विश्वकोश

कुनै निश्चित बिषय वा अनेक बिषयमा सङ्ग्रह गरिएको मानब ज्ञानलाई विश्वकोष भनिन्छ। विश्वकोष सामान्यतया किताबको रुपमा हुन्छ। यसको शब्दिक अर्थ विश्वभरिका ज्ञानको भण्डार हो। अङ्ग्रेजीमा यसलाई इन्साइक्लोपीडिया भनिन्छ, जुन ल्याटिन भाषाको शब्द हो, जुन यूनानी भाषाको 'εγκύκλιος παιδεία' बाट आएको शब्द हो, जसको अर्थ 'शिक्षणको परिधिमा' हो।

इतिहास

विश्वकोष छाप्न थालिएको सयौं वर्ष भइसकेको छ।

अन्तर्राष्ट्रिय योग दिवस

आज संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ– शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य इत्यादि । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रुपमा बुझिन्छ । वास्तवमा योगले जीवात्मालाई परमात्मासंग जोड्छ । यस जोड्ने क्रियालाई योग भनिन्छ ।

योगश्चित्तवृत्ति निरोधः ।।योगसूत्र ।।

चित्त वृत्तिको निरोध नै योग हो । यो भनाई हो पतञ्जलिको । योगको उद्देश्य चित्त वृत्तिहरुको निरोध हो । अर्थात् चित्त र वृत्तिलाई ठीक बाटोमा डोर्याउनु नै योग हो ।

यौगिक क्रियाको वैज्ञानिक व्याख्या सर्वप्रथम पतञ्जलिले योग सूत्रमा गरेका हुन् । यस पुस्तकका संसारका सबै भाषाहरुमा अनुवाद भइसकेको छ । व्यास र वाचस्पति मिश्रले यस ग्रन्थको सबभन्दा पहिले व्याख्या गरेका हुन् । त्यस पछि अनेक व्याख्या गरिएको छन् । जैन गुरु हेमचन्द्रले यसलाई जैन धर्मको ध्यानविधिमा प्रयोगमा ल्याएका हुन् । अरु संस्कृतिको कुनै पनि कुरा स्वीकार नगर्ने यहुदी समुदायले समेत योगसूत्रको अनसावद गरेर यसलाई व्यवहारमा ल्याइरहेका छन् ।

यसलाई योग र ध्यानका आधारको रुपमा लिइएको छ । पहिलो योग सूत्रको रचयिता भगवान शिवलाई मानिन्छ । शिवले गरेको ध्यानको मूर्ति सबभन्दा प्राचीन मूर्ति हो । महावीर जैनको पनि ध्यानका मूर्तिहरु पाइन्छन् । भगवान् बुद्धको ध्यान मूर्ति विश्वप्रसिद्ध नै छ । यसै गरी योगशास्त्र भने भगवान् कृष्णको योगदान मानिन्छ र उनलाई योगेश्वर भनिन्छ । उनको उपदेश गीतालाई योगशास्त्र भनिन्छ । योग सूत्रमा बताएका अधिकांश कुरा गीतामा पनि छन् । यस प्रकार अप्रत्यक्ष रुपमा अन्तराष्ट्रिय योग दिवस गीताका उपदेशको सामान्य स्वीकृति पनि हो ।

कालकूट

कालकूट वा हलाहल विष हिन्दु मिथकमा वर्णन गरिएको विष हो जुन समुन्द्र मन्थन को समयमा क्षीरसागरबाट निसकिएको थियो । बिषालु कालकूट बिषले समुन्द्र मन्थनमा लागेका देव-दानवहरुलाई जलाउन लाग्यो र त्यतिमात्रै होइन ब्रम्हाद्धारा सृष्टि भएको सारा संसार नै ध्वस्त पार्ने खतरा बढ्यो। कालकूट बिष- फैलदै गएपछि देव-दानव आत्तिन थाले र उनीहरुले यसको समाधान गर्न सकेनन्। अरु केहि उपाय नदेखेपछि देव-दानवले शिव भगवानको आरधना गर्न थाले र नारद मुनी कैलाशमा गएर कालकूट बिषको असरबारे भगवान शिवलाई विन्ती गर्दै कालकूट बिषको असरले सारा सृष्टि समाप्त पार्न लागेकोले केहि गर्न विन्ती गरे। माता पार्वतीले पनि आफ्ना पति शिवलाई यस विपत्तीबाट छुटकारा दिलाएर सृष्टिको रक्षा गर्न अनुरोध गरिन्।पार्वती र नारदमुनी लगायत सम्पूर्ण देव र दानवहरु लगायत भक्तहरुको पुकार सुनेर शिव भगवानले जगत कल्याणको लागी कालकुट बिष आफैले पिएर सारा जगतलाई बचाए। कालकूट बिष पिएपछि भगवान शिवको कण्ठ (घाँटी) निलो हुन गयो। त्यसै बेला देखी शिवलाई ‘निलकण्ठ’ पनि भनिन थालेको हो।

