भू-क्षय

भु-क्षय प्राकृतिक कारणबाट जमिनको माटो खिइदै एक ठाँउबाट अर्को ठाउमा बगेर जाने प्रक्रिया हो। नेपालको भिरालो धरातलिय स्वरुप र कमजोर माटोले गर्दा यहाँ धेरैनै भु-क्षय हुने गरेको छ। नेपालमा भु-क्षयका कारण वर्षेनी २४ करोड घनमिटर माटो बगेर बङ्गालको खाडीमा पुगी न्युमुरे नामको टापु बन्दै गएको छ।

भु-क्षयका कारणहरू

  • सामुन्द्रिक गतिविधिद्वारा कटान
  • चून प्रदेशमा चून पग्लेर जानु
अलैंची

अलैँची Amomum subulatum Roxb. पहाडी भेगमा पाइने एक वनस्पति हो । वनस्पति जगतको Zingiberaceae परिवार अन्तर्गत पर्ने अलैंची (Black cardamon) एक अत्यन्तै उपयोगी बहुवर्षिय पोथ्रा Perennial Herb हो । यो प्राकृतिक रूपमा दक्षिण भारतको आर्द्र, सदाबहार जंङ्गल क्षेत्रमा प्रशस्त पाइन्छ । नेपाल बाहेक भुटान, श्रीलङ्का, मलेशिया र चिनमा पनि यसको खेती गरिन्छ भने विभिन्न प्रजातीका अलैंचीहरू इण्डोचिन उत्तरपूर्वी भारत तथा पूर्वी र पश्चिमी अफ्रिकामा पनि पाइन्छन् । नेपाल, भारत र भुटान विश्वका अत्याधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुकमा पर्दछन् । यो मसला तथा घरेलु औषधिको रूपमा प्रयोग गरिन्छ । यो वनस्पति कुनै पनि भिरालो परेको जमीन या अग्ला अग्ला रुख भएको ठाउँमा पनि खेति गर्न सकिन्छ । यस कारण यो वनस्पति खेर गएको

जमीनमा सहि सदुपयोग गर्न सकिन्छ साथै जमीनलाई भू-क्षय हुनबाट पनि बचाउन सकिन्छ ।

कालीकोट जिल्ला

कालीकोट नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको एउटा जिल्ला हो । यो जिल्ला कर्णाली अञ्चलमा पर्दछ । यहाँको मुख्य पेशा कृषि हो । यहाँको सरदर आयु ४० वर्ष छ ।

वि.स. २०१८ साल अघि अहिलेको कालिकोट जिल्ला राणा कालिन बैधानिक कानुन २००४ अनुसार ३२ जिल्ला अन्तर्गतको जुम्ला जिल्लामा पर्दथ्यो । बि.सं. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएपछि कर्णाली अञ्चलका ५ जिल्ला मध्ये तिब्रीकोटको रूपमा यस जिल्लाको नाम रहन गयो । यस जिल्लालाई कालीकोट भनी २०३२/८/२६ गते नामाकरण गरीएको हो । यस अघि यस जिल्लालाई तिब्रीकोट भनिन्थ्यो । त्यसैले यस जिल्लालाई "नेपालको कान्छो" जिल्ला भनिन्छ ।

