साम्यवाद

साम्यवाद एउटा सामाजिक-आर्थिक संरचना एवं राजनीतिक विचारधारा हो। साम्यवादी व्यवस्थामा समतावादी, वर्गविहीन समाजको स्थापना गरिन्छ। यस व्यवस्थामा सबै उत्पादनका साधन एवं सम्पत्तिमा सम्पूर्ण समाजको स्वामित्व हुन्छ। साम्यवाद, समाजवादको एउटा शाखा मानिन्छ। साम्यवादमा कुनै पनि सम्पतिमा कसैको पनि ब्यक्तिगत स्वामित्व हुन्न तर उसले आफ्नो आवस्यकता अनुसार भोगचलन गर्न भने पाउछ।

Communist star with golden border and red rims
Communist star with golden border and red rims

इतिहास

प्रथम विश्वयुद्ध समाजवादी आन्दोलनको लागि एउटा महत्वपूर्ण घटना थियो। एकापट्टि युद्धको शुरुवात सँगै समाजवादी आन्दोलन र यसका अन्तर्राष्ट्रीय सङ्गठन प्राय: छिन्न-भिन्न भए भनें अर्को पटि रूसमा रुसी क्रान्ति(अक्टूबर-नंवबर १९१७)मा भयो; अनि संसारमा प्रथम सफल समाजवादी राज्यको स्थापना भयो।। जसले गर्दा संसारको समाजवादी आन्दोलनमा गहिरो असर पर्यो। प्रथम विश्वयुद्धभन्दा पहिला समाजवादी दलहरुको यो मत थियो कि पूँजीवादी व्यवस्था नैं युद्धको निम्ति उत्तरदायी हुन्छ र विश्वयुद्ध शुरु भएको खण्डमा प्रत्येक समाजवादी दलद्वारा आफ्नो पूँजीवादी सरकारको युद्धनितिको विरोध गरिनुपर्छ र गृहयुद्धद्वारा समाजवादको स्थापनाको लागि प्रयत्नशील रहनुपर्छ| तर जब युद्ध शुरु भयो, रूसइटलीका समाजवादी दललाई छोडेर अरु सबै दलहरूको बहुमतले आ-आफ्नो सरकारहरूको नितिलाई समर्थन गरे। समाजवादीहरूको एउटा नगण्य अल्पमतले मात्र युद्धको विरोध गरे| पछि गएर यिनीहरूमध्ये कतिपय लेनिन र उनको साम्यवादी अन्तराष्ट्रिय सङ्गठनका समर्थक बने।। परंतु विभिन्न देशका समाजवादी आन्दोलनहरूको परस्पर विरोधी युद्धनितिको कारण उनीहरूको एकता समाप्त भयो।।

बोल्शेविक दल रूसका समाजवादी दलहरू मध्येको एउटा दल थियो| १९१७ को विशेष परिस्थितिमा यसलाई सफलता प्राप्त भयो। रूसी समाजवादको पृष्ठभुमि अन्य युरोपिय समाजवादको स्थितिभन्दा भिन्न थियो। रूसी साम्राज्य युरोपको अग्रणी देशहरूभन्दा उद्योगधन्धामा पिछडिएको थियो, यसकारण त्यहाँ मजदूरवर्ग बहुसंख्यक र अधिक प्रभावशाली हुन सकेनन्। त्यहाँ लोकतन्त्रात्मक शासन र व्यक्तिगत स्वाधीनताको पनि अभाव थियो। रूसी बुद्धिजीवी र मध्यमवर्ग यसको लागि इच्छुक थिए तर जारशाही दमन नितिको कारण यो प्राप्त गर्न संवैधानिक मार्ग प्राय अवरुद्ध थियो| यिनै परिस्थितिहरूद्वारा प्रभावित त्यहाँका प्रथम समाजवादी रूसको ग्रामीण समुदायलाई आफ्ना विचारहरूको आधार मान्थे तथा क्रान्तिकारी मार्गद्वारा जारशाहीको नाश नै लोकतन्त्रवादको सफलताको लागि प्रथम सिढि मानेका थिए| ति विचारकहरूमा हर्जेन (Herzen), लावरोव (Lavrov), चर्नीशेव्सकी (Chernishevrzky) र बाकुनिन (Bakunin) मुख्य थिए। यिनीहरूबाट प्रभावित भएर अनेक बुद्धिजीवी क्रान्तितर्फ अग्रसर भए| यसप्रकार नरोदनिक (Narodnik) जनआन्दोलनको सुत्रपात भयो र नारोदन्या वोल्या (Narodnya Volya) सङ्गठन बन्यो। सन् १९०१ मा यसको नाम सामाजिक क्रान्तिकारी दल(Social Revolutionary Party) राखियो। सन् १९१७ को बोल्शेविक क्रान्तिको समयसम्म यो रूसको सबैभन्दा ठुलो समाजवादी दल थियो| तथापी यसको प्रभावक्षेत्रमा अधिकांश ग्रामीण जनता थिए। यसको वामपक्षले बोल्शेविक क्रान्तिको समर्थन गर्यो।

