ब्राजिल

ब्राजिल दक्षिण अमेरिकाको सबैभन्दा ठूलो र धेरै जनसङ्ख्या भएको राष्ट्र हो। [२] क्षेत्रफल अनुसार यो देश विश्वको पाँचौं ठूलो देश हो भने जनसङ्ख्या अनुसार यो देश विश्वको पाँचौं ठूलो तथा चौथौं ठूलो लोकतान्त्रिक मुलुक हो। [२][३] संसारको सर्वाधिक पोर्तुगेली भाषा बोल्ने जनसङ्ख्या यो देशमा छ। यो देशको पूर्वमा आन्ध्र महासागर (ब्राजिलको तटीय क्षेत्र ७९४१ किमि लामो छ)[२] उत्तरमा भेनेजुएला, सुरिनाम, गायना र फ्रेञ्च गायना पर्दछन्; उत्तरपश्चिममा कोलम्बिया; पश्चिममा बोलिभियापेरु; दक्षिणपश्चिममा अर्जेन्टिनापाराग्वे र दक्षिणमा उरुग्वे पर्दछन्। आन्ध्र महासागरमअ धेरै आर्किपेगालोहरू ब्राजिलका भूभागमा पर्दछन् जस्तै फर्‍न्याण्डो दे नोरोन्हा, रोकास अटोल, सेण्ट पिटर एण्ड पल रक्स, र ट्रिन्डेड र मार्टिम भाज।[२]

सन् १५००तिर पेद्रो अल्भारेस् काब्राल ब्राजिलमा पुगेदेखि सन् १८२२मा ब्राजिलको स्वतन्त्रतासम्म ब्राजिल पोर्चुगलको उपनिवेश थियो। [४] स्वतन्त्रता पश्चात शुरुमा ब्राजिली साम्राज्यको रूपमा विकशित यो राष्ट्र १८८९ देखि गणतन्त्र बन्यो। बाइक्यामेरल लेजिस्लेचर (अहिले ब्राजिलको राष्ट्रिय काँग्रेस) १८२४मा स्थापना भएको थियो जब प्रथम संविधान स्वीकारिएको थियो। [४] ब्राजिलको संविधानले ब्राजिललाई संघीय गणतन्त्रको[५] परिभाषा दिएको छ। संविधानले ब्राजिललाई २६ ब्राजिली राज्यहरू, ब्राजिली संघीय जिल्ला र हरू (अहिले ५,५६४ भन्दा बढी)को संघको रूपमा स्थापना गरेको छ। [५][६]

ब्राजिल संसारको १०औं ठूलो अर्थतन्त्र हो।[७] यो राष्ट्रलाई आर्थिक पुनर्संरचनाहरूले नयाँ अन्तराष्ट्रिय स्थान दिलाएका छन्। [८] यो राष्ट्र संयुक्त राष्ट्र संघको संस्थापक सदस्य हो। साथै, यो राष्ट्र दक्षिण अमेरिकी राष्ट्रहरूको संघ, पोर्तुगेली भाषिक राष्ट्रहरूको समुदायको पनि संस्थापक सदस्य हो। ब्राजिल एक बहुजातीय राष्ट्र भएतापनि यहाँको जनसङ्ख्या प्रायः रोमन क्याथोलिक गिर्जाघरमा विश्वास राख्दछन् र प्रायः सबैले पोर्तुगेली भाषा बोल्दछन्।[३] ब्राजिल वन्यजन्तु, प्राकृतिक वातावरण, प्रचुर प्राकृतिक श्रोतले धनी राष्ट्र पनि हो।[२]

संघीय गणतन्त्र ब्राजिल
República Federativa do Brasil
Flag of ब्राजिल Coat of arms of ब्राजिल
झण्डा Coat of arms
राष्ट्रिय वाक्य: "ओर्डेम इ प्रोग्रेस्सो"
"व्यवस्था र विकास"
राष्ट्रगान: इनो नासियोनाल ब्रासिलेइरो

"ब्राजिलको राष्ट्रिय धुन"