बि.सं. २०४० मा जिल्ला सदरमुकाम मान्मबाट माथी लेकको चुचुरो खांडाचक्रमा सारियो । भुरे टाकुरे मल्ल वंशका अन्तिम राजा मलैब्रम्हको दरवार सामरिक हिसावले महत्वपूर्ण यही खांडाचक्रमा थियो भन्ने गरिन्छ जहाँ पुरानो दरवारको भत्केको जगको भग्नावशेष हाल पनि देख्न सकिन्छ । यस जिल्लाको कूल क्षेत्रफल १७४१ वर्ग कि.मी अर्थात १,७८,०३० हेक्टर रहेको छ। यो जिल्ला २९०' ५" उत्तर देखि २९.०२८ उत्तर आक्षांस र ८१०' २८" पूर्व देखि ८२०' ०२" पूर्व देशान्तरमा पर्दछ। जिल्लाको कुल जनसङ्ख्या १,३०,३५६ र घरपरिवार संख्या २१,१७९ रहेको छ। जसमा महिला ६५,८३० र पुरुषको ६४,५२६ देखिन्छ भने औसत परिवार संख्या ६.२६ , जनघनत्व ५९ व.कि.मी रहेको छ। ३० वटा गाविस रहेको यस जिल्लामा ९ वटा इलाकाहरू छन् भने एक मात्र निर्वाचन क्षेत्र रहेको छ। यस जिल्लाको पूर्वमा जुम्ला, पश्चिममा अछाम, उत्तरमा बाजुरा र मुगु तथा दक्षिणमा दैलेख र जाजरकोट जिल्ला पर्दछन् । जिल्लाको नामाकरण सन्दर्भमा विभिन्न भनाई भएतापनि कालीकोट जिल्लाको मुग्राहा गाविसको कालीका गाँउमा अवस्थित रहेको कालीदेवीको मन्दिर (माडु) बाट नै यस जिल्लाको नाम कालीकोट रहन गएको हो भन्ने जनधारणा रहेको पाइन्छ । समशीतोष्ण हावापानी भएको यस जिल्लामा गर्मीयाममा अधिकतम तापक्रम १८.६०० से. सम्म र जाडो याममा न्यूनतम तापक्रम ५.६०० से. सम्म पुगेको पाइन्छ । यस जिल्लामा औषत ७३० मिली लिटर वार्षिक वर्षा हुने गरेको छ । समुद्री सतहबाट ७३८ मिटर देखि ४,७९० मिटर उँचाई रहेको छ ।

जल उत्पन्न प्रकोप नियन्त्रण विभाग

जल उत्पन्न प्रकोप नियन्त्रण विभाग एक सार्वजनिक निकाय हो जसले प्रत्येक वर्ष भइरहने विषम मनसुनी वर्षा प्रणाली, हिमनदी विष्फोटन, नाजुक आर्थिक अवस्थामा, जनचेतनाको कमी आदि कारणहरूले गर्दा हुने भू–क्षय, बाढी, पहिरो, नदी कटान, गेग्रान वहाव आदि जस्ता विभिन्न जल उत्पन्न प्रकोपहरू र यी प्रकोपहरूको कारणबाट विभिन्न भौतिक संरचना जस्तै, सडक, नहर, जल विद्युत, आवास, खानेपानी आदि संरचनाहरूको क्षति लगायत कृषियोग्य भूमिको नास,सांस्कृतिक सम्पदाको विनास, जनधनको क्षति जस्ता प्रकोपहरूको व्यवस्थापन र समग्र देशको सामाजिक, आर्थिक विकासमा यी प्रकोपकाकारण परेका नकारात्मक प्रभावहरू न्युनिकरणमा कार्य गर्दछ । यस्ता प्रकोपहरूको न्यूनिकरणको लागि जलस्रोत मन्त्रालय अन्तर्गत नेपाल सरकारका सम्वन्धित निकायहरूको सहभागिता तथा जापान सरकारको तर्फबाट जापान अन्तराष्ट्रिय सहयोग नियोगहरूको सहयोगमा २०४८ सालबाट ललितपुरमा जल उत्पन्न प्रकोप नियन्त्रण प्रविधि केन्द्रको रूपमा स्थापना भएको थियो । विभिन्न कार्यक्रमहरू गरेकोमा यसै केन्द्रलाई त्यसको उद्देश्य तथा उपलब्धिहरूलाई संस्थागत गर्न २०५६ माघ २४ गते जलउत्पन्न प्रकोप नियन्त्रण विभागको स्थापना भएको हो। तत्पश्चात नेपाल सरकारको मिति २०५८।१०।११को निर्णयानुसार जल उत्पन्न प्रकोपहरूलाई जलस्रोत मन्त्रालय अन्तर्गत एउटै निकायबाट हेर्ने व्यवस्था गर्ने हेतुले साविकमा सिंचाई विभागको नदी नियन्त्रण महाशाखाबाट सम्पादन भई आएको नदी नियन्त्रण सम्वन्ध कार्यहरूलाई यस विभागमा समाहित गरियो।यस विभागको सांगठनिक ढाँचा पुनरावलोकन गरी हाल विभिन्न जिल्लाहरूमा डिभिजन तथा सव डिभिजन कार्यालयहरू स्थापना भइ जल उत्पन्न प्रकोप न्यूनीकरण कार्यहरू नियमित रूपमा संचालन गरिएका छन् ।