गुजराती भाषा

गुजराती भारत को एक भाषा हो । यो भाषा गुजरात प्रान्त तथा बम्बईमा बोलिन्छ। गुजराती साहित्य भारतीय भाषाहरूको सबभन्दा अधिक समृद्ध साहित्यमा एक हो । भारतका अन्य भाषाहरू झैं गुजराती भाषाको जन्म संस्कृत भाषाबाट भएको हो । भारतका अरु राज्य एवं विदेशमा पनि गुजराती भाषा बोल्ने मानिसहरू बस्दछन् । जसमा पाकिस्तान, अमेरिका, यु.के., केन्या, सिंगापुर, अफ्रिका, अस्ट्रेलिया मुख्य छन् । भारतका राष्ट्रपिता महात्मा गान्धी एवं लोखंडी पुरुष सरदार वल्लभ भाई पटेलको मातृभाषा गुजराती थियो । गुजराती बोल्ने मानिस भारतको अन्य महानुभावहरूमा पाकिस्तानका राष्ट्रपिता मोहम्मद अली जिन्ना, महर्षि दयानंद सरस्वती, मोरारजी देसाई, नरेन्द्र मोदी, धीरु भाई अंबानी पनि सामिल छन् ।

चीनको विशाल पर्खाल

चीनको विशाल पर्खाल माटो र ढुंगाबाट बनेको एउटा किलानुमा पर्खाल हो जसलाई चीनको विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि ईसा पूर्व पाँचौँ शताब्दी देखि सोह्रौँ शताब्दी सम्म बनाईयो । कयों पर्खालहरूको सामूहिक रूपले यस महान पर्खालको पुनर्निर्माण गरिएको छ । ५ औं शताब्दी ईसा पूर्व देखि १६ औं शताब्दीको मध्यमा बनाइएको रूपमा सन्दर्भित गर्दछ । यसको विशालताको अनुमान यसै कुराबाट लगाउन सकिन्छ कि यस मानव निर्मित ढाँचालाई अन्तरिक्षबाट पनि हेर्न मिल्छ ।

यो बिशाल पर्खाल ६,४०० किलोमीटर (१०,००० ली, चीनी लम्बाई मापन एकाई) क्षेत्रमा फैलिएको छ । यसको विस्तार पूर्वमा शानहाइगुआन देखि पश्चिममा लोप नुर सम्म छ, र यसको कुल लम्बाई लगभग ६७०० कि.मी. (४१६० माइल) रहेको छ । हुनत पुरातत्व सर्वेक्षण विभागको हाल सम्मको सर्वेक्षण अनुसार समग्र महान पर्खाल, आफ्नो सबै शाखाहरू सहित ८८५१.८ किलोमिटर सम्म फैलिएको छ ।

आफ्नो उत्कर्षमा मिंग वंशको सुरक्षा अभिप्रायले दश लाख भन्दा धेरै मान्छेहरू नियुक्त थिए । अनुमानित छ, कि यस महान पर्खाल निर्माण परियोजनामा लगभग २० देखि ३० लाख मानिसहरूले आफ्नो जीवन लगाएका थिए ।आठौँ शताब्दी ईसापूर्वमा चीनमा राज्यको रक्षा गर्नको लागि पर्खाल बनाउने शुरुवात भयो जुन बेला कुई (अङ्ग्रेजी:Qi), यान (अङ्ग्रेजी:Yan) र जाहो (अङ्ग्रेजी :Zhao) राज्यहरूले तीर र तलवारहरूको आक्रमणबाट बचनको लागि माटो र ढुंगालाई ढाँचामा बनाएको ईटाबाट पर्खालको निर्माण सुरु गर्‍यो । ईसादेखि २२१ वर्ष पूर्व चीन किन (अङ्ग्रेजी:Qin) साम्राज्य अन्तर्गत आयो । यस साम्राज्यले सबै स-साना राज्यहरूलाई संयुक्त गरेर एक बिशाल तथा अखण्ड चीनको रचना गर्‍यो । किन साम्राज्यदेखि शासकहरूले पूर्वमा बनाएको विभिन्न पर्खालहरूलाई मिलाएर एकै पर्खालमा परिणत गर्यो जुन की चीनको उत्तरी सीमा बन्यो । पांचौँ शताब्दीदेखि धेरै पछि सम्म धेरै पर्खालहरू बन्यो, जस्लाई मिलाएर चीनको पर्खाल भनियो । प्रसिद्ध पर्खालरूमा एउटा २२०-२०६ ईशा पूर्वमा चीनको प्रथम सम्राट किन शी हुआंगले बनाउन लगाएका थिए । त्यस पर्खालको अंशको केही अवशेष मात्रै बचेको थियो । यो मिंग वंश द्वारा बनाएको वर्तमान पर्खालको सुदूर उत्तरमा बनेको थियो । नयाँ चीनको धेरै लामो सीमा आक्रमणकारीहरूको लागि खुलेको थियो यसैले किन शासकहरूले पर्खाललाई चीनको बाँकी सीमाहरू सम्म फैलाउन शुरू गरे । यस कार्यको लागि अथक परिश्रम तथा साधनहरूको आवश्यकता थियो । पर्खाल बनाउने सामग्रीलाई सीमाहरू सम्म लैजानु एउटा कठिन कार्य थियो त्यसैले मजदूरहरूले स्थानीय साधनहरूको उपयोग गर्दै पर्वतहरू नजीक रहेको ढुंगाहरू र मैदानी भाग नजीक माटो र ढुंगाको पर्खालको निर्माण गर्‍यो । आज यो पर्खालले विश्वमा चीनको नाम फैलाएको छ, र युनेस्को द्वारा सन् १९८७ देखि विश्व सम्पदा क्षेत्र घोषित गरेको छ ।

