भाषा

मानव मानवबीच भावना वा विचार सम्वेदना गर्ने माध्यम भाषा हो। भाषा यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरूलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरूको उपयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन। प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि लिपिहरूको सहायता लिनु पर्छ। भाषा र लिपि, भाव व्यक्तीकरणको लागि दुई विभिन्न माध्यम हुन। कुनै एउटा भाषालाई कयौँ लिपिहरूमा लेख्न सकिन्छ, र दुई वा त्यो भन्दा बढी भाषाहरूलाई एउटै लिपिमा लेख्न सकिन्छ। उदाहरणार्थ पञ्जाबी, गुरूमुखी तथा शाहमुखी दुबै भाषाहरूमा लेखिन्छन् जबकि नेपाली, मराठी, संस्कृत, हिन्दी आदी सबै देवनागरीमा लेखिन्छ।

UNOOSA 50 Years of Women in Space NHM Vienna 2013 06 Janet L Kavandi
भाषा

परिचय

भाषा बिना मनुष्य सर्वथा अपूर्ण छ र आफ्नो इतिहास तथा परम्परा देखि विच्छिन्न छ।

सामान्यतः भाषालाई वैचारिक आदान-प्रदानको माध्यम भन्न सकिन्छ। भाषा-वैज्ञानिकहरूको अनुसार ‘‘भाषा वा दृच्छिक वाचिक ध्वनि-संकेतहरूको यस्तो पद्धति हो, जस द्वारा मानव परम्परा विचारहरूलाई आदान-प्रदान गर्छ।’’[१] स्पष्ट यस कथनमा भाषाको लागि चार कुराहरूमा ध्यान दिईयेको छ-

(१) भाषा एक पद्धति हो, अर्थात एक सुसम्बद्ध र सुव्यवस्थित योजना या संघटन हो, जसमा कर्ता, कर्म, क्रिया, आदि व्यवस्थिति रूपमा आउन सक्छन।

(२) भाषा संकेतात्कम छ अर्थात् यसमा जुन ध्वनिहरू उच्चारित हुन्छ, ती कुनै वस्तु वा कार्य सित सम्बन्ध हुन्छ। यि ध्वनिहरू संकेतात्मक वा प्रतीकात्मक हुन्छन्।

(३) भाषा वाचिक ध्वनि-संकेत हुन, अर्थात् मनुष्य आफ्नो वागिन्द्रियको मद्दत बाट संकेतहरूको उच्चारण गर्छन, ती नै भाषा अंतर्गत आउदछन।

(४) भाषा यादृच्छिक संकेत (choice Of freedom) हो। यादृच्छिकको तात्पर्य हो - ऐच्छिक, अर्थात् कुनै पनि विशेष ध्वनिको कुनै विशेष अर्थ बाट मौलिक अथवा दार्शनिक सम्बन्ध हुँदैन। प्रत्येक भाषामा कुनै विशेष ध्वनिलाई कुनै विशेष अर्थको वाचक ‘मानिन्छ’। फेरी त्यो त्यही अर्थको लागि रूढ भई हाल्छ। अर्थात त्यो परम्परानुसार त्यही अर्थको वाचक भई हाल्छ। दोस्रो भाषामा ती अर्थको वाचक कुनै अरु हुन्छ।

हेर्नु होस

सन्दर्भ

  1. A language is a system of arbitrary vocal symbols by means of which a social group co-operates. - Outlines of linguistic analysis ,b. Block and G.L. Trager, page 5.
अङ्ग्रेजी भाषा

अङ्ग्रेजी एक पश्चिमी जगतमा प्रख्यात भाषा हो। सुरुमा, केवल इङ्ल्यान्डमा मात्र बोलिने यो भाषा बेलायती साम्राज्य सँगसगै बिश्वब्यापीकरण भएको हो । यस भाषामा जम्मा छब्बिस अक्षर हुन्छन् । बेलायत, संयुक्त राज्य अमेरिका, क्यानाडा, दक्षिण अफ्रिका, अष्ट्रेलिया, भारत, न्यू जील्याण्ड जस्ता देशहरुमा अङ्ग्रेजी भाषा धेरै बोलिने मुख्य भाषा हो। यो विश्वकै सबैभन्दा धेरै स्थानमा बोलिने भाषा हो। अङ्ग्रेजी भाषालाई विश्वका विभिन्न देशमा अन्तराष्ट्रिय भाषाको रुपमा पनि बोलिन्छ ।

