शिक्षा

शिक्षालाई अंग्रजीमा Education भनिन्छ। Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। Education बाट Educere,Educare,हुँदै Educatiin भ‍‍एको हो ।

शिक्षा संस्कृतको 'शिक्ष्' धातुबाट आएको हो जसको अर्थ दिनु भन्ने बुझिन्छ अथवा अनुभवी अग्रजहरुले आफ्ना सन्ततिहरुलाई अनुभवहरु प्रदान गर्नुलाई नै दिनु वा शिक्ष भनिन्थ्यो ।

"विद्यालयको चौघेराभित्र रहेर दिइने औपचारिक शिक्षालाई मात्र शिक्षा हो" भन्नुलाई शिक्षाको संकुचित अर्थका रुपमा लिईन्छ

भने मानिस जन्मिएदेखि मृत्युपर्यन्त प्राप्त गरिने सम्पुर्ण अनुभवलाई शिक्षा भनिन्छ भन्नु शिक्षाको ब्यापक अर्थ हो।

यसरी हेर्दा शिक्षा भनेको जिवनपर्यन्त चलिरहने प्रक्रिया हो । जसअन्तर्गत ब्यक्तिको बौद्दिक,शारीरिक,सामाजिक,आर्थिक,भौतिक,नैतिक आदि सम्पुर्ण पक्षको वा ब्यक्तिको सर्वाङ्गीण बिकास गराउनु नै शिक्षा हो भनिनु शिक्षाको बास्तबिक अर्थ हो।

शिक्षाका केही बहुचर्चित परिभाषाहरू निम्नानुसार छन

पृथ्बीमा ज्ञानभन्दा शुद्द अरु केही छैन ‍‍‍-भागवत गीता

आत्मानुभुती नै शिक्षा हो - शंकराचार्य

प्रत्येक मानिसको मष्तिष्कमा अदृष्य रुपले बिद्यमान संसारको त्यो सर्वमान्य बिचारलाई प्रकाशमा ल्याउनु नै शिक्षा हो -सुकरात

शिक्षा भनेको मानिसको आन्तरीक शक्तिको स्बभाविक, सर्वाङ्गीण र प्रगतिशिल बिकास हो -पेस्तालोजी

"शिक्षा सबैभन्दा शाक्तिशाली हतियार हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौ।"-नेल्सन मण्डेला

ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति हो। शिक्षाले मानिसालाई अन्धकारबाट उज्यालो तर्फ लम्काउँछ। शिक्षा निरन्तर चलीरहने प्रक्रिया हो। यो जन्मे देखि नमरुन्जेलसम्म कुनै न कुनै रूपमा चलिरहेको हुन्छ। ज्ञान सिकाउने तथा विद्यार्थीलाई पढ्न सघाउने काम शिक्षक, गुरु तथा अध्यापकले गर्दछन्। शिक्षा धेरै किसिमको हुन्छ।


शिक्षाका प्रकार

  • साधारण शिक्षा
  • विशिष्ट शिक्षा
  • प्रत्यक्ष शिक्षा
  • अप्रत्यक्ष शिक्षा
  • ब्यक्तिगत शिक्षा
  • सामुहिक शिक्षा

सन्दर्भ सामग्रीहरू

शिक्षा नै मानवको तेस्रो अँखा हो।तर आधुनिक ब्याक्तित्व हरुले यसलाई पहिलो आखा नै भन्न रुचाउँछन् किनभने दृश्टिबिहिन ब्यक्तिहरु पनि यसैको कारणले गर्दा नै चर्चामा आइरहेका छन। त्यस्तै गरि शिक्षालाई मुख्य तया तीन प्रकारका छन जुन देहाय बमोजिम छन: १)औपचारिक शिक्षा (formal education) २)अनौपचारिक शिक्षा ( non-formal education ) ३)अनियमित शिक्षा (informal education )