अर्को समाजवादी विचारधारा, जसमा बोल्शेविक दल पनि सम्मिलित थियो, रूसी सामाजिक लोकतन्त्रावादी मजदुर दल (Russian Social Democratic Labour Party, R. S. D. L. P.)को नामले प्रसिद्ध थियो। यसको प्रभाव मुख्यत: शहरका मजदुर वर्गमा थियो। रूसमा उद्योगहरू कम्ति थिए तर ति उद्योगहरू ठुला-ठुला भएका कारण अधिक संख्यामा मजदुरहरू राखिन्थे| यी मजदुरहरूमा राजनीतिक चेतना र सङ्गठन दह्रो थियो| लोकतन्त्रको अभावमा मजदुरहरूलाई संघर्ष गर्न कठिन थियो, यसले गर्दा मजदुरवर्ग क्रान्तिकारी प्रभावमा परे र जर्मनीको जस्तो परिस्थितिहरूको कारण त्यहाँका अधिकांश मजदुर नेता पनि मार्क्सवादी तथा जर्मनीका सामाजिक लोकतन्त्रवादी दलहरूबाट प्रभावित भए| सन् १८९० तिर एक्सलरोड (Axelrod) र प्लेखानोव (Plekhanov)ले पीटर्सवर्ग (लेनिनग्राड)मा प्रथम मजदुर समुह स्थापित गरे जो पछि गएर १८९८मा रूसी सामाजिक लोकतन्त्रवादी मजदूर दलका आधार बने।

रूसी सामाजिक लोकतन्त्रवादी मजदुर पार्टीका नेताहरू कट्टर मार्क्सवादी थिए, अत: उनिहरूले पुनरावृत्तिवादलाई अस्वीकार गरे अनि मार्क्सवादलाई विकसित गरेर रूसी परिस्थितिमा लागु गराए। मजदुरहरूको रहन सहनको स्तरमा उन्नति भएको थियो, यस सत्यलाई नमान्नु कठिन थियो, तर प्लेखानोवले नयाँ मसिनहरूको प्रयोग र ज्यालामा वृद्धि नहुनुको कारण पूँजीवादी शोषणको दर बढेको कुरा सिद्ध गरिदिए| बुखारिन (Bukharim)को तर्क थियो साम्राज्यवादी देश उपनिवेशको शोषणद्वारा आफ्ना श्रमजीवी वर्गलाई सन्तुष्ट राख्छन् | ट्राटस्की आदिले भने कि पूँजीवादीको संकट सर्वव्यापी भएको छ र यस्तो स्थितिमा यो सम्भव छ कि क्रान्ति पश्चिम युरोपको अग्रणी देशहरूमा नभएर अपेक्षाकृत पिछडिएका देशहरू जहाँ सम्राज्यवादी व्यवस्था सबभन्दा कमजोर भएको ठाउँमा हुनुपर्छ| केही विचारकहरूले सर्वप्रथम समाजवादी क्रान्तिको स्थान रूस हुनुपर्छ भने। ट्राटस्की र लेनिनको मत थियो समाजवादी क्रान्ति तब सफल हुनसक्छ जब यो धेरै देशहरूमा एक साथ फैलिन्छ, स्थायी क्रान्ति बिना केवल एक देशमा समाजवादको स्थापना कठिन छ। पछि गएर लेनिन र स्टालिनले यस सिद्धांतलाई संशोधन गरी एकदेशीय समाजवादको आधारमा सोभियत सत्ताको निर्माण गरे। निकोलाई लेनिनले उपर्युक्त विचारहरूको समन्वय गरेर बोल्शेविक दलको सङ्गठन र अक्टूबर (नवंबर) क्रान्तिको नेतृत्व गरे।

