्टेम्बर
अक्टोबर
नोभेम्बर
डिसेम्बर

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.