  1. औपचारिक शिक्षा : औपचारिक शिक्षा भनाले कक्षाकोठामा आधारित शिक्षा बुझिन्छ, जुन हामी गुरु वा शिक्षित व्यक्ति बाट हासिल गर्छौ‌‌‍‌। हामी औपचारिक शिक्षा बिध्यालय बाट प्राप्त गर्छौ।
  2. अनियमित शिक्षा: अनियमित शिक्षा भनाले त्यों शिक्षा बुझिन्छ , जुन शिक्षा हामी संरचित पाठ्यक्रम भन्दा बाहिर हासिल गर्छौं।
  3. अनौपचारिक शिक्षा:औपचारिक र अनियमित शिक्षा को कमिलाई पुरागर्न नयाँ शिक्षाको विकास गरियो जसलाई अनौपचारिक शिक्षा भनिन्छ। यस किसिमको शिक्षा दुवै औपचारिक शिक्षा र अनियमित शिक्षाको मिश्रणबाट बनेको हुन्छ ।
अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट एक नेपाली दैनिक पत्रिका हो। यो पत्रिकाको मुख्यालय नेपालको राजधानी काठमाडौंमा छ ।

काठमाडौं विश्वविद्यालय

काठमाडौं विश्वविद्यालय वा केयु (अङ्ग्रेजी : Kathmandu University वा KU) नेपालको एक निजी स्रोत र साधनबाट सञ्चालित सामुदायिक विश्वविद्यालय हो । यो विश्वविद्यालय काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित छ। सन् १९९१ को डिसेम्बरमा स्थापित नेपालको पहिलो निजी स्रोत र साधनबाट सञ्चालित सामुदायिक विश्वविद्यालयका मुख्य भवन धुलिखेलमा रहेका भए पनि अन्य क्याम्पस तथा सम्बन्धन प्राप्त क्याम्पस देशका अन्य भागमा पनि छन् । मानविकी, व्यवस्थापन, वाणिज्य, विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ आदिको यो विश्वविद्यालयमा पढाई हुने गरेको छ । हाल काठमाडौं विश्वविद्यालयमा १५,००० जति विद्यार्थी अध्ययनरत छन्।

सन् १९९१ मा आदर्श वाक्य "नेतृत्वको लागि गुणस्तरिय शिक्षा" अथवा "Quality Education for Leadership" सहित केयु स्थापित भएको हो । विश्वविद्यालय आफ्नो सात वटा विद्यालयहरूको माध्यमले धुलिखेल, भक्तपुर र ललितपुरमा चलिरहेको छ।

कोपिला (पत्रिका)

कोपिला (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य शेखरवावु मानन्धर र अरूद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक शान्ति शिक्षा मन्दिर हो। यसको प्रकाशन काठमाडौंमा मासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०१०मा प्रकाशित भएको थियो।

जागृति (पत्रिका)

जागृति (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य शारदा प्रसाद उपाध्यायद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाल सरकार शिक्षा मन्त्रालय हो। यसको प्रकाशन काठमाडौंमा मासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २००९मा प्रकाशित भएको थियो।

त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय वा त्रिवि (अङ्ग्रेजी : Tribhuvhan University वा TU) नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हुनुका साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो । यस विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौंमा छ ।

यस विश्वविद्यालय ३०४२–५–२ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाँचवटा प्राविधिक शैक्षिक संस्था र चारवटा साधारण संकाय सञ्चालित छन् । यसले पचासवटा प्राविधिक शीर्षकमा प्रमाण–पत्र तहको शिक्षा दिइरहेको छ त्यस्तै १०७९ शीर्षकमा स्नातक तथा १ हजार शीर्षकमा स्नातकोत्तर शीर्षकमा शिक्षा प्रदान गरिरहेको छ । यसका साथै यसले पीएचडी का लागि समेत विभिन्न शीर्षकमा प्राविधिक तथा संकायस्तरीय शिक्षा दिइरहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ९३१ वटा निजी क्याम्पसले सम्बन्धन लिएका छन् ।