राष्ट्रिय मोहर
सेलो नेसनल डो ब्राजिल
National Seal of Brazil (color)
Location of ब्राजिल
राजधानीब्रसिलिया
१५°४५′ दक्षिण ४७°५७′ पश्चिम / १५.७५०° दक्षिण ४७.९५०° पश्चिम
ठूलो सहर साओ पाउलो
सरकारी भाषा पोर्चुगेली भाषा
नागरिकता ब्राजिली
सरकारको प्रकार राष्ट्रपति सङ्घीय गणतन्त्र
 -  राष्ट्रपति डिलमा रौसेफ
 -  उप-राष्ट्रपति मिचेल टिमेर
 -  च्याम्बर अध्यक्ष हेनरिक एड्वार्डो एल्भेस
 -  सिनेटको सभामुख रेनन क्याल्हिरोस
 -  प्रधानन्यायधिश जोयाकिम बार्बोसा
स्वतन्त्र पोर्चुगल बाट 
 -  स्थापना सेप्टेम्बर ७,१८२२ 
 -  मान्यता अगस्त २९,१८२५ 
 -  गणतन्त्र नोभेम्बर १५,१८८९ 
क्षेत्रफल
 -  जम्मा ८,५१४,८७७ वर्ग किमी (पाँचौ)
३,२८७,५९७ वर्ग माइल
 -  जलक्षेत्र (%) 0.65
जनसङ्ख्या
 -  2008 अनुमान 187,393,918 (5th)
 -  जनगणना 2007 183,987,291 
 -  जनघनत्व 22/वर्ग किमी (182nd)
५७/वर्ग माइल
जिडिपी (पीपीपी) 2007 अनुमान
 -  जम्मा $1,804 trillion (9९औ)
 -  प्रतिव्यक्ति आय $11,873 (65th)
जिडिपी (नाम मात्र) 2007 अनुमान
 -  जम्मा $1,313 trillion (१०औ)
 -  प्रतिव्यक्ति आय $6,842 (६१औ)
गिनी (2008) 50.5 
मानव विकास सूचकांक (2009) Increase 0.813 (high) (70th)
मुद्रा रेल (R$) (BRL)
समय क्षेत्र BRT (युटिसी-२ to -४[१])
 -  ग्रीष्मसमय (डिएसटी) BRST (युटिसी-२ देखि -५)
इन्टरनेट टिएलडी .br
टेलिफोन कोड ५५

इतिहास

भूगोल

अरु सम्बन्धित विषयहरू

पुरानो राजधानी रियो दी जेनेरियो हो। हाल यसको राजधानी ब्रासिलिया हो।

बाह्य लिङ्कहरू

  1. "Fusos Brasil sem HV" (Portugueseमा), Observatório Nacional, अन्तिम पहुँच २००८-०८-१०
  2. २.० २.१ २.२ २.३ २.४ "Geography of Brazil", The World Factbook, Central Intelligence Agency, २००८, अन्तिम पहुँच २००८-०६-०३
  3. ३.० ३.१ "People of Brazil", The World Factbook, Central Intelligence Agency, २००८, अन्तिम पहुँच २००८-०६-०३
  4. ४.० ४.१ "Introduction of Brazil", The World Factbook, Central Intelligence Agency, २००८, अन्तिम पहुँच २००८-०६-०३
  5. ५.० ५.१ "Brazilian Federal Constitution" (Portugueseमा), Presidency of the Republic, १९८८, अन्तिम पहुँच २००८-०६-०३ "Brazilian Federal Constitution", v-brazil.com, २००७, अन्तिम पहुँच २००८-०६-०३, "Unofficial translate"
  6. "Territorial units of the municipality level" (Portugueseमा), Brazilian Institute of Geography and Statistics, २००८, अन्तिम पहुँच २००८-०६-०३
  7. "Economy of Brazil", The World Factbook, Central Intelligence Agency, २००८, अन्तिम पहुँच २००८-०६-०३
  8. Penner, Andre (२००८-०४-१७), "Booming Brazil could be world power soon", The Associated Press, पृ: 2, अन्तिम पहुँच २००८-०६-०३
अर्जेन्टिना

अर्जेन्टिना आधिकरिक नाम अर्जेन्टिनी गणतन्त्र (स्पेनी: República Argentina रेपूभ्लिका अर्हेन्तीना [reˈpuβlika aɾxenˈtina]) दक्षिण अमेरिकाको दक्षिणपूर्वमा रहेको देश हो । यस देशको उत्तरमा पश्चिममा, पारग्वे उत्तरमा, ब्राजिल उत्तरपूर्वमा, उरुग्वे र दक्षिण अटलान्टिक महासागर पूर्वमा रहेको छ । संसारको आठौं ठूलो देश अर्जेन्टिना लेटिन अमेरिकी देशहरू मध्येको दोस्रो ठूलो देश हो ।

उरुग्वे

पूर्वीय गणतन्त्र उरुग्वे (स्पेनिया :- República Oriental del Uruguay, रेपुब्लिका ओरिएन्ताल देल उरुग्वाइ) दक्षिण अमेरिकाको एक देश हो । उरुग्वाइको पश्चिममा अर्जेन्टिना, ब्राजिल पूर्व र उत्तरमा, रियो दे ला प्लाटा दक्षिणमा र एटलान्टिक महासागर दक्षिणपूर्वमा रहेको छ । करिब ३४.२ लाख जनसङ्ख्या रहेको उरुग्वेको राजधानी सबभन्दा ठूलो शहर मोन्टेबिदेओ हो । उरुग्वे दक्षिण अमेरिकाको दोस्रो सानो राष्ट्र हो।