अग्रेंजीमा ग्रेटवाल (Great Wall) भनिने चीनको बिशालकाय पर्खाल इशापूर्व ६५६ मा बाह्य आक्रमणबाट बच्नका लागि चू राज्यका राजा चङले सर्वप्रथम सुरक्षाको कारण निर्माण गराएका थिए । उनले निर्माण सुरु गरेको उक्त पर्खालको विभिन्न समयका राजा महाराजाहरूले थप्दै जोड्दै लम्बाई बढाउदै लगेर आज पर्खालको संरचना यस्तो आईपुगेको छ । ग्रेटवालको निर्माण सँगसँगै स-साना राज्यहरू एकीकरण हुन थालेकोले ग्रेटवाल निर्माणले विशाल चीन बनाउन सहयोग पुर् याएको विश्वास गरिन्छ । सन् १९८७ मा विश्व सम्पदा सूचीमा समावेश भएको चीनको ग्रेटवाल यस्तो ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको नमुना हो जसले हालसम्म पनि संसारका अधिकांश मानिसहरूलाई आकर्षण गरिरहेको छ । यो ग्रेटवाल संसारको सातौ आश्चर्यमध्येको एक पनि हो ।

छेपारो

छेपारो squamate reptilesको एक व्यापक समूह हो जसका लगभग ३८०० प्रजातिहरू छन् ३] । योमा अंटार्कटिका बाहेक सबै महाद्वीपहरू तथा समुद्रमा पाइन्छ। यो समूह, पारंपरिक रूप ले उपसमूह Lacertiliaमा पर्छ , Lepidosauria (सरीसृप) न त सांप का सबै वर्तमान सदस्यहरू पर्दछन्।

छेपाराका सामान्यतया अंगहरू अझ बाहिरि आएका हुन्छन्, जबकि सांपमा यिनी दुवै विशेषताहरूको कमी हुन्छ। हुनत, किन भनें छेपाराहरू नकारात्मक रूपमा सांपलाई छोडेर परिभाषित गरिन्छ, छेपारा समूहको रूपमा कुनै अद्वितीय विशेषता भने हुँदैन। छेपारो र सांप हिड्नलाई समान आयताकार हड्डीको प्रयोग गर्छन् जुन sphenodonts, भन्दा फरक हुन्छ जसको एक अधिक आदिम र ठोस diapsid खोपडी हुन्छ। धेरै छेपारा उनको पुच्छर निकालेर शिकारीहरू बाट बच्न प्रयोग गर्छन्, यसलाई एक अधिनियम autotomy भनिन्छ, तर यस क्षमता सबै छेपारोहरूमा हुँदैन। अधिकांश छेपारामा रङ्ग दृष्टि सहित विशेष रूपले राम्रो तरिकाले विकसित हुन्छ, र शरीरको भाषा याको रूप माको रूपमा राम्रो तरिकाले pheromonesको साथ आफ्नो शरीरमा चमकीलो रंगसँग सबै भन्दा अधिक रूपमामा विकसित गरेको हुन्छ।

केहि बयस्क छेपारा र छेपारोको लम्बाइ केही सेमी देखि केही मिटर सम्म तीन मीटर सम्म हुन सक्छन्। केही विलुप्त varanids ठूला ठूला पनि थिए । विलुप्त जलीय mosasaurs १७ मीटर सम्मका थिए र विशाल की निगरानी Megalania प्रिस्का शायद सात मीटर सम्म पुगेको अनुमान छ। जबकि छेपारो सामान्यतः यस्तो डायनासोरको रूपमामा प्रागैतिहासिक सरीसृपसँग जोडिएका हुन्छन्, वैज्ञानिकहरूलाई अझै पनि समकालीन छेपारोहरू र डायनासोर एकै विकासवादी श्रृंखला बाट आएका हुन् कि होइनन् भन्ने कुरामा अनिश्चित छन्। छेपारो विशेषज्ञहरूको बीच प्रचलित धारणा छ कि, जबकि उल्लेखनीय प्रागैतिहासिक सरीसृप जीवको समान, आधुनिक छेपारोहरू स्तनधारिहरूको एक विकासवादी बंद शूट गर्दै छन्। तर उनीहरू आफुलाई अनुकूलित गरेका हुन सक्छन्, र धेरै डायनासोरको रूपमा एक नै माध्यमले जीवित गर्नको लागि सिकेका हुन सक्छन्।

