बालुवा


ढङ्गाको सानो सानो कणलाई बालुवा भनिन्छ।

Beaches of Israel 03 2016 (29)
बालुवा
गोकर्णेश्वर नगरपालिका

गोकर्णेश्वर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौं जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौं जिल्लामा सुन्दरीजल, नयाँपाटी, बालुवा, जोरपाटी र गोकर्णेश्वर यी ५ गाउँ विकास समितिहरूलाई समेटेर गोकर्णेश्वर नगरपालिका घोषणा गरिएको हो। गोकर्णेश्वर नगरपालिकाको केन्द्रभने जोरपाटीमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

घटस्थापना

आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ । ब्रह्मवैवर्त पुराण भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदुर्गाहरू यी हुन् : प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश । यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको चाल पाइन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैं पूजाको थालनी गरिएको हो । यसैले दशैंको अवसरमा आ-आफ्नै आगमस्थित देवी भगवती जगदम्बाको पूजा गरिनुबाहेक अन्य देवीस्थलहरूमा गई देवीदेवताहरूको पूजा-उपासना, पुकार तथा दर्शनको लागि जानु आवश्यक नपर्ने वास्तविकतातिर औंल्याएको पाइन्छ ।

यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ । पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ

घटालस्थान बाबा मन्दिर

घटालस्थान बाबा मन्दिर डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं ७ मा अवस्थित छ । घटालस्थानमा हरेक नयाँ वर्षको पहिलो दिन पूजा हुन्छ र २ गते मेला लाग्छ । त्यहाँका धामीहरूले आआफ्ना समस्या समाधानका निम्ति गएकाहरूलाई म्याद दिएरै समस्या हल गरिदिने आश्वासन दिन्छन् । देउताको प्रभाव र शक्तिलाई कसैले चुनौति दिए भने मूल धामी तिलकसिंह विष्टले आफूले बालुवा खानुका साथै अरु धामीलाई पनि खुवाएर शक्ति देखाउने गर्छन् । स्थानीयवासीहरू धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गरेको विश्वास गर्दछन् । धामीहरूले पहिले-पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंबदन्ती स्थानीय रुपमा प्रचलित छ । मुखभरीको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूले दावी गर्ने गर्छन् । आफ्नो मनोकामना पुरा भएकाहरूले यहाँ बोका, राँगा, भेडा, कुखुरा जस्ता पशुपंक्षी बली दिन्छन् । किंवदन्ती अनुसार राजा नागी मल्लकी पुत्र विहिन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लग्न नसकिएपछि त्यहीं नै घटालबाबा स्थापना गरिएको बताइन्छ । डडेल्धुरा ,डोटी लगायतका पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पुरा गरिदिने जनविश्वास रहेको पाइन्छ । खडेरी परेको वर्ष स्थानीयबासीले पानी देउ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशीलाको प्वालमा हाल्छन् र वर्षाको कामना गर्छन्।

चाँदी (रंग)

चाँदी एक रंग हो। यो रंग चम्किलो हुन्छ। ये चाँदी धातुको रंग हो। येसलाई सरल ठोस रंग द्वारा प्रदर्शित गर्न सकिदैन किनभने येसको चमक धातु को उज्ज्वल चमक बाट हुन्छ, जुन बिभिन्न कोणहरुमा विभिन्न तरिकाले बदलिन्छ।

चुरे

हिमालय क्षेत्रको दक्षिण तराईबाट उत्तर तिर हेर्दा तराईको समथर मैदान पछी देखिने उठेको पहिलो उभार तथा महाभारत क्षेत्रबाट दक्षिणतर्फ ओर्लिंदा समथर तराइ आउनु अघिको अन्तिम पर्वतीय क्षेत्र लाई चुरे, चुरिया वा शिवालिक पर्वत भनिन्छ। यो खुकुलो पत्रे चट्टान र कमलो माटोले बनेको भूभाग नेपालको पुर्व-पश्चिम फैलिएको छ। पाकिस्तानको इन्दस नदीदेखि नेपाल हुँदै भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको चुरेले नेपालको कूल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग ओगटेको छ। नेपालभित्र चुरे क्षेत्रले पूर्वको इलामदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म ३३ जिल्लाका केहि न केहि भूभागलाई ओगटेको छ । भूगर्भविद्रूको अध्ययन अनुसार करिब चार करोड वर्षअघि हिमालय उत्पत्तिका क्रममा ग्रेगर र थेगर थुप्रिएर चुरे क्षेत्र निर्माण भएको हो। उत्तरबाट हिउँ पग्लेर बग्दै आउने नदी महाभारत क्षेत्र हुदै अन्तिममा चुरे बाट तराईतिर बग्छन्। त्यसैले पनि यो कमलो ढुङ्गामाटोले बनेको क्षेत्र पर्यावरणीय दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। चुरेको फेदीमा नदीले बगाएर ल्याएका ढुंगा, गिट्टी, बालुवा र कंकडले बनेको भावर क्षेत्र को समथर भूभाग छ। यसले दक्षिणी समथर तराईका लागि पानी सञ्चित गरी भूमिगत जल भण्डारणमा महत्वपूर्ण भूमिका खेल्छ।