इरान-इराक युद्ध

ईरान र इराकका बीच युद्ध सन् १९८०-८८का बीच लडाइयो । यो युद्ध अनिर्णीत खतम भएको थियो । यस युद्धको मुख्य कारण सीमा-विवाद थियो । ७०का दशकमा इराक सहित सीमा विवादलाई लिएर जुन सन्धि भए थियो त्यससित इराक सन्तुष्ट थिएन । ती समय इरान राजनीतिक रूपबाट कमजोर थियो किन भने देशमा इस्लामिक क्रान्ति भर्खरै भए थियो । यसका सबै भन्दा खतरनाक परिणामहरुमा भन्दा एक थियो - लेबनानमा हिजबुल्लाहको जन्म ।

यस युद्धमा यूरोपीय देशहरुले आफुलाई युद्धबाट अलग बताए तर हथियारहरुका रूपमा उनले इराकको सहायता गरे ।

कार्ल मार्क्स

कार्ल हेन्-रिक् मार्क्स (५ मे १८१८ - १४ मार्च १८८३) एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो । उनको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म) को जन्म भएको हो । कार्ल मार्क्सले सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto) को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सारमा "अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो" The history of all hitherto existing society is the history of class struggles.” लेखेका थिए र यसमा मार्क्सले "पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ । जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूंजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ "भन्ने तर्क दिएका छन् ।

कोरियाली युद्ध

शीत युद्ध कालमा लडिएको पहिलो मह्त्वपूर्ण युद्ध थियो एक तर्फ उत्तर कोरिया थियो जसको समर्थन सोभियत संघ तथा साम्यवादी चीन गरिरहेका थियो । दोस्रो तर्फ दक्षिण कोरिया थियो जसको रक्षा अमेरिका गर्दैथियो । युद्ध अन्तमा बिना निर्णय नैं समाप्त भयो तर जन क्षति तथा तनाव धेरै बढेर गएको थियो ।

कोरिया गणराज्यले दुनियाका सबै भन्दा उत्तर कोरियाका ३८ लाईनहरूका पार एक राष्ट्रीय स्तरको बनाउनको लागि कम्युनिस्ट शासनमा पूरा सहित, बाहिर दक्षिण कोरिया आक्रमणमा गरियो ।

युद्ध तीन मारे गए मानिसहरूका वर्षहरूका हजारहरू या घायल, औद्योगिक सुविधाहरूको सबै भन्दा ठूलो नोक्सान दुइटै देशहरूका बीच दक्षिण र उत्तर एक दोस्रोका विरोधी थिए विनाश एक प्रचलित भावना हुन जानेछ सहित चलेको छ कि अझै पनि कोरियाको विभाजन केवल दुनियामा विभाजित देश छ

कोलकाता

कोलकाता /koʊlˈkɑːtɑː/, पहिले कलकत्ता /kælˈkʌtə/, भारतको दोस्रो सबैभन्दा ठुलो महानगर हो । यो पश्चिम बङ्गालको राजधानी र भारतको पाँचौ ठुलो बन्दरगाह पनि हो । यो बङ्गालको खाडीको शीर्ष तट देखि १८० किलोमीटर टाढा गंगाको देब्रे किनारामा स्थित छ । यहाँको जनसङ्ख्या २ करोड २९ लाख हो । यो शहरको इतिहास अत्यंत प्राचीन छ ।यसको आधुनिक स्वरूपको विकास अंग्रेजहरू एवं फ्रान्सको उपनिवेशवादको इतिहास संग जोडीएको छ । अहिलेको कोलकाता आधुनिक भारतको र इतिहासको अनेकौ गाथाहरू एक आपसमा मिलेका छन् ।यो शहरलाई जहा भारतको शैक्षिक एवं सांस्कृतिक परिवर्तनहरुको प्रारम्भिक केन्द्र बिन्दुको रूपमा परिचय मिलेको छ भने उही अर्को तर्फ़ यसलाई भारतमा साम्यवाद आंदोलनको गढ़को रूपमा पनि मान्यता मिलेको छ ।महलहरुको यो सहरलाई "सिटी आफ जाय "को नामले पनि जनिन्छ ।