नेपाली बाल-विश्वकोश

नेपाली बाल विश्वकोश नेपाली बालसाहित्य समाजद्वारा वि.सं. २०६० मा प्रकाशित नेपाली भाषाको पहिलो बाल विश्वकोश हो । यसका प्रधान सम्पादक प्रा.डा. चूडामणि बन्धु हुुनुहुन्छ । सम्पादक मण्डलमा भक्टिर प्रधान, महादेव अवस्थी र विश्वम्भर चञ्चल हुनुहुन्छ । यसको प्रकाशनको लागि युनेस्कोले आर्थिक सहयोग गरेको थियो ।

नेपाली बाल विश्वकोश बालबालिकाले बुझ्ने सरल भाषामा लेखिएको छ । यसमा साधा चित्रहरु पनि छन् । यसमा ७०० भन्दा धेरै पृष्ठ छन् । पूरै विश्वकाश २८ भागमा बाँडिएको छ । ती अध्यायहरुमा भूगोल, इतिहास, साहित्य, जीवजन्तु, वनस्पति, अन्तरिक्ष, खेलकुद, कृषि, संगीत आदि विभिन्न विषयहरु समावेश गरिएका छन् । सबै विषयमा नेपालको सन्दर्भ र अवस्थामा जोड दिइएको छ ।

नेपाली विकिपिडिया

नेपाली विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो। नेपाली भाषाको विकिपिडिया सन् २००२ जुन ३ मा सुरुवात गरिएको थियो। हाल नेपाली विकिपिडियामा ३२,३४१ लेखहरू रहेका छन् भने ८ जना प्रबन्धक र दुई जना प्रशासकहरू रहेका छन्।

नेपाली शब्दकोश

नेपाली शब्दकोश नेपाली भाषाको शब्दहरूको कोश हो।

नेपालीमा विभिन्न निकाय र व्यक्तिगत प्रयत्नमा पनि विभिन्न शब्दकोशहरू प्रकाशित भएका छन्।

पतञ्जलि

पतञ्जलि योगसूत्रका रचनाकार हुन् जो हिन्दूहरूका छः दर्शन ( न्याय, वैशेषिक, सांख्य, योग,मीमांसा, वेदान्त)मा एउटा हो। भारतीय साहित्यमा पतञ्जलिले लेखेका ३ मुख्य ग्रन्थहरू पाइन्छन् योगसूत्र, अष्टाध्यायीमा भाष्य, र आयुर्वेद ग्रन्थ। केही विद्वानहरूको मत छ कि यी तीनैवटा ग्रन्थहरू एउटै व्यक्तिले लेखिएका हुन्; अरुको धारणा यो छ कि यी ग्रन्थहरू विभिन्न व्यक्तिहरूले लेखेका हुन्। पतञ्जलिले पाणिनिको अष्टाध्यायीमाथि आफ्नो टीका लेखेकाछन् जसलाई महाभाष्य भनिन्छ (महा+भाष्य(समीक्षा,टिप्पणी,विवेचना,आलोचना))। यी ग्रन्थहरूको निर्माणकाल २०० ई० पू० निर्धारण गरिएकोछ।

पृथ्वीमा रहेका सबैभन्दा लामा हिम श्रृङ्खलाहरूको सूची

पानी माथी रहेको विश्वका सबैभन्दा लामो हिम श्रृङ्खला एण्डिज हो जसको लम्बाई लगभग ७,००० किमी (४,३०० माइल) रहेको छ। यस हिम श्रृङ्खला दक्षिण देखि उत्तरसम्म दक्षिण अमेरिकाका ७ वटा देशहरू: भेनेजुएला,कोलम्बिया, इक्वेडर, पेरू, बोलिभिया, चिली र अर्जेण्टिना हुँदै पश्चिम तटीय क्षेत्र सम्म फैलिएको छ। अर्जेण्टिनामा रहेको अकाङ्कागुवा, एण्डिजको सबैभन्दा अग्लो हिमाल हो जसको उचाई ६,९६२ मिटर (२२,८४१ फिट) रहेको छ।

यस सूचीले पनडुब्बी हिम श्रृङ्खलाको समावेश गर्दैन। सबैभन्दा लामो पनडुब्बी हिम श्रृङ्खला मध्य-महासागर पर्वतमाला हो जसको लम्बाई ६५,००० किमी (४०,००० माइल) रहेको छ।

बालसाहित्य

बालसाहित्य साहित्यको यस्तो विधा हो जसको प्राथमिक पाठक, दर्शक, श्रोता (अडियन्स) बालबालिका हुन् । तैपनि यो विधाका अधिकांश कृतिहरु प्रौढहरुले पनि आनन्द मानेर पढ्छन् ।

बालसाहित्यमा के हुन्छ के हुँदैन भन्ने विषयमा केही विवाद नभएको होइन । तैपनि सामान्यतया बालबालिका आफैले रोजेर पढ्ने साहित्यिक सामग्री र अभिभावक, शिक्षक तथा विशेषज्ञहरुले 'बालबालिकाका लागि उपयुक्त' भनेर छुट्याएका साहित्यिक सामग्रीलाई बालसाहित्य भन्न सकिन्छ ।

डिक्स्नरी अफ एजुकेसनमा बालसाहित्यलाई यसरी परिभाषित गरिएको छः

१) बालबालिकाका लागि विशेषज्ञहरुद्वारा लेखिएको उच्च गुणस्तरको प्रकाशित पाठ्य सामग्री ।