नेपालको चुरे क्षेत्रले जम्मा जंगलको ७३ प्रतिशत भु-भाग ओगटेको छ।

तिनाउ नदी

तिनाउ नदी नेपालको एक नदी हो। यसको उद्गम स्थल पाल्पा जिल्ला हो। यो नदी पाल्पा हुँदै रुपन्देही जिल्लामा आएको छ। यसको किनारा मा सिद्द बाबा धाम छ जहाँ भक्तालुजन हरु पूजा आजा गर्न जान्छन। अनि यसको किनार मा बुटवल बजार छ। किनारा मा क्रेसेर मिल हरु छन् जहाँ बाट गिट्टी ढुंगा बालुवा भारत तर्फ निकासी हुन्छ। बुटवल भल्बारी भैरहवा हुँदै यो नदि नेपाल को सिमाना देखि बाहिरिएको छ। अन्तत यो नदि भारत को उत्तर प्रदेश मा गएको छ।

देवभुमी बालुवा

देउभुमि बालुवा नेपालको बागमती अञ्चलको काभ्रे जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा १२२८ वटा घर छन्।

धादिङ जिल्ला

धादिङ नेपालको प्रदेश नम्बर ३ मा अवस्थित मध्यपहाडी जिल्ला हो। उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ। यस जिल्लाको विशेषता केलाउँदै जाँदा राष्ट्र निर्माता पृथ्वीनारायण शाहसँग मैदीकोट, सल्यानकोट, कानाकोट जस्ता ठाउँहरूको प्रसंग जोडिएको पाइन्छ। त्यस्तै प्रसिद्ध राष्ट्रवादी प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेको बगैँचा, पौवा, मन्दिरहरू भग्नावशेषको रूपमा भएपनि बुङकोटघाटमा अझैसम्म रहेको छ। त्रिशूली र बूढीगण्डकी यस क्षेत्र हुँदै बग्ने प्रमुख नदी हो ।

नामिबियाका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा नामिबियाका २ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।

पाँचखाल

पाँचखाल नगरपालिका बागमती अञ्चल‎को काभ्रेपलाञ्चोक जिल्लाको पूर्वी भागमा अवस्थित छ। काठमाडौंबाट ४५ कि.मि. पूर्व उत्तर तथा धुलिखेलबाट १५ किलोमिटर उत्तरी दिशामा पर्ने पाचँखाल नगरपालिका,यस जिल्लाको सवैभन्दा ठूलो समथर बेंशी हो। अरनिको राजमार्गले बीचबाट काटेर गएको यो बेंशी समुद्र सतहबाट ९३७ मिटर (२०७३ फिट)उचाइमा छ। पाँचखाललाई विसं २०७१ मा पाँचखाल, होक्से बजार, अनेकोट र देवभूमी बालुवा गाविसहरू मिलाएर नगरपालिका घोषणा गरिएको हो।