सन् २०१३–१४ सम्म यसमा ६,०४,४३७ जना विद्यार्थीहररु विभिन्न शैक्षिक तहमा सामेल भएका छन् । त्रिभुवन विश्वविद्यालयमा ७९६६ अध्यापन संकाय छन् । त्रिभुवन विश्वविद्यालयमा १५,१९६ कर्मचारी कार्यरत छन् । कृषि तथा पशु विज्ञान, वन विज्ञान, इञ्जिनीयरिङ, विज्ञान तथा प्रविधि, चिकित्साशास्त्र, समाजविज्ञान, भूगर्भशास्त्र मानवशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन तथा मानविकिमा यो विश्वविद्यालयले शिक्षा प्रदान गरिरहेको छ । ३८ केन्द्रीय विभागहरू समेत गरि यस विश्वविद्यालयका ६० आंगिक क्याम्पस रहेका छन् ।

नवीन शिक्षा (पत्रिका)

नवीन शिक्षा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य कृष्णराज अर्यालद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक कलेज अफ एजुकेशन हो। यसको प्रकाशन काठमाडौंमा मासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०१४मा प्रकाशित भएको थियो।

नेपाल-शिक्षा (आधार शिक्षा) (पत्रिका)

नेपाल-शिक्षा (आधार शिक्षा) (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य संपादक मण्डलद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक आधार साहित्य समिति (नेपाल सरकार) हो। यसको प्रकाशन काठमाडौं ताहाचलमा मासिक २००५असोजमा प्रकाशित भएको थियो।

नेपाल खुला विश्वविद्यालय

नेपाल खुला विश्वविद्यालय (अङ्ग्रेजी : Nepal Open University) विधिबत रुपमा विसं २०७३.०३.३० (सन् २०१६) मा स्थापना भएको हो । यस विश्वविद्यालयको केन्द्रीय कार्यालय मानभवन ललितपुरमा छ ।

पर्वते (पत्रिका)

पर्वते (पत्रिका) बेलायती सेनाको ब्रिगेड अफ गोर्खाजको मुखपत्र हो । यो सन् १९४९ जनवरी ७मा सिंगापुरबाट रोमन र देवनागरी दुवै लिपिमा प्रकाशित हुन थालेको हो । यउो साप्ताहिक म्यागेजिन हो।

माधवी

पं. मातृकाप्रसाद अधिकारीको छद्म नाउँमा राममणि आदिको सम्पादनमा विंसं. १९६५ देखि बनारसबाट प्रकाशित यस माधवी पत्रिकाले नेपाली गद्यको विकासमा विशेष योगदान पुर्‍याएको छ । प्रस्तुत पत्रिकामार्फत हलन्तबहिष्कार आन्दोलन चलाउने यसका सम्पादक राममणि आदिले कविताको साहित्यिक गुण र कलात्मक अभिव्यञ्जनाको शास्त्रीय चर्चा गरी लेखेको कवितारीति महत्त्वपूर्ण मानिन्छ । यसमा रामप्रसाद सत्यालका कुराको विचार, श्रम, माया, धर्मदत्तको शिक्षा लगायतका धर्म, नीति, उपदेश आदि विषयका हलन्त बहिष्कृत विषयका वस्तुपरक लेख निबन्धहरू छापिएका छन् । मासिक रूपमा प्रकाशित यो पत्रिका आठ अङ्कसम्म छापिएर बन्द भयो ।

राजधानी दैनिक

राजधानी दैनिक एक नेपाली दैनिक पत्रिका हो।

रेडियो आँधीखोला

स्याङ्जामा आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड द्वारा सहकारी मूल्य-मान्यता र सिद्धान्त अनुसार सञ्चालन हुने गरी सहकारी ऐन २०४८ अन्तर्गत स्थापित रेडियो आँधीखोला एक सञ्चार सहकारी संस्था हो। यसको औपचारिक समुद्द्याटन २०६४ साल मंसिर ६ गते भई यस अन्तर्गत रेडियो आँधीखोला १०५.४ मेगाहर्ज सञ्चालन भई आएको छ। राष्ट्रमै शिक्षा र चेतनाको हैसियतले विशिष्ट प्रतिष्ठा आर्जन गर्न सफल स्याङ्जाबासीहरुको र जिल्लामा सञ्चार क्षेत्रमा कार्य गर्ने कुनै पनि इलेक्ट्रोनिक मिडिया स्थापित नभएको अवस्थामा स्याङ्जाको मध्यवर्ती क्षेत्र वालिङ नगरपालिका र यसको सेरोफेरोमा बस्ने विभिन्न बर्ग, धर्म, समुदाय, जातजाति र आस्थासँग सम्बद्ध ब्यक्तिहरुको सामुहिक आर्थिक लगानी र प्रयासमा रेडियो आँधीखोलाको जन्म भएको हो।