कोलम्बिया

कोलम्बिया ( /kəˈlʌmbiə/ kə-lum-biə, or /θjkəˈlɒmbiə/ kə-lom-biə), आधिकारिक नाम गणतन्त्र कोलम्बिया (स्पेनी: República de Colombia [reˈpuβlika ðe koˈlombja])' दक्षिण अमेरिकामा अवस्थित देश हो । यसको राजधानी र सबभन्दा ठूलो शहर बोगोटा हो । कोलोम्बियाको नाम अमेरिकाको पत्ता लगाएका क्रिस्टोफर कोलम्बसको नामबाट नामाकरण गरिएको हो । यसको उत्तर-पश्चिममा पनामा; उत्तरमा क्यारिबियन सागर; पूर्वमा भेनेजुएला र ब्राजिल; दक्षिणमा इक्वेडर र पेरु; तथा पश्चिममा प्रशान्त महासागर रहेका छन ।

थोरियम

ढाँचा:Infobox थोरियम

थोरियम (Thorium) आवर्त सारणीका ऐक्टिनाइड श्रेणी (actinide series)को प्रथम तत्व]] छ। पहिले यो चतुर्थ अंतर्वर्ती समूह (fourth transition group)को अन्तिम तत्व माना जान्थ्यो, तर अब यो ज्ञात छ कि जस प्रकार लैथेनम (La) तत्वका पश्चात् १४ तत्वहरूको लैथेनाइड श्रृंखला (lanthanide series) प्रांरभ हुन्छ, त्यसै प्रकार ऐक्टिनियम (Ac)का पश्चात् १४ तत्वहरूको दोस्रो श्रृंखला आरम्भ हुन्छ, जसलाई एक्टिनाइड श्रृंखला भन्दछन्। थोरियमका अयस्कमा केवल एक समस्थानिक(द्रव्यमान संख्या २३२) पाइन्छ, जुन यसको सबै भन्दा स्थिर समस्थानिक (अर्ध जीवन अवधि १.४ ज्र् १०१० वर्ष) छ। तर यूरेनियम, रेडियम तथा ऐक्टिनियम अयस्कहरूमा यसका केही समस्थानिक सदैव वर्तमान रह्दछन्, जसको द्रव्यमान संख्याहरू २२७, २२८, २३०, २३१ तथा २३४ छन्। यिनका अतिरिक्त २२४, २२५, २२६, २२९ एवं २३३ द्रव्यमाने समस्थानिक कृत्रिम उपायहरू द्वारा निर्मित भएका छन्।

थोरियम धातुको खोज १८२८ ईमा बर्जीलियसले थोराइट अयस्कमा गरिएको थियो। यद्यपि यसका अनेक अयस्क ज्ञात छन्, तर मोनेजाइट (monazite) यसको सबै भन्दा महत्वपूर्ण स्त्रोत छन्, जसमा थोरियम तथा अन्य विरल मृदाहरूका फस्फेट रह्दछन्। संसारमा मोनेजाइटको सबै भन्दा ठूलो भंडार भारतका केरल राज्यमा छन्। बिहार प्रदेशमा पनि थोरियम अयस्कको उपस्थिति ज्ञात भएको छ। यिनका अतिरिक्त मोनेजाइट अमरीका, आस्ट्रलिया, ब्राजिल र मलायामा पनि प्राप्त छ।

मौनेजाइटलाई सांद्र सल्फ्यूरिक अम्लको प्रक्रिया गरेर आंशिक क्षारीय विलयन मिलानबाट थोरियम फस्फेटको अवक्षेप बन्दछ। यसलाई सल्फ्यूरिक या हाइड्रोक्लोरिक अम्लमा घुला गरेर फेरि फस्फेट अवक्षिप्त गर्दछन्। यस क्रियालाई दोहरानेमा थोरियमको शुद्ध फस्फेट मिल्दछ।

थोरियम क्लोराइडलाई सोडियम सहित निर्वातमा गरम गर्नबाट थोरियम धातु मिलन्छ। थोरियम आयोडाइड (Th I४)का वाष्पलाई गरम टंग्स्टन तंतु (filament)मा प्रवाहित गर्न से, या थोरियम औक्साइड (ThO२)मा क्याल्सियमको प्रक्रिया द्वारा पनि, थोरियम धातु प्राप्त हुनसक्छ।