पाथरनाउली

पाथरनाउली दैलेख जिल्लाको दुल्लु नगरपालिका स्थित एक पुरानो नाउली अथवा कुवा हो। पाथर नाउली कीर्तिखम्बदेखी करिब एक किलोमिटर दुरीमा दुल्लु सुर्खेत सडको किनारामा रहेको छ। पाथर नाउलीको अवस्थितिले यो मार्ग सिंजा साम्राज्यकालदेखी नै मुख्य मार्गको रूपमा रहेको देखिन्छ। समतल छानोमाथि पाँचवटा चैत्यहरूलाई थाम्न सक्ने गरी विशाल ढुङ्गाहरूद्वारा निर्माण गरिएको यो नाउली खस साम्राज्यकालिक शिल्पकलाको एउटा अनुपम उदाहरण हो। जमिनको सतहबाट करिब तिन मिटर अग्लो यस नाउलीको कुल परिधी ६ मिटर रहेको छ। नाउलीको प्रवेशद्वार १.३४ मिटर रहेको छ। प्रवेशद्वारको ठिक माथि सात पंक्तीको अभिलेख उत्कृण गरिएको छ। नाउलीको जलासयमा दशवटा तह गरी प्रस्तर पट्टहरू मिलाएर राखिएका छन्। नाउलीको सिलिङ्ग पनि कुशल कारिगरीद्वारा कुँदिएको छ। नाउलीको भित्र पट्टी तिनवटा खोपा रहेका छन्। नाउली छानामाथि बनाएको ५ वटा चैत्यहरूमध्य अहिले मध्य भागको चैत्य मात्र बाँकि रहेको छ। नाउलीको प्रवेशद्वार १.३४ मिटर रहेको छ। प्रवेशद्वारको ठिक माथि सात पंक्तीको अभिलेख उत्कृण गरिएको छ। नाउलीको जलासयमा दशवटा तह गरी प्रस्तर पट्टहरू मिलाएर राखिएका छन्। नाउलीको सिलिङ्ग पनि कुशल कारिगरीद्वारा कुँदिएको छ। नाउलीको भित्र पट्टी तिनवटा खोपा रहेका छन्। नाउली छानामाथि बनाएको ५ वटा चैत्यहरूमध्य अहिले मध्य भागको चैत्य मात्र बाँकि रहेको छ।

यस नाउलीमा माटो, बालुवा र ढुङ्गाहरू भरिएर नाउली पुरिएपछि विक्रम सम्वत २०१२ जेष्ठ महिनामा दुल्लु निवासी केशव बहादुर शाह (माहिला राजा)को सक्रियतामा र स्थानियको सहयोगमा सफा गरिएको थियो। त्यसपछि पुनः विक्रम सम्वत २०१२ मङ्सिर १० गते योगी नरहरिनाथको अगुवाइमा राम्रोसँग सफाइ गरिएपछि नाउलीमा रहेका पाँचवटा मुलहरूबाट पानी निस्केको छ। नाउलीमा रहेको अभिलेखबमोजिम यो नाउली विक्रम सम्वत १४११ पौष २ गते शुक्रवारका दिन खस राजा पृथ्वी मल्लको शासनकालमा देव वर्मा छन्त्यालले निर्माण गराएको देखिन्छ।

बालुवा, काठमाडौं

बालुवा, काठमाडौं बागमती अञ्चलको एक गाँउ विकास समिति हो।

बालुवा समयक

बालुवा समयक (अङ्ग्रेजी: hourglass, sandglass, sand timer) समय मापनको एक साधन अथवा औजार हो।

ब्रह्मपुत्र नदी

ब्रह्मपुत्र (असमिया - ব্ৰহ্মপুত্ৰ, बङ्गाली - ব্রহ্মপুত্র) एसिया महादेशका ठूला नदीहरू मध्येको एउटा हो। यो नदी तिब्बत, भारत तथा बङ्गलादेश हुँदै बग्दछ। ब्रह्मपुत्र को उद्गमस्थल (चीन)को स्वायत्त शासित प्रदेश तिब्बतको दक्षिण-पश्चिम क्षेत्रमा मानसरोवर निकट चेमायुंग दुंग नामक हिमवाहबाट भएको हो, तिब्बतमा यसलाई यार्लुंग छंग्पो(सांग्पो) नदी भनिन्छ । यो नदी भारतको अरुणाचल प्रदेशमा डिहांग(दिहांग) नामले चिनिन्छ र आसाम राज्यमा ब्रह्मपुत्र नामले। बङ्गलादेश पुगेपछि यसलाई जमुना भनिन्छ। यस नदीले २९०० कि.मी. लामो यात्रा पूरा गर्दछ र यसको पथमा पर्ने सम्पूर्ण क्षेत्रहरुलाई सिंचाई, विद्युत् उत्पादन, यातायात, पेयजल, निर्माण सामग्रीहरू( ढुंगा, बालुवा आदि) प्रदान गर्ने एक मात्र नदी हो। यो नदी बङ्गलादेशमा पुगेपछि गंगा नदीको मूल शाखा पद्मासित मिलेर बङ्गालको खाडीमा गएर टुङ्गिन्छ। संस्कृत मा ब्रह्मपुत्रको शाब्दिक अर्थ ब्रह्माको पुत्र हुन्छ ।