जलवायु परिवर्तन

जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो। पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ। पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ ।

पछिल्लो २०० वर्ष म मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुँदै छ। हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरू पर्दछन्।

जलवायु परिवर्तन लामो समयको जलवायु सम्बन्धि तथ्याङ्कको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो। जस अनुसार बेला बेलामा मौसममा आउने उतार चढावलाई वातावरणीय परिवर्तन मान्न सकिन्न।

सन् १९६०को दशकपछि पृथ्वीमा भएको द्रूत औद्योगिक विकास तथा जनसङ्ख्या बृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकहरू बताउँछन्। मूलतया जीवावशीष इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्यासका साथै वनजङ्गलको विनास भै त्यस्तो ग्यास अवशोषण गर्ने "सिङक"को कमीले भूमण्डलीय तापक्रम बढेको अनुमान गरिन्छ। कोइला, खनिज तेल र ग्यासजस्ता वस्तुको बढ्दो दहनले वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पुग्दछ। जङ्गल फँडानी र भू-क्षयीकरणले पनि वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पठाउँछ र खेतीपातीदेखि चिस्यान प्रविधि (रेफ्रिजेरेसन) का गतिविधिबाट हरितगृह ग्याससमेत सिर्जना भइरहेका हुन्छन्। पृथ्वीमा जलवायु परिवर्तनका कारणले सन् १९०६ देखि २००५ सम्ममा औसत तापक्रम ०.७४ डिग्री सेल्सियसले बढेको छ। त्यस्तै सन् १९६१ र २००३ का बीचमा समुद्रसतहमा प्रतिवर्ष १.८ मिलिमिटरले बृद्धि भएको छ र जलवायुमा आएको यस्तो अस्वाभाविक परिवर्तनका कारण सामाजिक, आर्थिक, पर्यावरणीय र विकासका संरचनामा नकारात्मक असर पुगेको कुरा विभिन्न तथ्याङ्क र प्रमाणले पुष्टि गरेका छन्।

विश्वव्यापीरूपमा बढेको यस समस्याका लागि विश्वका औद्योगिक तथा धनी राष्ट्र जिम्मेवार रहेको यथार्थ विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरिसकेका छन्। हरितगृह ग्यासको प्रमुख कारकको रूपमा देखिएको कार्बन डाइअक्साइडको उत्सर्जन नै विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको कारक मानिएको छ। धनी र औद्योगिक मुलुकले कार्बन डाइअक्साइड अत्यधिक उत्सर्जन गरे पनि नेपाल जस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकहरूले यसलाई खप्नसक्ने हैसियत प्राप्त गर्न अझै बढी कठिनाइ भोग्नु परिरहेको छ।

झापा जिल्ला

झापा जिल्ला ( उच्चारण ; अङ्ग्रेजी Jhapa District) नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ८१,२६५० रहेको छ । यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार रहेको छ। उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला रहेका छन् । यस जिल्लामा ३३ गाउँ विकास समितिहरू, ८ नगरपालिकाहरू, ७ संसदीय निर्वाचन क्षेत्रहरू, १७ इलाकाहरू, एवं १९३४ वस्तीहरू रहेका छन्। मानव विकास समग्र सूचकाङ्कमा तेस्रो स्थानमा रहेको यस जिल्लाको सदरमुकाम चन्द्रगढी हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा होचो भू-भाग केचनाकवल -५८ मी. र नेपालको सबभन्दा लामो पक्की पुल कन्काई (७०२ मी.) पनि यसै जिल्लामा पर्दछ। देशको केन्द्रीय राजनीतिमा मुख्य भूमिका खेल्दै आएको झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्वपूर्ण जिल्ला हो। यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिका र काकरभिट्टा हुन् । यस जिल्लाका प्रसिद्ध पर्यटकीय एवं तीर्थस्थलहरूमा कन्काई धाम कोटीहोम, अर्जुनधारा,जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम, धनुषकोटी धामआदि पर्दछन् । झापाका प्रमुख नदी भनेर कनकाई नदी, बिरिङ नदी, रतुवा नदी मावा नदी, र मेची नदीलाई जानिन्छ ।