चक्रवर्ती राजगोपालाचारी

चक्रवर्ती राजगोपालाचारी (तमिल: சக்ரவர்தி ராஜகோபாலாச்சாரி) (डिसेम्बर १०, १८७८ - डिसेम्बर २५, १९७२), राजाजी नामले पनि जानिन्छन्। उनी वकील, लेखक, राजनीतिज्ञ र दार्शनिक थिए। उनी स्वतन्त्र भारतको द्वितीय गवर्नर जनरल र प्रथम भारतीय गवर्नर जनरल थिए। १० अप्रैल १९५२ देखि १३ अप्रैल १९५४ सम्म उनी मद्रास प्रान्तको मुख्यमन्त्री रहे। उनी दक्षिण भारतको कांग्रेसको प्रमुख नेता थिए, तर पछि उनी कांग्रेसको प्रखर विरोधी भए तथा स्वतन्त्र पार्टीको स्थापना गरे उनी गांधीजीको समधी थिए। (राजाजीको छोरी लक्ष्मीको विवाह गांधीजीको छोरा देवदास गांधीसंग भएको थियो।) उनले दक्षिण भारतमा हिन्दीको प्रचार-प्रसारको लागि धेरै काम गरे।

चिनियाँ कम्युनिष्ट पार्टी

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) जनवादी गणतन्त्र चिनको संस्थापक तथा वर्तमान शासन गरिरहेको राजनीतिक दल हो ।

चिनियाँ कम्युनिस्ट पार्टी विश्वकै सबैभन्दा ठूलाे र कम्युनिस्ट पार्टी हाे । यसका सदस्य संख्या मात्र झण्डै १० कराेड रहेकाे बुझिन्छ ।

चीनको सांस्कृतिक क्रान्ति

सांस्कृतिक क्रांति (सरलीकृत चीनी: 无产阶级文化大革命; परंपरिक चीनी: 無產階級文化大革命, Long form: 'चीनको महान सर्वहारा सांस्कृतिक क्रांति' ) जनवादी गणराज्य चीनमा माओ त्से-तुंग द्वारा चलाएकोइयो एक सामाजिक-राजनीतिक आउँ दोलन थियो सन् १९६६बाट आरम्भ भएर सन् १९७६सम्म चला। माओ ती समय चीनको कम्युनिस्ट पार्टीका अध्यक्ष थिए। १६ मई, १९६६लाई शुरू भए यो क्रांति १० वर्षहरूसम्म चल्यो र यसले चीनका सामाजिक ढांचेमा धेरै ठूलो परिवर्तन गरे। यस क्रांतिको शुरुआतको घोषणा गर्दै माओ-त्से-तुंगले चेतावनी दिएका थिए कि बुर्जुआ वर्ग कम्युनिस्ट पार्टीमा आफ्नो प्रभाव कायम गरेर एक तरहको तानाशाही स्थापित गर्न चाह्दछ। वास्तवमा सांस्कृतिक क्रांतिको अभियान माओले आफ्नो पार्टीलाई प्रतिद्वंद्वीहरुबाट छुटकारा दिलानको लागि शुरू गरेका थिए।

ज्ञानेन्द्र शाह

ज्ञानेन्द्र शाह नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम शाहवंशीय राजा पनि हुन्। २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए। पछि राजा वीरेन्द्रको वंश विनाशपछि उनी पुनः नेपालका राजा भएका हुन्। दरवार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको परिवारका भने कसैलाई पनि केही नभएको, लगायतका कारणहरूले गर्दा दरवार हत्याकाण्डमा पनि उनैको हात रहेको केही मानिसहरूले आशंका व्यक्त गरेका छन् तर पनि स्वतन्त्र र वैज्ञानिक तथ्यबाट यसको पुष्टि हुन अझै सकेको छैन।

राजा महेन्द्रका कान्छा छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन्। वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा वीरेन्द्रलगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा भएका थिए।

नाजी पार्टी

सामान्यतः नाजी पार्टी (/ nɑːtsi /) भनेर चिनिने यो पार्टीको औपचारीक नाम राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (जर्मन: Nationalsozialistische Deutsche Arbeiterpartei, NSDAP)थियो। जर्मनीको यो राजनीतिक पार्टी सन् १९२० देखि १९४५ को बीच सक्रिय रही नाजीवाद अभ्यासरत थियो। यसको पूर्ववर्ती पार्टी जर्मन मजदुर 'पार्टी (Deutscher Arbeiterpartei; DAP) सन् १९१९ देखि १९२० सम्म सक्रिय थियो। यो पार्टी पहिलो विश्व युद्धपछि जर्मनीमा कम्युनिस्टहरु बिरुद्दको बढ्दो प्रभाव र अर्धसैनिक बल संस्कृति संगै प्रादुर्भाव हुन थाल्यो । यो पार्टी साम्यवाद देखि र völkisch राष्ट्रवाद सम्म कार्यकार्ता आकर्षित गर्ने एक साधनको रूपमा सृष्टि गरिएको थियो। सुरुमा नाजी राजनीतिक रणनीतिको मुख्य चुरो ठूलो व्यापारको, बुर्जुआ, र पूंजीपति बिरोधि नारामा केन्द्रित थियो, तर यस्ता पक्षहरू पछि औद्योगिक संस्थाहरू समर्थन पाउन छोडिदै गए, र सन् १९३० तिर पार्टीको मान्यता यहुदी र मार्क्सवाद बिरोधी विषयवस्तुहरूमा केन्द्रित रह्यो। नस्लवाद नाजीवादको केन्द्रीय मान्यता थियो। नाजीहरूले एक "मानिसहरूको समुदाय" (Volksgemeinschaft) को विचार प्रचार गर्दथे। अन्य बिदेशी (Fremdvölkische) नश्ल, राजनीतिक, शारीरिक वा मानसिक समुहका मानिस कमसल भएकोले उनीहरूको उद्देश्य एकै नश्लका जर्मनहरूमा एकतावाद्द हुनुपर्छ भन्ने उद्देश्य राख्दथे।