माटो

माटो (अङ्ग्रेजी: Soil) पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग हो। यो खासगरी विभिन्न खनिज तत्व, अरग्यानिक तत्व, हावा (विभिन्न ग्याँस), तरल पदार्थ (जस्तै: पानी) र थुप्रै जीवहरुले (आँखाले देख्न सकिने वा नसकिने) बनेको हुन्छ ।

सबैजसो वनस्पतिको मुख्य आधार, पृथ्वीको पानी भण्डारण गर्ने स्थल, वायुमण्डलको मुख्य भाग तथा थुप्रै जीवको वासस्थान पनि माटो नै हो ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजना

माथिल्लो तामाकोशी जलविद्युत दोलखा जिल्लाको निर्माणाधीन परियोजना हो। यो नेपाल विद्युत प्राधिकरण को २०६३-११-२५ मा स्थापना भएको कम्पनि हो । यसको क्षमता ४५६ मेगावाट छ। नेपालिको पुर्ण लगानिमा निर्मान भैरहेको छ।

शंखधर साख्वा

शंखधर साख्वालाई नेपाल सरकारले मिति २०५६/८/३ मा राष्ट्रिय बिभुती घोषणा गरेको हो। (प्रकाश भण्डारी "बिवेक")

शंखधर साख्वा नेपालका राष्ट्रिय बिभूति र नेपाल संबतका प्रवर्तक हुनुहुन्छ। उहां एक समाजसेवी थिए जसले तत्कालीन नेपालीलाई ऋणबाट मुक्ति दिलाए।

नेपाल सम्बतको सुरुवातकर्ता शंखधर साख्वा कान्तिपुरको इलाछेंमा बस्ने व्यपारी थिए। उनले वि. सं. ९३६मा कान्तिपुर र भादगाउँका जनताको सम्पूर्ण ऋण तिरी नेपाल सम्बतको थालनी गरेका थिए। तत्कालीन समाजमा शुद्र जातिलाई पशुपतिका प्रवेसमा बन्देज लगाइएको थियो। कान्तिपुरका राजा राघवदेवले शंखधरको योगदानलार्क्ष कदर गरी शुद्र जातिलार्क्ष पशुपतिमा प्रवेश दिएका थिए। नले प्रचलनमा ल्याएको नेपाल सम्बत वि. सं.१९६० सम्म पनि नेपालको सरकारी कामकजको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। तर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले बिक्रम सम्बतलाई चलनमा ल्याएका थिए।

सप्तकोशी नदी

सप्तकोशी नदी चीनको हृवाङहो नदी पछि तिब्र गतिमा बग्ने बिश्वको दोस्रो ठूलो नदी हो । कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो। यसका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी, इन्द्रावती पर्दछन।

सात वटा मुख्य सहायक नदी मिलेर बनेको हुनाले यसलाई सप्तकोशी पनि भनिन्छ। हिमालय बाट उत्पत्ति भएका यी सहायक नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा सुनसरी जिल्लाको चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्दछ। नेपालको लौकही र हनुमाननगर गाविसको बीचमा बनेको कोशी बाँध पार गरेर यो नदी भारत प्रवेश गर्दछ र भारतको विहार राज्यको कर्सेला घाटमा ग‌ंगा नदीमा मिल्दछ। वर्यषायाममा बाढी आउँदा आसपासका क्षेत्रमा डुबान पार्ने भएकाले यसलाई "विहारको दुःख" पनि भन्ने गरिन्छ।

समय

"समय"लाई सामन्यतया एक देखि अर्को घटनाको अन्तर का रूपमा परिभाषित गर्न सकिन्छ। यस्लाई विभिन्न जुग बाट विभिन्न उपाय अपनाई नाप्ने गरेको पाइन्छ।

समय मापन (नापने) प्रणालीको एउटा महत्वपूर्ण अंग हो। कुनै घटना घटेर बिती सके पछि घटनाको उल्लेख गर्ने बेलादेखि घटना घटेको बेला सम्मको बीचको अंतराललाई हामी समयले नै नाप्ने गर्छौं।

समय मापनको अनेकौं प्रणालीहरू छन्। समय नाप्ने क्षेत्रिय तथा वैज्ञानिक दुबै प्रणाली छन् तर अचेल वैज्ञानिक प्रणाली चलनमा छ र यस प्रणालीमा धोका हुँदैन।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.