धनकुटा जिल्ला

धनकुटा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, कोशी अञ्चलमा अवस्थित पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम धनकुटा नगरपालिका पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो ।

विक्रम सम्बत २०१९ साल अघि विभिन्न नामले देशकै प्रशासनिक एकाईको रूपमा काम गर्दै आएको धनकुटा वि.सं. २०१९ साल बैशाख १ गते तात्कालिन राजा महेन्द्रको शासनकालमा धनकुटा जिल्ला भनी नामाकरण गरिएको हो । यस जिल्लाको पूर्वमा तेह्रथुम र पाँचथर जिल्ला, पश्चिममा भोजपुर र उदयपुर, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा मोरङ र सुनसरी जिल्ला रहेका छन् । यसरी चारैतिरबाट जिल्लाहरूले घेरिएको भए पनि धनकुटा जिल्लाको माथिका जिल्लाहरूसँगको सिमाना विभिन्न खोला र नदीहरूले छुट्टयाएका छन् । वि.सं. २०३२ सालमा तत्कालिन सुनसरी जिल्लाको आहाले गाविस यस जिल्लामा समाविष्ट भइसकेपछि ८९१ वर्ग किलोमिटर क्षेत्रफलमा विस्तृत हुन पुगेको धनकुटा जिल्ला हाल ३५ गाविसहरू, एक नगरपालिका, ११ इलाका तथा दुई निर्वाचन क्षेत्रमा विभक्त रहेको छ।

रुपन्देही जिल्ला

रूपन्देही जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलका ६ जिल्लाहरू मध्ये तराईमा पर्ने एक जिल्ला हो। यस जिल्लाको पूर्वमा नवलपरासी जिल्ला, पश्चिममा कपिलवस्तु जिल्ला, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। गौतम बुद्धको पवित्र जन्मस्थलको रूपमा विश्वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एंव पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण मानिन्छ।

वन तथा भू-संरक्षण मन्त्रालय, नेपाल

वन तथा भू-संरक्षण मन्त्रालय नेपाल सरकारको वन तथा वन पैदावरको संरक्षम, उपयोग तथा व्यवस्थापन कार्यगर्ने सर्वोच्च कार्यालय हो। वनक्षेत्रको संरक्षण, सम्बर्धन तथा समुचित सदुपयोगबाट देशको आर्थिक, सामाजिकविकास गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन एवम् पिछडिएको समुदाय तथा महिलाहरू समेतको जीविकोपार्जनका अवसरहरू बढाउने उद्देश्य सहित यसको स्थापना भएको हो।

हुम्ला जिल्ला

हुम्ला नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलमा रहेका पाँच जिल्लामध्ये एक अत्यन्तै दुर्गम हिमाली जिल्ला हो । शाके सन १३९३ मा मेदनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्ना ज्वाँई बलिराज शाहीलाई दिएका थिए । यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे । बहादुर शाहको कालमा वि सं. १८४६ मा जुम्लालाई गोर्खाली फौंजले विजय गरेपछि जुम्ला शासित थियो । भक्ति थापाको नेतृत्वमा आएको फौंजले यो विद्रोह दवाउनुका साथै तिब्बत सम्मको भू-भागलाई नेपालको प्रशासकीय क्षेत्रको रूपमा मिलाएका थिए । तिब्बतको ताक्लाकोटबाट उत्तर पश्चिममा अत्यधिक रूपमा बसेका नेपालीहरूको स्थितिबाट पनि भक्ति थापाले तिब्बतका अरु भागहरू नेपालमा मिलाएका थिए भन्ने स्पष्ट हुन्छ । वि. सं. २०१८ सालमा भएको नेपालको राजनीतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रूपमा स्थापित हुन पुग्यो ।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.