२) उच्च गुणस्तरको र धेरै समयसम्म चल्ने बालबालिकाले मन पराउने प्रकाशित पाठ्य सामग्री ।

३) बालबालिकाको उपयोगको लागि प्राप्य सबै मुद्रित सामग्री ।

नेपाली बाल-विश्वकोषमा बालसाहित्यको परिचय यसरी दिइएको छः "बालबालिकाको साहित्य नै बालसाहित्य हो । 'बालसाहित्य' शब्दको प्रयोग दुइ अर्थमा गरिन्छः पहिलो बालबालिकाले लेखेको साहित्य र दोस्रो बालबालिकाका निम्ति अरुले लेखेको साहित्य । ..... बालबालिकाका निम्ति प्रकाशित अरु सबै किसिमका रचनालाई 'बालसाहित्य' भन्ने चलन छ ।"

बालसाहित्य र अन्य साहित्यबीच एउटा मुख्य फरक चित्रमा देखिन्छ । बालसाहित्यका पुस्तकहरुमा चित्र हुन्छन् । जति सानो उमेर समूहको लागि हो त्यति ठूला र धेरै चित्र राखिएका हुन्छन् ।

कसैले बालबालिकाका लागि भनेर किटान गरेर सिर्जना गरेको साहित्यलाई नै बालसाहित्य भन्नुपर्छ भन्छन् । तैपनि, पहिलेपहिले मूल रुपमा प्रौढहरुका लागि भनेर छुट्याइएका कतिपय कृतिहरु अहिले बालबालिकाका लागि हुन् भनेर मानिएको छ । 'एलिस इन वण्डरलैण्ड', 'एडभेर्न्चर्स अफ हक्कलबेरीफिन', यस्तै कथा हुन् । यसको विपरीत पहिले बालबालिकाका लागि भनेर छुट्याइएका कतिपय कृतिहरु पछि प्रौढहरुका लागि भनेर सिफारिस गरिएका पनि छन् । कतिपय कृतिहरु विवादमा परेर कुनै पनि उमेर समूहका लागि भनेर छुट्याउन सकिएको छैन भने कतिपय कृतिहरु बालबालिका, किशोर र प्रौढ, तीनै वर्गका लागि भनेर बजारमा विक्री भइरहेका पनि छन् । 'गुलिभर्स ट्राभल्स' जस्ता प्रौढका लागि लेखिएका कतिपय कृतिहरु सम्पादन गरेर बालबालिकाका लागि तयार गरिएका छन् ।

समालोचक राजेन्द्र सुवेदीका अनुसार, "बालसाहित्यको सृजना बालकको उमेरको हद, ग्रहणशीलता, परखक्षमता, मनोवैज्ञानिक विकास आदिलाई दृष्टि दिएर गरिएको हुनुपर्छ । त्यस्तो साहित्यिक रचना नै बालसाहित्य हो । ..... विद्यालयस्तरका बालबालिकाको मानसिक अवस्था र बौद्धिक तहलाई दृष्टि दिएर स्रष्टाले सृजना गरेको कृति बालसाहित्य हो । बालकहरुले आत्मसात् गर्न सक्ने विषय, भाव, कला, शिल्प र प्रस्तुतीकरणका आधारमा रचित साहित्य बालसाहित्य हो । बालसाहित्यको विषय क्षेत्र व्यापक छ, बालसाहित्य शब्दको सीमा व्यापक छ । ..... समाज, जीवन र परिवेशलाई सुहाउने र यथार्थ ढंगले सोच्न सकिने रुप प्रदान गरेर लोकसाहित्य, पौराणिक र वैज्ञानिक एवं सामाजिक विषयस्रोतका वस्तुलाई बाल्य-उपभोक्ता बजारको उपयोगी, रोचक, आकर्ष र कौतुकतापूर्ण शिल्पमा शिक्षाप्रद बनाएर प्रस्तुत गरिने सामग्री नै बालसाहित्य हो ।" पुस्तक व्यवसायी तथा बाल विशेषज्ञहरुले बालसाहित्यलाई उमेरको आधारमा धेरै वर्गमा विभाजन गरेका छन् । संयुक्त राज्य अमेरिकाका पुस्तक प्रकाशकहरुले बालसाहित्यलाई 'प्रि-रिर्डस' (५ वर्षम्मका), 'अर्ली रिर्डस' (५-७ वर्षम्मका), 'च्याप्टर बुक्स' (७-११ वर्षम्मका), र 'यंग अडल्टस्' (किशोरहरु) भनेर चार उमेर समूहमा बाँडेका छन् । कहिलेकाहीँ ७ देखि ११ वर्षउमेर समूहलाई पनि ७ देखि ९ र ९ देखि ११ वर्षउमेर समूहमा उपविभाजन गरिन्छ । तैपनि कतिपय अवस्थामा उमेर समूह छुट्याउने तरिका त्यति स्पष्ट हुँदैन । तर सामान्यतया साना बालबालिकाका लागि छापिने किताबमा ठूलाठूला र धेरै चित्र हुन्छन् भने माथिल्लो उमेर समूह वा किशोरहरुका लागि चित्रमा त्यति जोड दिइँदैन । सामान्य नियमअनुसार कथाको मानव नायक वा मुख्य मानव पात्रको उमेरभन्दा पाठकको उमेर एकदेखि तीनवर्ष कम हुन्छ । तर सबैमा यो नियम लागू हुँदैन ।