दक्षिण अमेरिका

दक्षिण अमेरिका उत्तर अमेरिका महादेशको दक्षिणमा स्थित छ। पनामा नहरले यि दुबै महादेशलाई छुट्याउँछ । यसको पश्चिममा प्रशान्त महासागर (Pacific Ocean ) छ र पूर्वमा आन्ध्र महासागर (Atlantic Ocean) पर्दछ ।

दक्षिण अमेरिकाको केही महत्वपूर्ण भौगोलिकहरू:

एन्डिज पर्वत माला

अमेजन नदी

[रियो डी जेनेरियो]]को शहर, ब्राजिल

लिमा, पेरुको शहर

केप हर्न, चाईल/अर्जेण्टाईना

फिफा कन्फेडेरेसन कप

यो एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो।जुन फिफाले आयोजना गर्ने गर्दैछ । प्रतियोगिता प्रत्येक ४ वर्षको अन्तरालमा हुने गर्दछ । यस प्रतियोगिता फिफा विश्वकपभन्दा ठिक एक वर्ष पहिले, विश्व कपको आयोजकले नै आयोजना गर्ने गर्दछ । प्रतियोगितामा प्रत्येक महादेशका प्रमुख फुटबल प्रतियोगिता विजेताहरूले मात्र सहभागी जनाउन पाउँदछन् ।

फिफा देश कोड सूची

फिफाले आफ्नो सदस्यता राष्ट्र र सदस्यता प्राप्त नभएका राष्टहरूलाई तीन अक्षरको कोड प्रदान गर्ने गर्दछ जुन अंग्रेजी ठूलो अक्षरमा हुन्छ ।

फिफा महिला विश्व बरियता

फुटबलमा, फिफा महिला विश्व वरियता, पुरुषहरूको लागि अवस्थित फिफा विश्व वरियता पछ्याउने क्रममा सन् २००३ मार्चमा पहिलो पटक प्रकाशित वरियता पेश गरिएको थियो। फिफाले कुनै निश्चित समयमा अन्तर्राष्ट्रिय रूपमा सक्रिय महिला राष्ट्रिय टोलीहरूको तुलना गर्न गर्दछ।

फिफा वर्षको सर्वोत्कृष्ट खेलाडी

फिफा बर्षको सर्वोत्कृष्ट खेलाडि विश्वभरीका महिला तथा पुरुष खेलाडीहरू मध्यबाट अन्तराष्ट्रिय टीमहरूका कप्तान र प्रशिक्षकहरूको मतदानबाट चुनेर दिईने पुरस्कार हो। मतदान प्रकृया पोजिसनल मतदान प्रकृयाबाट हुने गर्छ। यसमा प्रत्येक कप्तान र प्रशिक्षकहरूले पाँच अंक, तीन अंक र एक अंक गरी तीन पटक मतदान गर्न पाउँछन र यही अंकको आधारमा विजेता घोषणा गरिन्छ। सन् २०१० देखि फिफा बर्षको सर्वोत्कृष्ट खेलाडि र फ्रान्सको फुटबल बेलोन डी'ओर आपसमा मिलेर बर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीलाई फिफा बेलोन डी' ओर प्रत्येक बर्ष दिने निर्णय गर्यो ।

फिफा विश्व बरियता

फिफा विश्व सूची फिफाले आफ्नो सदस्य राष्ट्रहरूको पुरुष राष्ट्रिय फूटबल टोलीलाई बरियता क्रममा स्तर निर्धारण गर्ने एक प्रकिया भनिन्छ ।

फिफा विश्वकप

विश्वकप फुटबल एक फुटबल खेलको सबैभन्दा प्रमुख विश्वस्तरीय पुरूष फुटबल प्रतियोगिता हो । यो प्रतियोगिता हरेक ४-४ वर्षको अन्तरालमा प्रत्येक संस्करणमा फरक फरक राष्ट्रहरूमम आयोजना हुने गर्दछ । सन् १९३० बाट सुरू भएको यस प्रतियोगिता हरेक चार चार वर्षमा आयोजना गर्ने गरि निर्णय गरिएता भनि द्वितीय विश्वयुद्धका कारण सन् १९४२ र १९४६ सालमा भने आयोजना हुन सकेको थिएन । यो प्रतियोगिता सबैभन्दा धेरै पटक ब्राजिलले जितेको छ । ब्राजिले सर्वाधिक पाँच पटक फिफा विश्वकप जिति फुटबल जगत् आफूलाई सर्वमान तुल्याउन सफल भएको छ । यस्तै अन्तिम पटक भएको विश्वकप भने फ्रान्सले जितेको थियो । यो फ्रान्सको दोस्रो फिफा विश्वकप उपाधि थियो । २०१८ फिफा विश्वकपको आयोजक रसिया रहेको थियो ।