उपन्यास

उपन्यास साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये याे नवीन तथा सशक्त विधा हाे । उपन्यास शब्दकाे व्युत्पत्ति उप+नि+अस+अ बाट भएकाे मानिन्छ । यसकाे अर्थ हुन्छ नजिक राख्नु । अङ्ग्रेजीमा उपन्यासलार्इ novel भनिन्छ ।

संस्कृत शब्दकाे याेगबाट उपन्यास शब्दकाे व्युत्पत्ति भएकाे मानिए तापनि पूर्वीय साहित्यमा उपन्यास लेखिएकाे पाउन सकिंदैन ।

काग

काग कालो रङ्गको एक चराको नाम हो। यसलाई हिन्दी भाषा, तथा नेपालको तराई प्रदेशका भाषाहरू कौवा भनिन्छ। कागलाई संस्कृतमा काक भनिन्छ। तिहारमा (यम पञ्चकमा) पहिलो दिन कागको पूजा हुन्छ। कागलाई सबै चराहरूको बिचमा चतुर र चलाख पंक्षी मानिन्छ। ज्योतिष शास्त्रका अनुसार कागलाई पूर्व सूचना दिने पंक्षीका साथै एक सन्देश वाहक पंक्षी पनि मानिएको छ। कागहरू धेरै प्रजातीका हुन्छन्। हाम्रो मुलुकमा दुई थरिका कागहरू प्राय: भेटिएका छन्, काले काग र माले काग। भनिन्छ कागको एउटा आँखा मात्र हुन्छ। यो सत्य पनि हो कागको आँखा दुईटा भए पनि एउटा आँखाले मात्र काम गरेको हुन्छ। हिन्दू मान्यताका अनुसार कागलाई बिभिन्न तान्त्रीक तथा ज्योतिष प्रयोगमा ल्याइन्छ। कागको माशु खाइदैन कुनै रोगीहरूले कागको आलो रगत र कलेजो खाएमा रोग निको हुने विश्वासका साथ कागको रगत र कलेजो खान्छन्।साथै कागहरु नेपाल लगायत का थुप्रै देशहरुमा पाईन्छन। कतिपय ठाउँमा एदी कसैलाई चलाख र चतुर भन्नु पर्यो भने 'कस्तो काग रैछ' पनि भनिन्छ।

गरिमा मासिक पत्रिका

गरिमा नेपाली भाषाको साहित्यिक पत्रिका हो । यो वि.सं. २०३९ साल पुस महिनादेखि साझा प्रकाशनबाट गरिमा नियमित रूपमा प्रकाशित भइरहेको छ ।

गरिमामा विविध विधाका स्तरीय साहित्य र संस्कृति, कला, ज्ञानविज्ञान, इतिहास र अन्य विषयका विविध रोचक लेखहरू छापिन्छन् ।

साथै शब्दज्ञान, विचारदीप, मनोविज्ञान, रोचक पृष्ठ, विश्वसाहित्य, सम्प्रेषण आदि विविध स्तम्भहरू छन् ।

ग्रेस एफएम

ग्रेस एफएम एक नेपाली एफ एम च्यानल हो। यस एफ एम च्यानलको प्रसारण केन्द्र भक्तपुर जिल्लाको सुर्यविनायकमा रहेको छ । यो रेडियो १०७.६ मेगाहर्जमा भक्तपुर र भक्तपुर जिल्लाका आसपासका बिभिन्न जिल्लामा प्रत्यक्ष र इन्टरनेटको मध्यमबाट देश तथा बिदेशमा सुन्न सकिन्छ।

