भौगोलिक निर्देशाङ्क प्रणाली

भौगोलिक निर्देशांक प्रणाली संख्या वा अक्षरको प्रयोग गरेर पृथ्वीमा हरेक स्थान निर्दिष्ट गर्न सकिने एक निर्देशांक प्रणाली हो । यसमा दुई वा तीन संख्याको प्रतिनिधित्व हुने गर्दछ । जसमा एक ठाडो अवस्थिति, उँचाइ र तेर्सो स्थिति प्रतिनिधित्व गर्दछन्। निर्देशांकहरु साधारण रुपमा देशान्तर, अक्षांश , उचाई भनिन्छन्।[१]

सन्दर्भ

  1. A Guide to coordinate systems in Great Britain v1.7 October 2007 D00659 accessed 14.4.2008
अछाम जिल्ला

अछाम नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने सेती अञ्चलमा रहेको एक पहाडी जिल्ला हो। १६८० वर्ग किलोमिटरसम्म फैलिएको अछाम, नेपालका दुर्गम जिल्लाहरू मध्ये एक हो । नयाँ नेपालको पुनसंरचना अनुसार यो जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा पर्दछ । अछाम जिल्लाको सदरमुकाम मंगलसेन हो । हाल सेवामा नरहेको साँफेबगर विमानस्थल, सदरमुकाम मंगलसेनबाट आठ घण्टा पैदल दुरीमा पर्दछ । भौगोलिक हिसाबले विकट रहेको अछाम जिल्ला पर्यटकीय स्थल र प्राकृतिक सम्पदाहरूले भरिपूर्ण छ । रामारोशन क्षेत्र, खप्तड क्षेत्र, बरदा देवि मन्दिर, वैजनाथ मन्दिर, दर्ना दरवार, मंगलसेन दरबार, विनायकका पञ्च देवलहरू, दर्नाका देवलहरू, बान्नीगढी, जैगढ, बयलपाटा आदि यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्व बोकेका स्थानहरू हुन् । नेपालको संविधान २०७२ अनुसार नेपालको पुनसंरचना गर्ने क्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णयानुसार यस जिल्लालाई ४ नगरपालिका, ६ वटा गाउँपालिका तथा २ संसदीय निर्वाचन क्षेत्रहरूमा विभाजन गरिएको छ । रत्यौली, भुवा, न्याउले, पुतला, देउडा गीत, हुड्केली आदि यहाँका मुख्य सांस्कृतिक परम्पराहरू हुन् । आफ्नै रितिरिवाज र चालचलनमा रमाउने अछामका जनताहरू अछामी भाषाको प्रयोग गर्दछन् । यस क्षेत्रका वासिन्दाहरूको मुख्य व्यवसाय कृषि तथा पशुपालन हो भने वैदेशिक रोजगारको लागि छिमेकी मुलुक भारत तथा अन्य मुलुकमा पनि जाने गर्दछन् । अछाम जिल्ला कतिपय जात जातिको उद्गम स्थल पनि रहेको छ । जस्तै:- चाल्सा बाट चालिसे, ढाँकुबाट ढकाल, टिमिलसैनबाट तिम्सिना, घोडासैनबाट घोडासैनी, बाटुलासैननाट बटाला, धमालीबाट धमाला आदि जात जातिहरूको उद्गम स्थलको रूपमा समेत परिचित अछाम जिल्लाको ऐतिहासिक महत्व पनि निकै बलियो रहेको छ ।

फिलाडेल्फिया विद्यालय जिल्ला

फिलाडेल्फिया विद्यालय जिल्ला फिलाडेल्फिया, पेन्सिलभानियामा रहेको एक विद्यालय क्षेत्र हो । जसमा फिलाडेल्फिया सहरमा सन् १८१८मा स्थापित सबै सार्वजनिक विद्यालयहरू रहेका छन् , यो अमेरिकाकै १८औँ ठुलो विद्यालय क्षेत्र हो ।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.