यस प्रतियोगिताको वर्तमान संरचना अनुसार सुरूमा लगभग तीन वर्ष लगाएर प्रतियोगिताको फाइनल चरणका लागि विभिन्न छनोट चरणका खेल तथा प्रतियोगिताहरू आयोजना गर्ने गरिन्छ । बल्ल ३२ छनोट चरणहरू पार गर्ने राष्ट्रहरूका बिचमा विश्वकप प्रतियोगिता सञ्चालन हुने गर्दछ । फाइनल चरणमा पुग्ने एउटा टिम भने आयोजकका हैसियतले सिधै छनोट चरणका नखेली फाइनल चरणमा स्थान बनाउँदछ । अहिलेसम्म २१ वटा विश्वकपमा प्रतियोगिताहरू संचालन भइसकेका छन् । जसमा जम्मा ८ राष्ट्रहरूले मात्र विश्वकप जित्न सफल भएको छ । सर्वाधिक धेरै ५ पटक फिफा विश्वकप राष्ट्र ब्राजिल मात्र विश्वकपमा एउटा यस्तो राष्ट्र हो जसले विश्वकपका सम्पुर्ण संस्करणहरू अथवा २१ वटै विश्वकपका संस्करणहरूमा सहभागीता जनाएको छ । अन्य विजेताहरूमा दुई विजेता इटाली र जर्मनीले विश्वकप चारचार पटक जितेका छन् । अनि अर्जेन्टिना, फ्रान्स तथा उरूग्वेले दुईदुई पटक विश्वकप जितेका छन्, भने इंग्ल्याण्ड तथा स्पेनले पनि यो फिफा विश्वकप एक-एक पटक जितेको छ ।

फिफा विश्वकप प्रतियोगिता विश्वमा सधै भन्दा प्रसिद्ध फुटबल प्रतियोगिता हो । साथै ओलम्पिक खेल पछि सबैभन्दा धेरै दर्शकले प्रत्यक्ष तथा टिभीमा हेर्ने एवम् सबैभन्दा धेरै समर्थकहरूले पछ्याउने खेलकुद प्रतियोगिता हो । अझ २००६ फिफा विश्वकपको फाइनल खेल मात्र २६.२९ विलियन दर्शकले खेल प्रत्यक्ष रंगशालामा पुगेर तथा विश्वभर ७१५.१ मिलियन दर्शकले हेरेका थिए ।

हालसम्म जम्मा १७ फरकफरक राष्ट्रहरूले मात्र फिफा विश्वकपको आयोजना गरेको छ । जसअन्तर्गत ब्राजिल, फ्रान्स, इटाली, जर्मनी तथा मेक्सिकोले दुईदुई पटक तथा उरूग्वे, स्वीजदल्याण्ड, स्वीदेन, चिली, इंगल्याण्ड, अर्जेन्टिना, स्पेन, संयुक्त अमेरिका, जापान र दक्षिण कोरिया (संयुक्त), दक्षिण अफ्रिका र रसियाले एकएक पटक विश्वकप आयोजना गरेको थियो । यस्तै कतार भने आउदो विश्वकप २०२२ फिफा विश्वकपका आयोजकका रूपमा रहेको छ । भने त्यसपछि को विश्वकप २०२६ फिफा विश्वकपका लागि भने क्यानडा, संयुक्त राज्य अमेरिका तथा मेक्सिकोलाई संयुक्त रूपमा विश्वकपको आयोजनाका लागि अधिकार दिइएको छ । यो विश्वकपनै पहिलोपटक एकै पटक तीन राष्ट्रहरूले आयोजना गर्न लागेको फिफा विश्वकप हुनेछ ।

यस प्रतियोगिता थालनीको कथा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ, फिफा सँग जोडिएको छ भने फिफाको कथा विभिन्न देशमा स्थापना भएका राष्ट्रिय फुटबल सङ्घहरूको विकास सँग जोडिएको छ । सन् १८६६ मा विश्वको पहिलो राष्ट्रिय फुटबल सङ्घको रूपमा 'इङ्ग्ल्याण्ड फुटबल एसोसिएशन'- एफए गठन भइसकेको थियो । केही वर्षपछि अरू देशहरूमा पनि धमाधम राष्ट्रिय फुटबल सङ्घहरू स्थापना हुन थाले । यसरी फुटबल खेल र त्यसका राष्ट्रिय सङ्घहरूको विस्तार हुँदै गएपछि एउटा अन्तराष्ट्रिय फुटबल सङ्घको आवश्यकता सर्वत्र महसुस हुन थाल्यो । यही खाँचोको निकास खोज्ने क्रममा फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, स्पेन, स्वीडेन र स्विट्जरल्यान्डसमेत सात देशका प्रतिनिधि फ्रान्सको राजधानी पेरिसमा भेला भए । यही भेलाले २९ मे १९०४ मा फुटबलको सर्वोच्च संस्था 'अन्तराष्ट्रिय फुटबल महासङ्घ' -फेडरेसन इन्टरनेशनल डे फुटबल एसोसिएशन, फिफाको औपचारकि गठन भयो । इङ्ग्ल्याण्ड दुई वर्षपछि फिफा सदस्य बन्यो । त्यसपछि अरू देशहरू पनि धमाधम यसको सदस्य हुने क्रम चल्यो, जुन अहिले पनि जारी रहेको छ । अहिले दुई सयभन्दा बढी देश फिफा सदस्य छन् । नेपाल सन् १९७० मा फिफाको पूर्ण सदस्य बनेको हो ।