तित्रा

तित्रा फासिएनिडा परिवारमा पर्ने चराको एक प्रजाति हो । छिरबिरे रातो रङको यो चरा सानो हुन्छ। तित्राको मुखै वैरी भन्ने उखान प्रसिद्ध छ। यसको बोली 'तीनतारा चित्रिक' जस्तो सुनिन्छ। यसले १ पटक मा २४ वटासम्म फुल पार्छ । यसले खरमा मात्र गुँड बनाउँछ ।

नेपाल

नेपाल(आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल) एक दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ । नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको औसत लम्वाई ८८५ कि.मि. छ । उत्तरदेखि दक्षिणको चौडाई भने एकनासको छैन । पूर्वी भागभन्दा पश्चिमी भाग केही चौडा छ । त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ । यसमा अधिकतम चौडाई २४१ कि.मि. र न्यूनतम चौडाई १४५ कि.मि. रहेको छ । यसर्थ नेपालको औसत चौडाई १९३ कि.मि. रहेको छ । नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ । नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन् जुन विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो । यसबाहेक बौद्ध, मुस्लिम, किराॅत आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन् । एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ । यहाँ तराईका उष्ण फाँटदेखि चिसा हिमालयका शृंखला अवस्थित छन् । संसारका सबैभन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो । नेपालको प्रमुख सहर एवं राजधानी काठमाडौं हो । काठमाडौं, ललितपुर र भक्तपुर सहरहरूलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । अन्य प्रमुख सहरहरूमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पर्दछन् । नेपाल शब्दको उत्त्पत्ति बारेमा ठोस प्रमाण त उपलब्ध छैन, तर एक प्रसिद्ध विश्वास अनुसार मरिची ॠषि पुत्र 'ने' मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको हो ।

निरन्तर रूपमा राजा-रजौटाहरूको अधीनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको, अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. सं. २०४६ सालको आन्दोलन पश्चात् संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्‍यो । तर यस पश्चात् पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो । यो व्यवस्थामा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखि ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो । माओवादीहरूले राजनीतिको मूलाधारबाट अल्लगिएर भूमिगत रूपमा राजतन्त्र तथा मूलाधारका राजनीतिक दलहरूको विरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे, जसको कारण १३,००० भन्दा बढी मानिसहरूको ज्यान जान पुग्यो । यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२ मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेर प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले । सन् २००५ मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहण गरे। सन् २००६को लोकतान्त्रिक आन्दोलन (जनाअन्दोलन-२) पश्चात् राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६ मा भंग गरिएको संसद पूनर्स्थापित भयो । मे १८, २००६ मा आफूले पाएको सार्वभौमसत्ताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गर्‍यो तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्‍यो । अन्तरिम व्यवस्थापिका संसदले पहिले नै घोषणा गरिसकेको सङ्घीय लोकतान्त्रिक गणराज्य, संविधानसभाको पहिलो बैठकबाट मे २८, २००८ मा आधिकारिक रूपमा कार्यान्वयन भयो ।

नेपाली

नेपाली नेपाल देशका जनतालाई जनाउँने विशेषण हो। नेपाली राष्ट्रियता कानुन अनुसार पर्ने नेपालका नागरिकहरू नेपाली हुन् । नेपालको संविधान अनुसार नागरिक अधिकार प्राप्त गर्ने सबै मानिसहरू नेपाली नागरिक हुन्। नेपाली जातियता नभई राष्ट्रियता हो। नेपाल राष्ट्रप्रति निष्ठा राख्ने व्यक्तिहरूलाई सामान्य रूपमा नेपाली भनिन्छ। तर केही गैरनागरिक नेपाली (जस्तै अनाथ नागरिकताविहीन नेपाली), दोहोरो नागरिक, विदेशिएका नेपालीहरू, आदि पनि नेपाली संज्ञाभित्रै पर्छन् वा पर्न सक्छन् ।