बालसाहित्यमा चित्रको प्रचूरता हुने हुँदा बालसाहित्य सर्जकहरु कलाकारसँगै मिलेर साहित्य सिर्जना गर्ने प्रचलन बढिरहको छ । मुद्रित बालसाहित्य शब्द र चित्रको मेल हो । दुबैको समन्वय नभई प्रभावकारी बालसाहित्य प्रस्तुत गर्न गाह्रो हुन्छ ।

बैदु

बैदु इन्क (pinyin: Bǎidù, अङ्ग्रेजी /ˈbaɪduː/ "by-doo") सन् २००० जनवरीमा स्थापना भएको चिनिया वेभ सेवा कम्पनी हो, यसको केन्द्रीय कार्यालय बैदु क्याम्स हायडियान जिल्ला बेइजिङमा अवस्थित छ ।बैदुले धेरै प्रकारको सेवाहरू प्रदान गर्दै आइरहेको छ जसमा वेभसाइट, चित्र तथा गितहरूको चिनियाँ खोज सेवा समेत रहेको छ । बैदुले ५७ खोज तथा सामुदायिक सेवाहरू लगायत बैदु बैंक र खोज्न सकिने फोरम समेत छ । बैदुलाई सन् २००० मा रबिन लि र इरिक झुले स्थापना गरेका थिए । दुवै संस्थापकहरू चिनिया नागरिक हुन र यिनिहरूले चीनमा फर्किन पहिला पढाइ तथा काम विदेशमा गरेका थिए । सन् २०१५ मार्चमा बैदुलाई अलेक्सा इन्टरनेट सूचीमा चौथो स्तरमा सूचीकृत गरेको थियो । सन् २०१० को चौथो त्रैमासिकको चीनमा करिब ४.०२ अर्ब खोज भएको थियो, जसमा बैदुको बजार हिस्सा ५६.६ प्रतिशत रहेको अनुमानित गरिएको थियो । सन् २०११ को दोश्रो त्रैमासिकको चीनको इन्टरनेर खोज राजस्व हिस्सामा बैदुको ७६% हिस्सा रहेको थियो । सन् २००७ डिसेम्बरमा बैदु नासड्याक-१०० इन्डेक्समा समावेश हुने पहिलो चिनियाँ कम्पनी बन्न पुग्यो । बैदु बायके विकिपिडिया जस्तै अनलाई विश्वकोश; तर विकिपिडिया भन्दा फरक चिनिया कानुनको कारण यसमा भएका लेखहरूलाई दर्ता भएको प्रयोगकर्ताहरूले मात्र सम्पादन गर्न सक्दछन् । सन् २००४ जुन देखि चीनमा विकिपिडियाका केही लेखहरू अबरूद्ध तथा फिल्टर गरिए पश्चात चिनिया सरकारले बैदुमा गर्न सक्ने काटछाट गर्ने सम्बन्धमा विवाद भएको थियो ।

भारत रत्‍न

भारत रत्न भारतको सर्वोच्च नागरिक सम्मान हो। यो सम्मान राष्ट्रिय सेवाको लागि दिइन्छ। यी सेवाहरूमा हुन् कला, साहित्य, विज्ञान वा सार्वजनिक सेवा। यस सम्मानको स्थापना २ जनवरी, १९५४ मा भारतका तत्कालीन राष्ट्रपति श्री राजेन्द्र प्रसादद्वारा गरिएको थियो। अन्य अलंकरणकै समान यस सम्मानलाई पनि नामको साथ पदवीको रूपमा लिइंदैन। प्रारम्भमा यस सम्मानला मरणोपरांत दिने प्रावधान थिएन, यो प्रावधान सन् १९५५ मा जोडिएको हो । त्यस पश्चात अहिले सम्मको सम्मानमा १० व्यक्तिहरूलाई मरणोपरांत भारत रत्न प्रदान प्रदान गरिएको छ ।

अन्य प्रतिष्ठित पुरस्कारहरूमा पद्म विभूषण, पद्म भूषण र पद्मश्रीको नाम लिन सकिन्छ।

मनुस्मृति

मनुस्मृति वा मानव-धर्म-शास्त्र वा मनुसंहिता लाई प्राचीनतम स्मृति एवं प्रमाणभूत शास्त्र रूपमा मान्यता प्राप्त छ। धर्मशास्त्रीय ग्रन्थकारहरूका अतिरिक्त शंकराचार्य शबरस्वामी जस्ता दार्शनिक पनि प्रमाणरूपले यस ग्रन्थलाई उद्धृत गर्दछन्। परम्परानुसार यो स्मृति स्वायंभुव मनुद्वारा रचना गरिएको बताइन्छ, वैवस्वत मनु अथवा प्राचनेस मनुद्वारा रचिएको होइन। मनुस्मृतिबाट यो पनि थाह लाग्छ कि स्वायंभुव मनुका मूलशास्त्रको आश्रय गरेर भृगुले स्मृतिलाई नयाँ रूप दिए, जो प्रचलित मनुस्मृतिको नामले प्रसिद्ध छ। यो भार्गवीया मनुस्मृति जस्तै नारदीया मनुस्मृति पनि प्रचलित छ।