नेपाल कम्युनिष्ट पार्टी

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई २०७५ जेठ ३ गते मदन भण्डारी स्मृति दिवसको दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको हो। २०७४ साल असोज १७ गते चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका एमाले र माओवादी, एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठक जीवनराज आश्रितको स्मृति दिवस पारेर एकीकृत भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपालको एउटा कम्युनिष्ट पार्टी हो। २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) लगायत अन्य विभिन्न ससानादलहरूका रूपमा अस्तित्वमा रहेका छन्। यो नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित छ। सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको बहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र) नेपालमा ११ वर्षे सशत्र युद्ध गरेपछि संविधानसभाको पहिलो चुनावमा पहिलो पार्टी, दोस्रो संविधानसभा पश्चात् तेस्रो ठूलो दल स्थापित भएको पार्टी हो । यसका अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्ड हुन्। यसको केन्द्रीय कार्यालय कोटेश्वर स्थित पेरिस डाँडामा रहेको छ। मार्क्सवाद, लेनिनवाद, माओवाद पार्टीका सिद्धान्त मानिएका छन् ।

फ्रेडरिक एंगेल्स

फ्रेडरिक एंगेल्स (२८ नोभेम्बर, १८२० – ५ अगस्त, १८९५ एक जर्मन समाजशास्त्री एवं दार्शनिक थिए१ एंगेल्स र तिनको साथी साथी कार्ल मार्क्स मार्क्सवाद का सिद्धान्तका प्रतिपादनको श्रेय प्राप्त छ। एंगेल्सले १८४५मा इंग्ल्याण्ड का मजदूर वर्गको स्थितिमा द कंडीशन आफ वर्किंग क्लास यी इंग्ल्याण्ड नामक पुस्तक लिखी। उनले मार्क्सका साथ मिलेर १८४८मा कम्युनिस्ट घोषणापत्रको रचनाको र पछि अभूतपूर्व पुस्तक "पूंजी" दास कैपिटललाई लेख्न मार्क्सको आर्थिक तौर मा मदद गरे मार्क्सको मौत भएपछि एंगेल्सले पूंजीका अर्का र तेस्रो खंडको संपादन पनि गरे। एंगेल्सले अतिरिक्त पूंजीका नियममा मार्क्सका लेखहरुलाई जमा गर्ने जिम्मेदारी पनि बखूबी निभाई र अन्तमा यसलाई पूंजीका चौथो खंडका तौरमा प्रकाशित गरिएको छ।

बर्लिन पर्खाल

बर्लिन पर्खाल (अङ्ग्रेजी: Berlin Wall) सन् १९६१ देखि १९८९ सम्म पूर्व जर्मनी र पश्चिम बर्लिन (जर्मन लोकतान्त्रिक गणतन्त्र) बीच सिमेन्ट र इँटाद्धारा बनाइएको बाधा रेखा थियाे । सन् १९८९ नोभेम्बर ११ मा बर्लिनको पर्खाल भत्काइएको थियाे ।

राजनीति विज्ञान

राजनीति विज्ञान एउटा सामाजिक विज्ञान हो जो राज्य सरकार र अन्य रास्ट्रीय अन्तर्राष्ट्रिय राजनीतिक घटनाहरूको अध्ययनसित सम्बन्धित छ।