नेपाली भाषा

नेपाली भाषा नेपालको सम्पर्क भाषा तथा भारत, भुटान र म्यानमारको केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो। यो भाषा भारोपेली भाषा परिवार समूहमा पर्दछ। यो भाषा नेपाल र भारतको आधिकारिक (सरकारी कामकाजको) भाषा पनि हो। नेपालका करिब आधा जनसङ्ख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन्। देवनागरी लिपिमा लेखिने यो भाषामा २ किसिमका वर्णमाला छन्। स्वरवर्णमा १२ र व्यञ्जनवर्णमा ३६ वटा वर्णहरू रहेका छन्। अक्षरको लेखन र उच्चारण एउटै हुने यो भाषा सिक्न निकै सजिलो भएका कारण यसको लोकप्रियता बढेको हो। नेपाली भाषा विभिन्न समयमा विभिन्न नामले चिनिन्थ्यो; जस्तैखस कुरा, पर्वते भाषा तथा गोर्खाली भाषा आदि। यी मध्ये खस कुरा सबैभन्दा पुरानो नाम हो। खस जातिहरूले बोल्ने भाषा भएको हुनाले यसलाई खस भाषा भनिएको हो। यो भाषा पश्चिम नेपालको कर्णाली क्षेत्रमा विकसित भएर पूर्वतर्फ फैलदै गएको हो। खस कुरा पश्चिम नेपालको मगर जातिले बोल्ने भाषा खाम कुरा सँगै विकसित भएर अगाडि बढेको मानिन्छ|

नेपाली भाषा बुलेटिन (पत्रिका)

नेपाली भाषा बुलेटिन (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य -द्वारा भएको छ। यो पत्रिकाको प्रकाशक वीरभद्र छात्र अध्ययन मण्डली हो। यसको प्रकाशन कलकतामा बुलेटिन अवधिमा हुन्छ। यसको पहिलो प्रति १९६१ई. ई.मा प्रकाशित भएको थियो।

बङ्गाली भाषा

बांग्ला भाषा (बंगला लिपिमा : বাংলা ভাষা / बाङ्ला), बङ्गलादेश र भारतका पश्चिम बङ्गाल र उत्तर-पूर्वी भारतका त्रिपुरा तथा असम राज्यहरूका केही प्रान्तहरूमा बोलीने एक प्रमुख भाषा हो । भाषाई परिवारको दृष्टिबाट यो हिन्द यूरोपीय भाषा परिवारको सदस्य हो । यस परिवारका अन्य प्रमुख भाषाहरूमा हिन्दी, नेपाली, पञ्जाबी, गुजराती, असमिया, उडिया, मैथिली इत्यादी भाषाहरू पर्छन् । बांग्ला बोल्ने मानिसहरूको सँख्या लगभग २३ करोड छ र यस हिसाबले यो विश्वको सातौँ ठूलो भाषा हो। यो भाषा बोल्नेहरू बङ्गलादेश र भारत बाहेक विश्वका अन्य धेरै देशहरूमा पनि फैलेका छन्।

रेडियो बाजुरा

रेडियो बाजुरा सेती अञ्चलको बाजुरा जिल्लामा अवस्थित छ।जय अवसर,जय विकास नारा बोकेको रेडियो बाजुरा पीसविनद्वारा सञ्चालित सामुदायिक रेडियो हौ।

रेडियो बेलौरी

उदयदेव मिडिया प्रा.लि. द्वारा सञ्चालित रेडियो बेलौरी १०५ मेगाहर्जमा प्रशारण हुने एफ एम रेडियो हो । यस रेडियोको प्रशरण केन्द्र कञ्चनपुर जिल्लाको