विश्व कप फुटबल प्रतियोगिताको थालनीको श्रेय आधुनिक ओलम्पिक खेलकूद प्रतियोगिताको सफल सुरूवातलाई जान्छ । सन् १९०० मा भएको दोस्रो ओलम्पिक खेलकूदमा फुटबल पहिलोपटक समावेश गरिएको थियो । ओलम्पिक फुटबलको सफलताले उत्साहित भएका फिफा पदाधिकारीहरूले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ओलम्पिकको घेराभित्र सीमित राख्न नहुने निष्कर्ष निकाले । छलफल चल्दै जाँदा अन्ततः २६ मे १९२८ मा बसेको फिफा एम्स्टर्डम कङ्ग्रेसले युगान्तकारी निर्णय गर्‍यो, हरेक चार-चार वर्षको अन्तरालमा फिफा सदस्य देशहरूबीच विश्व कप प्रतियोगिता आयोजना थाल्ने र पहिलो विश्व कप सन् १९३० मा गर्ने कुराको निचोड निकालियो । अनि अर्को वर्ष, सन् १९२९ को बार्सिलोना फिफा कङ्ग्रेसले यो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व उरूग्वेलाई प्रदान गर्‍यो । फलस्वरूप, राजधानी मोन्टेभिडियोमा एक लाख दर्शक अट्ने नवनिर्मित रंगशाला स्टेडियम देल सेन्टेनारयिोमा आईतबार १३ जुलाई १९३० मा फ्रान्स र मेक्सिकोबीच पहिलो विश्व कपको पहिलो म्याच विधिवत् उद्घाटन खेलको रूपमा सम्पन्न भयो ।

पहिलो विश्वकप आयोजना हुँदा फिफा सदस्य देशसंख्या जम्मा ४१ थियो । त्योबेला छनोट चरण प्रतियोगिता पनि भएको थिएन । तसर्थ, विविध कारणले गर्दा पहिलो विश्व कप प्रतियोगितामा मात्र १३ देश सहभागी भएका थिए । तर दोस्रो विश्वकपमा भने सदस्य देशको संख्या धेरै भएकोले उनीहरूबीच छनोट चरण प्रतियोगिता गराइएको थियो । र, फाइनल प्रतिस्पर्धाका लागि १६ देश छनोट भएका थिए । त्यसपछि लामो समयसम्म छनोट चरण र त्यही १६ देशबीच नै फाइनल स्पर्धा हुने प्रचलन रहँदै आयो । तर सदस्य संख्या र स्तर बढ्दै गएको तुलनामा त्यो संख्या कम महसुस हुन थाल्यो । फलतः सन् १९८२ को बाहौं विश्व कपदेखि यसलाई बढाएर २४ देश पुर्‍याइयो । पुनः १९९८ को १६ औं संस्करणदेखि विश्व कप उपाधिको फाइनल चरणमा भिड्न पाउने देशको संख्या ३२ पुर्‍याइएको हो । हाललाई यही संख्या कायम राखिएको छ ।

ब्राजिल राष्ट्रिय फुटबल टिम

ब्राजिल राष्ट्रिय फुटबल टीमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा सहभागिता जनाउने गर्छ ।फिफा विश्वकपको सबैभन्दा सफल यस टिमले पाँच पटक विश्वकप र चार पटक कन्फेडेरेसन कप समेत जित्न सफल भएको छ।

ब्राजिलका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा ब्राजिलका १९ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।