यसलाई बिज्ञानहरुकै महारानी अर्थात गुरु बिज्ञान पनि भनिन्छ ।

राजनीति बिज्ञानका जनक प्रशिद्द ग्रिसेली बिद्दान अरस्तु हुन।

शीतयुद्ध

दोस्रो विश्वयुद्ध पछि संयुक्त राज्य अमेरिका तथा रुस को बिच उत्पन्न तनावको स्थितलाई शीत युद्ध को संज्ञा दिइएको थियो।

सोभियत सङ्घ

सोभियत संघ (रूसी भाषा: Сове́тский Сою́з, सोवेत्स्की सोयूज; अङ्ग्रेजी: Soviet Union; औपचारिक नाम: सोभियत समाजवादी गणतन्त्रहरूको संघ, Сою́з Сове́тских Социалисти́ческих Респу́блик, Union of Soviet Socialist Republics) सन् १९२२ देखि

१९८१ सम्ममा यूरेशियाको ठुलो भूभागमा विस्तृत एक देश थियो । त्यो आफ्नो स्थापना देखी १९९० सम्म साम्यवादी पार्टी (कोम्युनिस्ट पार्टी) द्वारा शासित रह्यो। संवैधानिक रूपबाट सोभियत संघ १५ स्वशासित गणतन्त्रहरूको संघ थियो तर वास्तवमा पुरै देशको प्रशासन र अर्थव्यवस्थामा केन्द्रीय सरकारको कडा नियन्त्रण रह्यो। रूसी सोभियत संघीय समाजवादी गणतन्त्र ( Russian Soviet Federative Socialist Republic) यस देशको सबभन्दा ठुलो गणतन्त्र र राजनीतिक, सांस्कृतिक र आर्थिक केंद्र थियो, यसकारण पुरै देशको गहिरो रूसीकरण भयो। यही कारण रह्यो कि, विदेशमा पनि सोभियत संघलाई प्रायजसो गल्लीले 'रूस' भनेर सम्बोधन गरिन्थ्यो।

स्वेज संकट

सन् १९५६ मा पहिले इजराइल तथा पछि ब्रिटेन र फ्रान्सद्वारा मिस्र माथि गरिएको आक्रमणलाई स्वेज संकट (Suez Crisis) भनिन्छ। यो आक्रमण स्वेज नहर माथि पश्चिमी देशको नियन्त्रण पुनः स्थापित गर्न तथा मिस्रको राष्ट्रपति नासेरलाई सत्ताबाट हटाउने उद्देश्यले गरिएको थियो। युद्ध शुरू भए पछी संयुक्त राज्य अमेरिका राष्ट्रपति ड्वीट डी. आइजेनहावर, सोवियत संघ र संयुक्त राष्ट्र संघले यसमा राजनयिक हस्तक्षेप गरे र आक्रमणकारी देश पछि हट्नलाई बाध्य भए।

ह्यारी एस ट्रुम्यान

ह्यारी एस ट्रुम्यान Harry S. Truman (मे ८ १८८४-डिसेम्बर ८ १८८४ ) अमेरिकाका ३३ औ रास्ट्रपति (१९४५-१९५३) थिए जसले रास्ट्रपति फ्र्याङ्कलिन डी. रूजबेल्टको निधन पछी कार्यभार सम्हालेका थिए । प्रथम विश्व युद्ध भेट्रान रहेका उहाँले राष्ट्रपति द्वितीय विश्वयुद्धको उत्तरार्धमा र शीत युद्धको शुरुवातमा राष्ट्रपति पद ग्रहण गर्नुभयो। उनी पश्चिमी यूरोपको अर्थतन्त्र पुनर्निर्माण गर्न मार्शल प्लानलाई लागू गर्नका, डकट्रोइट , सोभियत र चिनियाँ साम्यवाद विरुद्द नाटोको स्थापनाको लागि र कोरियाली युद्धमा हस्तक्षेपको लागि चिनिन्छन्।

आन्तरिक मामिलामा, उनी एक मध्यम डेमोक्रेट थिए जसको उदार प्रस्तावहरु फ्रैंकलिन रुजवेल्ट को नयाँ डीएए को निरन्तरता थियो, तर अनुदार बहुमत कंग्रेसले धेरै जसो प्रस्तावहरु रोक्यो। उनले १८० पटक, कुनै पनि राष्ट्रपति भन्दा धेरै , भिटो शक्ति प्रयोग गरे . उनी युद्धमा परमाणु हतियार प्रयोग गर्ने एकमात्र विश्व नेता हो। उनले यूएस सशस्त्र बललाई विभाजन गरे, एक नयाँ स्वतन्त्र इजरायललाई समर्थन गरे र संयुक्त राष्ट्रको संस्थापक थिए।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.