बेलौरी न.पा वडा नंवर ६ मा रहेको छ ।

रेडियो रामारोशन

रेडियो रामारोशन नेपालको एक सामुदायीक एफ.एम. रेडियो हो। यसको प्रशारण अछाम जिल्लाको मंगलसेन न.पा.को वडा नंवर ६ स्थित ठुलासैन (तत्कालीन जनलीवन्डाली गा.वि.स.) भन्ने स्थानबाट एफ.एम. बैण्ड ९२ मेगाहर्जमा भैरहेको छ। ५०० मेगावाट क्षमता भएको यो रेडियोको प्रसारण नेपालको अछाम जिल्लाका साथै मध्य तथा सुदूर पश्चिमका अधिकांस जिल्लाहरू जस्तै:- दैलेख, कालिकोट, सुर्खेत, बाजुरा, डोटी आदी जिल्लाहरूमा सुनिन्छ भने इन्टरनेटको माध्यमबाट संसार भरमा सुन्न सकिन्छ।[स्रोत नखुलेको] आफुलाई समुदायको साथी भनेर चिनाउने सामुदायीक रेडियो रामारोशले अछाम जिल्लाको प्रसिद्ध पर्टकिय स्थल रामारोशनको नामबाट वि.स. २०६४ साल पौष ३ गतेबाट आफ्नो प्रसारण आरम्भ गरेको थियो। सुदूर सञ्चार समाज, नेपालको स्वामित्वमा रहेको रेडियो रामारोशनले स्थानिय भाषा, संस्कृति, पर्यटनको जगेर्ना गरेर पिछडीएको समुदायलाई विकिसको मार्ग तर्फ लगाउने लक्ष राख्दै आएको छ। विभिन्न कार्यक्रम मार्फत यो रेडियोले आफ्ना श्रोताहरूलाई दैनिक १८ घण्टाको प्रसारण सेवा दिंदै आएको छ।[स्रोत नखुलेको]

विकिपिडिया

विकिपिडिया (अङ्ग्रेजी: Wikipedia) बहुभाषी वेबमा आधारित स्वतन्त्र र खुला ज्ञानकोश हो। विकिपिडिया शब्द विकि (wiki, धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) र ईन्साइक्लोपीडिया (encyclopedia) जोडिएर बनेको हो। विकिपिडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छन। यसका धेरैजसो लेखहरू इन्टरनेटमा पहुँच भएका जो कोहीले पनि संशोधन,परिवर्तन र परिमार्जन गर्न सक्छन्। विकिपिडियाका मुख्य सर्भरहरू संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टर्‍ड्याम र सउलमा छन्। विकिमिडीया फाउण्डेसन नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपिडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपसडियामा पहुँच भएका जोकसैले पनि परिमार्जन गर्न सक्छ। सन् २००१ मा जिम्मी वेल्स र लारी स्यान्गरले यसको शुरुवात गरेका थिए। हाल यो ईन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ सामग्री बन्न पुगेको छ। नेपालमा पनि विकिपिडियाको स्थापनाकाल देखि नै प्रयोग हुँदै आएको पाईन्छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोकसैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपिडियाको लोकप्रियता बढेको हो। हाल विश्वमा सबैभन्दा धेरै हेरिने ६ ईन्टरनेट साइट मध्ये यो पनि एक हो।सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने विकिपिडियाले अहिलेसम्म आफ्नो पेजमा कुनैपनि व्यावसायिक विज्ञापन राखेको छैन। विना विज्ञापनका सामग्री निःशुल्क रूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हुन पुगेको छ। विकिपिडियामा लेख रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी (Volunteer) हुन्। विकिपिडियामा विना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको संख्या अहिले दशौं लाख पुगेको छ।