रोनाल्डिन्हो

रोनाल्डो डी एसिस मोरेरा (जन्म: २१ मार्च १९८०) सामान्यत: रोनाल्डिन्हो वा रोनाल्डिन्हो गासोको नामले चिनिन्छ । उनी एक पूर्व ब्राजिली व्यावसायिक फुटबल खेलाडी तथा स्पेनी फुटबल क्लब बार्सिलोनाका राजदूत हुन् । फुटबल मैदानमा उनी मुख्यतया आक्रमक मध्यपङ्क्तिको रूपमा खेल्थे तर समयानुकूल उनी अग्रपंक्ति र विङ्गरको रूपमा समेत खेल्ने गरेका थिए । उनी युरोपेली फुटबल क्लब पेरिस सेन्ट-जर्मेन तथा एसी मिलानका साथै ब्राजिल राष्ट्रिय टिमको लागि लामो समयसम्म फुटबल खेलेका थिए । फुटबल विशेषज्ञ, पारखी तथा प्रशंसकहरूले उनलाई उनको पुस्ताको सबैभन्दा प्रतिभाशाली फुटबल खेलाडीको रूपमा व्याख्या गरेका छन् ।

रोनाल्डिन्हो, रोनाल्डोको पोर्चुगेली भाषामा पर्यायवाची शब्द भएकोले ब्राजिलमा उनका समकक्षी खेलाडीले रोनाल्डोसँग अलग गर्नको लागि गाशो उपनाम दिएका थिए । तर युरोपमा रोनाल्डोले आफ्नो पहिचान पहिले नै आफ्नो नामले बनाए, जसले गर्दा रोनालडिन्होलाई आफ्नो गाशो उपनामको प्रयोग गर्नु पर्ने अवस्था रहेन । रोनाल्डिन्होले फ्लामिङ्गोमा खेल्नु भन्दा पहिले पेरिस सेन्ट-जर्मेन, एफसी बार्सिलोना र एसी मिलानको लागि खेल्थे । स्पेनी क्लबमा खेल्दै उनले सन् २००६ मा च्याम्पियन्स लिगमा आफ्नो पहिलो जीत हासिल गरे र सन् २००५ मा बेलोन डी'ओरको सम्मान प्राप्त गरे । जनवरी २००७ मा उनी स्पेनी नागरिक बने ।

वर्षा

वर्षा वायुमण्डलमा संकलित जलवाष्प अत्याधिक गह्रौ भएर पृथ्वीको गुरुत्वाकर्षण बलको कारण आकाशबाट पानी थोपाको रुपमा जमिनमा खस्ने प्रक्रिया हो । तर सबै वर्षा जमीनसम्म पुगदैनन, केही त सुख्खा हावा भएर खस्दा वाष्पीभूत हुन्छन । कुनै कुनै बेला त सबै बर्षा हावामा नै वाष्पीभूत हुन्छन । जल चक्रमा वर्षाको प्रमुख भुमिका हुन्छ, जसमा सागरहरूका ओस वाफिएर गई वादलमा चिसिन पुग्छ, अनि पृथ्वीमा खसेर अन्ततोगत्वा खोलानालाका माध्यमबाट सागरमै पुग्छ र यो चक्र दोहोरिन्छ।

वर्षाको परिमाण नाप्न वर्षामापक प्रयोग गरिन्छ। यसलाई एक समथल सतहमा जम्मा भएको पानीको गहिराइको आधारमा नापिन्छ। यो नाप सामान्यतया नजीकैको ०.२५ मिलिमिटर (मिमि) वा ०.०१ इन्चको आधारमा नापाङ्कन गरिन्छ। कहिलेकाँहि यसलाई लिटर प्रति बर्गमिटरको आधारमा नापिन्छ (१ लि/मि² = १ मिमि)।

झरिरहेको पानीको थोपालाई कार्टुनचित्रहरूमा आँसु-आकार (तलतिर गोलो र माथितिर चुच्चो)मा प्रस्तुत गरिन्छ। तर यो गलत हो (मात्र केही केही थोपा, श्रोतबाट खस्दाको क्षणमा आँसु-आकारको हुन्छ)। सानो थोपा लगभग पूर्ण गोलाकार हुन्छ। ठूलो थोपा चेप्टो बन्दै जान्छ। धेरै ठूलो थोपा प्यारासुट आकारको हुन्छ। सालाखाला, वर्षाको थोपा १ वा २ मिलिमिटरको हुन्छ। पृथ्वीकै सबैभन्दा ठूला थोपाहरू ब्राजिल र मार्सल टापुहरूमा अभिलेख गरिएका छन्, जसमध्ये केही १०मिलिमिटर सम्म ठूला थिए। ठूलो हुनुको कारण, ठूला धुवाँका कणहरूमा बाफ जम्न पुगेर अथवा धेरै तरल पानी भएको सानो क्षेत्रमा थोपाहरू एकआपसमा ठोक्किन पुगेर हो।