वर्तिका (पत्रिका)

वर्तिका (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य अम्वर थापाद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक दार्जीलिङ जिल्ला समाज शिक्षा दार्जोलिङ देशवन्धु पुस्तकालय हो। यसको प्रकाशन दार्जीलिङमा - १३७० बङ्गाली संवत्मा प्रकाशित भएको थियो।

शिक्षा (पत्रिका)

शिक्षा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य सुनकेशरी प्रधानद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक - हो। यसको प्रकाशन दार्जीलिङमा मासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति १९५०ई.मा प्रकाशित भएको थियो।

शिक्षा ज्योति (पत्रिका)

शिक्षा ज्योति (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य केशवराज पराजुलीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक क्षेत्रिय शिक्षक संघ हो। यसको प्रकाशन पोखरामा मासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०१७मा प्रकाशित भएको थियो।

शिक्षा समाचार (पत्रिका)

शिक्षा समाचार (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य लव वहादुर र यज्ञ राजद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक श्री ५को सरकार शिक्षा विभाग हो। यसको प्रकाशन काठमाडौंमा मासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०१० वैशाखमा प्रकाशित भएको थियो।

सामुदायिक रेडियो वालिङ

विश्वमा बृद्धि हुँदै गएको जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यावरण र वातावरणको संरक्षण र संवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले एजिको नेपाल गैरसरकारी संस्थाद्धारा सामुदायिक रेडियो वालिङ सञ्चालनमा ल्याइएको हो । अधिकांश मानिस कृषि पेशामा संलग्न रहेको स्याङ्जा जिल्लामा स्वच्छ वातावरण स्थापनाको लागि जैविक कृषि प्रणाली लागु गर्न रेडियोले महत्वपूर्ण भूमिका खेलेको छ । रेडियोले विशेष गरेर स्थानीय स्तरको सरसफाई र कृषिलाई ध्यान दिनुका अतिरिक्त विभिन्न शिक्षा, स्वास्थ्य चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण गर्नेछ । स्याङ्जामा पर्यावरणीय संरक्षणको उद्देश्यले सञ्चालन गरिएको रेडियो वालिङ पहिलो हो भने रेडियो वालिङ स्थापना पछि स्याङ्जामा रेडियोको संख्या तीन पुगेको छ । रेडियो वालिङको स्थापना पछि स्याङ्जामा रेडियोको संख्या ३ भएपनि सन्तुलित पर्यावरण र जैविक कृषिको क्षेत्रमा कार्य गर्ने उद्देश्यले सञ्चालन गरिएको रेडियो भने पहिलो हो ।

सुदूरपश्चिम विश्वविद्यालय

सुदूरपश्चिम विश्वविद्यालय नेपालका विश्वविद्यालयहरुको परिप्रेक्षमा नयाँ स्थापना गरिएको विश्वविद्यालय हो । यो विश्वविद्यालय महाकाली अञ्चलको कञ्चनपुरमा रहेको भीमदत्त नगरपालिकामा अवस्थित रहेको छ । साबिकको सिद्धनाथ बहुमुखि क्याम्पसको स्तरोन्नति गरेर यो विश्वविद्यालय संचालन गरिएको छ।

स्वास्थ्य गतिविधि बुलेटिन (पत्रिका)

स्वास्थ्य गतिविधि बुलेटिन (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य -द्वारा भएको छ। यो पत्रिकाको प्रकाशक श्री५को सरकार स्वास्थ्य शिक्षा विभाग हो। यसको प्रकाशन ललितपुर पुलचोकमा अनियमित २०२७माघमा प्रकाशित भएको थियो।

हाम्रो शिक्षा (पत्रिका)

हाम्रो शिक्षा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य रामेश्वर चालिसे र अरूद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक ज.शि.सा. केन्द्र हो। यसको प्रकाशन काठमाडौंमा वुलेटिन २०२८ साउनमा प्रकाशित भएको थियो।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.