मनुस्मृतिमा कल्याणकारी राज्य संचालनका नीतिहरू उल्लेख छन् । यसमा राजकीय समृद्धिको आधारका रूपमा कोषको संचालन, सुरक्षा, किफायतपूर्ण उपयोग र सार्वजनिक कल्याणका कामहरूको विवरण प्रस्तुत गरिएको छ । काङ्लेका अनुसार कौटिलीय अर्थशास्त्रमा मानवाः भनी उल्लेख गरेको र महाभारतमा प्रचेतस मनु भनिएको व्यक्ति एउटै हो तर स्वायम्भू मनु जसलाई मनुस्मृतिको रचनाकार पनि मानिन्छ त्यो अर्कै व्यक्ति हो । प्रचेतस मनुको रचना लोप भइसकेको अनुमान पनि उनको छ । रङ्गराजनले काङ्लेका यस विचारको अनुमोदन गरेका छन् । धम्मपद्, कौटिलीय अर्थशास्त्र र वाल्मीकि रामायणमा मनुस्मृतिका श्लोकहरू उदधृत गरिएका छन् ।

मनुस्मृति त्यो धर्मशास्त्र हो जसको मान्यता जगविख्यात छ। हिन्दूहरू धर्मशास्त्रको रूपमा मनुस्मृतिलाई विश्वको अमूल्य निधि मान्दछन्। भारतमा वेदहरूका उपरान्त सर्वाधिक मान्यता र प्रचलन ‘मनुस्मृति’को नैं हुन्छ। यसमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद-विवादहरू, सेनाको प्रबन्ध आदि सबै विषयहरूमा परामर्श दिएकोछ जो कि मानव मात्रको जीवनमा घटित हुन सम्भव छ यो सबै धर्म-व्यवस्था वेदमा आधारित छ। मनु महाराजको जीवन र उनको रचनाकालका विषयमा इतिहास-पुराणहरू स्पष्ट छैनन्। तथापि सबै एक स्वरले स्वीकार गर्दछन् कि मनु आदिपुरुष थिए र उनको यो शास्त्र आदिःशास्त्र हो। मनुका समस्त मान्यताहरू सत्य हुनुका साथ-साथ देश, काल तथा जाति बन्धनले रहित भएको कुरा हिन्दू धर्मका पण्डितहरू बताउँदछन्।

महाकाव्यकार माघ

संस्कृत भाषाका श्रेष्ठ कविहरूमा महाकाव्यकार 'माघ'काे नाम प्रतिष्ठापित भएकाे छ । उनकाे समय लगभग ६७५ ई. निर्धारित गरिएकाे पाइन्छ । उनकाे सुप्रसिद्ध रचना ‘शिशुपालवध’ नामक महाकाव्य हाे । यसकाे कथा पनि किरातार्जुनीयम्झैं महाभारतबाट लिइएकाे छ । यस ग्रन्थमा युधिष्ठिरद्वारा गरिएकाे राजसूय यज्ञका बेला कृष्णद्वारा चेदि नरेश शिशुपालकाे वध गरेका कथाकाे काव्यात्मक वर्णन गरिएकाे छ । माघ कवि वैष्णव मतानुयायी भएकाले इनकाे इच्छा पनि अफ्नाे वैष्णव सम्प्रदायलार्इ काव्यका माध्यमबाट शैव मतावलम्बी महाकाव्यकार भारविभन्दा अग्रगण्य हुनु थियाे । यसका लागि उनले धेरै प्रयत्न पनि गरेकाे पाइन्छ । उनले अाफ्ना ग्रन्थकाे रचना किरातार्जुनीयम्काे पद्धति अनुसार गरेका छन् । भारविले जस्तै उनले पनि 'शिशुपालवध'काे आरम्भ ‘श्री’ शब्दबाट नै गरेका छन् ।

योग

धार्मिक बिश्वास अनुसार भगवान शिव् द्वारा अनुसरण् गरिएको पद्धति| योग शब्दको सामान्य अर्थ सम्बन्ध हो । तर महषिर् पतञ्जलीको सिद्धान्तनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । महषिर् पतञ्जलीका अनुसार योगश्चितवृत्तिनिरोध अर्थात् योगलेचित्तवृत्तिको निरोध गर्दछ । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उतपत्ति र लय भइरहेको हुन्छ ।योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ । योगको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृम, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो योग ।केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन् संक्षपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ । एक विद्वान्काअनुसार योगको वास्तविक अर्थ हो, जोड्नु, मिल्नु वा एकाकार हुनु, यहाँ पुनः अर्को शब्दमा जीवात्मा र परमात्माको एकाकारको अवस्थानै योग हो भनेका छन् ।