विश्व सम्पदा समिति

विश्व सम्पदा समिति ती महत्वपूर्ण स्थलहरूको चयन गर्दछ जसलाई युनेस्कोको विश्व सम्पदा क्षेत्रको रूपमा सूचीवद्ध गर्न सकियोस । यो विश्व सम्पदा सभाको कार्यान्वयनको लागि जिम्मेवार संस्था हो । यस समितिले विश्व धरोहर कोषको प्रयोगलाई परिभाषित गर्नुका साथै राष्ट्र दलहरूको अनुरोधमा वित्तीय सहायताको आवंटन गर्ने गर्दछ । यसको गठन २१ राष्ट्र दलहरू सँग सहकार्यमा हुन्छ, जसको चुनाव राष्ट्र दलहरूको महासभाद्वारा चार वर्षको कार्यकालको लागि हुने गर्छ।विश्व सम्पदा सभाको नियमानुसार समितिको सदस्य राष्ट्रको कार्यकाल ६ वर्षको लागि हुन्छ, तर कतिपय राष्ट्र दल स्वेच्छाले मात्रै चार वर्षको लागि समितिको सदस्य बन्न स्वीकार गर्छन जसले अन्य अर्को राष्ट्र दलहरू पनि यस समितिको सदस्य बन्न मौका पाउन सकोस । उदाहरणको लागि, १५औं महासभा (२००५) को लागि निर्वाचित सबै सदस्य राष्ट्रले स्वेच्छाले आफ्नो कार्यकाल ६ वर्ष बाट घटाएर ४ वर्ष गर्ने निर्णय गरेको थियो ।

स्पेन

स्पेन (/ˈspeɪn/ spayn; स्पेनी: España एस्पान्या, उच्चारण [esˈpaɲa] ( listen)), आधिकारीक स्पेन अधिराज्य (स्पेनी: Reino de España)रेइनो दे एस्पान्या, दक्षिण पश्चिमी युरोपमा अवस्थित एक देश हो। यो देश आइबेरियाली प्रायद्वीपमा पोर्चुगलको पूर्व तथा उत्तरमा पर्दछ भने यसको उत्तरपूर्वमा फ्रान्स पर्दछ।

२०१४ फिफा विश्वकप

२०१४ फिफा विश्वकप २० औ फिफा विश्वकप हो जो कि एउटा अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो फुटबल विश्वकप ब्राजिलमा १२ जुन देखि १३ जुलाई २०१४ को बीच संचालन हुनेछ । ब्राजिलले यो भन्दा पहिला सन् १९५० मा विश्वकपको आयोजन गरिसकेको छ । ब्राजिलले यस पल्टको विश्वकप फुटबलको आयोजन बिना कुनै रोकावट प्राप्त गरेको छ, फिफाको तर्फबाट सन् २००७ मा आधिकारिक रुपमा सन् २०१४ को विश्वकप फुटबल दक्षिण अमेरिकामा नै हुने घोषणा भएको थियो । दक्षिण अमेरिकामा यो भन्दा बिगतमा विश्वकप फुटबल अर्जेन्टिनामा सन् १९७८ मा भएको थियो ।

३१ वटा देशको राष्ट्रिय फुटबल टिमले विश्वकप फुटबलमा छनौटको लागि जुन २०११ देखि प्रतिस्पर्धा थालेको थियो । संचालक राष्ट्र भएको हुँदा ब्राजिल स्वत: छनौट भएको थियो । विश्वकप फुटबल अन्तर्गत जम्मा ६४ वटा म्याच संचालित हुनेछ जसमा ब्राजिलको १२ वटा शहरको १२ वटा स्टेडियम सामेल हुनेछ । यस विश्वकपमा पहिलो चोटी गोल लाईन प्रविधि को प्रयोग गरियो ।

संचालक राष्ट्र सहित बिगतका सन् १९३० देखिका विश्वकप बिजेता राष्ट्र (उरुग्वे,इटाली,जर्मनी,संयुक्त अधिराज्य,अर्जेन्टिना,फ्रान्स तथा स्पेन) पनि यस विश्वकपको लागि छनौट भइसकेका छन् । स्पेन पछिल्लो २०१० फिफा विश्वकप को बिजेता राष्ट्र हो, उसले फाइनलमा नेदरल्याण्डलाई १-० ले पराजित गरेको थियो ।

२०१८ फिफा विश्वकप समूह ङ

२०१८ फिफा विश्वकपको समूह ङ अन्तर्गतका खेलहरू सन् २०१८ जुन १७ देखि जुन २७ सम्म सञ्चालन भएको थियो । यस समूहमा ब्राजिल, स्विजरल्याण्ड, कोस्टारिका तथा सर्बिया रहेको थियो । यस समूहका उत्कृष्ट २ टिम ब्राजिल र स्विजरल्याण्ड, राउन्ड अफ १६ को लागि छनौट भएका थिए ।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.