संस्कृत

संस्कृत भाषा (/ˈsænskrɪt/; संस्कृतम् saṃskṛtam [səmskr̩t̪əm], वास्तविक संस्कृता वाक् संस्कृता वाक्, भारती, सुरभारती, अमरभारती, अमरवाणी, सुरवाणी, गीर्वाणवाणी, गीर्वाणी, देववाणी, देवभाषा, दैवीवाक्‌ इत्यादि नामले यो प्रसिद्ध छ। संस्कृतको अर्थ हुन्छ परिमार्जित अथवा संस्कार गरिएको सुसंस्कृत । "परिष्कृत भाषण") पृथ्वीको सबैभन्दा प्राचीनतम भाषाहरू मध्येको एक हो । यो भारोपेली भाषा परिवारमा वर्गीकृत छ । संस्कृतमा लेख्नको लागि मुख्यतया देवनागरी लिपीको प्रयोग गरिन्छ। दक्षिण एसीयाको एक शास्त्रीय भाषा हो। यसलाई देववाणी अथवा सुरभारती पनि भनिन्छ। यो दुनियाको सबैभन्दा पुरानो उल्लेखित भाषाहरू मध्ये एक हाे । संस्कृत हिन्द-यूरोपीय भाषा-परिवारको हिन्द-ईरानी शाखाको हिन्द-आर्य उपशाखामा समाविष्ट छ । यसले आदिम-हिन्द-यूरोपीय भाषासित अधिक मेल खान्छ। आधुनिक दक्षीण एसियाली भाषाहरू जस्तै नेपाली, उर्दू, कश्मीरी, उडिया, बांग्ला, मराठी, सिन्धी, पञ्जाबी, आदि यसैबाट उत्पन्न भएका हुन् । यी सबै भाषाहरूमा यूरोपीय बंजारहरूको रोमानी भाषा पनि समाविष्ट छ । हिन्दू धर्मसँग सम्बन्धित लगभग सबै धर्मग्रन्थ संस्कृतमा लेखिएका छन् । आज पनि हिन्दू धर्मका अधिकतम यज्ञ र पूजा संस्कृत भाषाका माध्यमबाट नैं सम्पन्न हुन्छन् ।

हिन्दी

हिन्दी भारतको संविधान अनुसार भारतको पहिलो राष्ट्र भाषा हो र यो भारतका बहुसंख्यक जनताले प्रयोग गर्ने भाषा पनि हो। हिन्दी मुख्य रूपले उत्तर तथा मध्य भारतका भूभागहरूमा बोलिन्छ। सन २६ जनवरी १९६५ मा हिन्दीलाई भारतको आधिकारिक भाषाको मान्यता दिइएको थियो ।

चिनियाँ भाषा पछि हिन्दी विश्वमा सबभन्दा धैरै मानिसहरूले मातृभाषाको रूपमा बोल्ने भाषा हो। भारत तथा अन्य देशमा ६० करोड (६०० मिलियन) भन्दा बढी मानिसहरू हिन्दी प्रयोग गर्दछन् । फिजी, मौरिसस, गुयाना, तथा सुरिनेमका धेरै जनता दैनिक रूपमा हिन्दी प्रयोग गर्दछन् ।

भाषाविदहरू हिन्दी तथा उर्दू भाषालाई एकै भाषा मान्दछन। हिन्दी देवनागरी लिपिमा लेखिन्छ तथा शब्दावलीहरू धेरै मात्रामा संस्कृत भाषा बाट आयात गरिएको हुन्छ। उर्दू नस्तालिक लिपिमा लेखिन्छ र शब्दावलीहरू धेरै मात्रामा फारसी तथा अरबी भाषाहरूको प्रभाव देखिन्छ। व्याकरणको दृष्टिकोणले उर्दू तथा हिन्दी लगभग शत-प्रतिशत समानता छन् - केवल कुनै खास क्षेत्रहरूमा शब्दावलीका श्रोतका कारणले फरक भेटिन्छ। उर्दूमा केही खास उच्चारमहरू अरबी तथा फारसी बाट लिईएको हुनाले फारसी तथा अरबीका आफ्नै खास व्याकरणीय संरचना पनि उर्दूमा प्रयोग हुन्छ।

हिमालय टेलिभिजन

हिमालय टेलिभिजन नेपालमा अहिले १३ वटा राष्ट्रियस्तरका टेलिभिजन च्यान प्रशारणमा छन् । त्यसमध्ये हिमालय टेलिभिजन पनि एक हो । वि.सं. २०६७ सालबाट सुरुवातमा ल्याइएको निजी टेलिभिजन प्रसारण कम्पनी हो। "समृद्धि र शान्ति'को अभियान" भन्ने यस टेलिभिजनको मूल नारा रहेको छ।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.