श्री मदभगवत्गीतामा मुख्य तीन प्रकारका योगलाई मानिसको जीवनमा उतारिएको पाइन्छ ।

कर्मयोग,

ज्ञानयोग र

भक्तियोगयसरी गीताले कसैले भक्तिपूर्वक गरेको कर्मलाई कर्मयोग भनिएको छ । कर्मयोगमा सर्वप्रथम काम त्याग्नु भनिएको पाइन्छ । यसरी गीताले शिक्षाद्वारा आफ्नो सम्पूर्ण जनतामा ज्ञानको प्रकाश फैलाएर उनीहरूलाई कामरूपी भवबन्धनबाट बचाउनु भनिएको पाइन्छ ।यसरी नै भक्तियोगको विषयमा गीता भन्दछ कि यदि कोही व्यक्ति भगवान्को सान्निध्य चाहिन्छ भने उसले भगवानको भक्ति गर्नुपर्दछ । यदि कोही योगीमध्ये जसले आफ्नो अन्तःकरणमा निरन्तर भगवानको चिन्तन गर्छन् उही योगी परमसिद्ध भनिन्छन् ।

पतांजलि का अनुसार् 'अष्टांग योग"("आठ-अंगित योग" वा आठ अङ्ग) देहाय बमोजिम छन|

१.यमा (पांच "परिहार"): अहिंसा, सत्य बोली(झूठ नबोल्नु),गैर लोभ, गैर विषयासक्ति, र् गैर स्वामिगत

२.नियमा (पांच "धार्मिक क्रिया"): पवित्रता, सन्तुष्टि, तपस्या, अध्ययन, र भगवानको आत्मसमर्पण

३.आसन : अर्थ "बस्ने आसन", र पतांजलि सूत्रमा ध्यानको मतलब स्थिर स्थिति.

४.प्राणायामा ("सांसको स्थगित गर्नु"): प्राणा ,सांस, "अयामा ",को नियन्त्रित गर्नु . साथ नैं जीवन शक्तिको नियन्त्रण करने की व्याख्या गरियो है।

५.प्रत्यहारा ("अमूर्त"):वाहृय वस्तु द्वारा भावना अङ्गको प्रत्याहार.

६.धारणा ("एकाग्रता"): एक चित्त

७.ध्याना:गहन चिंतन.

८.समाधि("विमुक्ति"):ध्यान कोवस्तुको चैतन्यको साथ विलय

योग आसनयोगको ८४ आसन भगवान शिव् वाट संसारीक जीवलाई प्राप्त भयेको विश्वास गरिएको छ ।

विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइने भएको हो्।

विकिपिडिया समुदाय

विकिपिडिया समुदाय अनलाइन विश्वकोश विकिपिडियामा योगदानकर्ताहरूको समुदाय हो। व्यक्तिगत योगदानकर्ताहरुलाई "विकिपिडियन" भनिन्छ। अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशले अगस्त २०१० मा आफ्नो शब्दकोशमा विकिपिडिया शब्द समावेस गरेको हो।लाखौँको सङ्ख्यामा स्वयंसेवक विकिपिडियनहरू रहेका छन्। विकिपिडियाको लेखहरूको वृद्धि विकासको लागि विकिपिडियामा सम्पादन गर्न विकिपिडियनहरूले जिम्मेवारी लिएका छन्।

शब्दकोश

शब्दकोश एउटा ठूलो सूची या यस्तो ग्रन्थ हो जहाँ कुनैपनि शब्दको वर्तनी (चिन्ह या प्रतीक), त्यस्को व्युत्पत्ति, व्याकरणनिर्देश, अर्थ, परिभाषा, प्रयोग र पदार्थ आदिको सन्निवेश हुन्छ । शब्दकोश एकभाषिय तथा द्विभाषिय तथा बहुलभाषिल हुनसक्छ । अधिकतर शब्दकोश मा शब्दको उच्चारणको लागि पनि व्यवस्था गरिएको हुन्छ , जस्तै अन्तर्राष्ट्रीय ध्वन्यात्मक लिपि मा, देवनागरी या अडियो को रुपमा । कुनै शब्दकोश मा चित्रको पनि साहारा लिने गरिन्छ । अलग अलग कार्यक्षेत्रका लागि अलग अलग शब्दकोश हुनसक्छन् जस्तै ः– विज्ञान शब्दकोश, चिकित्सा शब्दकोश, कानूनी शब्दकोश, गणीत शब्दकोश इत्यादि ।

सभ्यता र संस्कृतिको उदयसमयमा नै मानिसले ज्ञान प्राप्त गरिसकेको थियो कि भाव को सही सम्प्रेषणको लागि सही अभिव्यक्ति आवश्यक छ । सही अभिव्यक्तिको लागि सही शब्दचयन को आवश्यक छ । शब्दचयन का लागि शब्दसंकलन को आवश्यकता छ । शब्द र भाषाको मानकिकरण को आवश्यकता देखेर आरम्भिक लिपिको उदय पूवै नै मान्छेले लेखाजोखागर्न सुरु गरिसकेको थियो । यसकै लागि कोश बनाउन सुरु गर्यो । कोशमा शब्दहरुलाई एकत्रित गरिन्छ ।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.