पश्चिम

पश्चिम दिशा चार दिशा मध्ये एक घाम अस्ताउने भागतर्फको दिशा हो।

Compass Rose English West
पश्चिम दिशा उल्लेख भएको कम्पास

थप जानकारीका लागि यो पनि हेर्नुहोस्

पूर्व, उत्तर, दक्षिण

इलाम जिल्ला

"इलाम" लेख यहाँ रिडाइरेक्ट हुन्छ। कृपया लेखको अरू उपयोगका लागि इलाम (स्पष्टता) हेर्नुहोला।

इलाम जिल्ला सुन्नुहोस मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर एकमा पर्ने चौध जिल्लामध्ये इलाम एक हो । मुलुकको सुदूरपूर्वमा १७०३ वर्ग किलोमिटर क्षेत्र ओगटेको पहाडी जिल्ला इलामको उत्तरमा पाँचथर, दक्षिणमा झापा, पश्चिममा पाँचथर र मोरङ जिल्लाहरु अनि पूर्वमा भारतको पश्चिम बंगाल अन्तर्गत दार्जिलिङ्ग जिल्ला पर्दछ । समुद्री सतहबाट १४० मिटर उचाइको तराईदेखि उत्तरतिर चुरे पहाड, मध्यपहाड हुँदै ३६३६ मिटरको उच्च पहाडसम्म पुग्ने इलामे धर्तीमा उचाइ अनुसारकै विविध प्रकारको हावापानी पाइन्छ । त्यसैले इलाम जैविक विविधतामा पनि धेरै धनी छ । विभिन्न नगदे वालीका लागि चर्चित इलाम जिल्ला नेपालमा चियाको आदि थलो हो । इलाम बजारको पश्चिम उत्तरी भागमा रहेको चिया कमान नेपालको पहिलो संगठीत कृषि उद्योग हो । यहाँ रहेको चिया कारखाना नेपालको जेठो औद्योगिक कारखाना हो जसबाट बि. सं. १९३५ मा नै प्रशोधित चिया बजारमा ल्याइएको थियो । अलैंची, आलु, अम्लिसो, अदुवा, दूध, किबी फल र विभिन्न प्रकारका जडिबुटी उत्पादनका लागि कहलिएको इलाम हरित कृषिको जिल्ला हो । अत्यन्त आकर्षक र मनमोहक प्राकृतिक सुन्दरताले भरिपूर्ण इलाम नेपालकै उत्तम पर्यटकीय गन्तव्यमा पर्दछ । विविध जात जातिको बसोबास रहेको इलाममा प्राचिन मठ मन्दिर र गुम्बाहरु सांस्कृतिक धरोहरका रुपमा रहेका छन् । लेप्चा जातिको बसोबासो नेपालमा इलाम जिल्लामा मात्रै छ । निकै प्रजातिका चरा, विभिन्न किसिमका पुतली र रेड पाण्डाको वासस्थान रहेको इलाममा प्राकृतिक पोखरी पनि उल्लेख्य मात्रामा छन् । इलामको हाँसपोखरी क्षेत्रलाई सुनगाभाको स्वर्ग भनेर चिनिन्छ । इलामकै उत्तरी भागमा उद्गमस्थल रहेका र दक्षिणतिर बग्ने चार माई खोलाका कारण पुराना मानिस अद्यापि इलामलाई चारखोल भन्ने गर्दछन् ।

नेपालको वर्तमान प्रशासनिक विभाजन अन्तर्गत पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलका चार जिल्ला मध्यको एक पहाडी जिल्ला इलाम नेपालका पचहत्तर जिल्लामध्ये सबैभन्दा पूर्वमा अवस्थित एक रमणीय जिल्ला हो। हालको इलाम जिल्ला नेपाल एकीकरण हुनु भन्दा अगाडि राई र लिम्बु जातिहरूको किराँत राज्य थियो। त्यसमा पनि प्राचिन समयमा लिम्बु जातिहरूकै बाहुल्यता भएकाले इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबाट भएको मानिन्छ। महाभारत र शिवालिक पर्वत श्रृंखलाको पूर्व दक्षिण काखमा अवस्थित नेपालको सुदूर पूर्वी पहाडी जिल्ला इलाम बास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ। यहाँको चियाबारी, हरियाली, साना-ठूला नदी-नाला, पोखरी, मठ-मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरता पर्यटक आकर्षणका तत्त्व हुन। प्राकृतिक बरदानस्वरूप रहेको यहाँको उर्वर भूमि एवं पौरखी कृषकहरूको अथक मेहनतले गर्दा यो जिल्ला आर्थिकरूपले धनी मानिन्छ। साँस्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरूमा समृद्ध रहेको यो जिल्ला "पहाडकी रानी, नगदेबालीको खानी" जस्ता उपनामले चिनिन्छ। इलाम जिल्लालाई विभिन्न 'अ'को जिल्ला भनेर पनि चिनिन्छ। यसै क्रममा यसलाई हाल ८ 'अ'को जिल्ला भनेर चिनिन्छ। जसमा 'अ'को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दुध), अम्लिसो, आलु र अतिथि सत्कार हुन्छ। पूर्व-पश्चिम राजमार्गको चारआलीबाट मेची राजमार्गमा ७८ किलोमिटरको दुरी पार गरेपछि इलाम सदरमुकाम पुगिन्छ।

इलाम जिल्लाको क्षेत्रफल १७०३ वर्ग किलोमिटर र जनसङ्ख्या २०६८ को जनगणना अनुसार २९०,२५४ जना रहेको छ।

कोलकाता

कोलकाता /koʊlˈkɑːtɑː/, पहिले कलकत्ता /kælˈkʌtə/, भारतको दोस्रो सबैभन्दा ठुलो महानगर हो । यो पश्चिम बङ्गालको राजधानी र भारतको पाँचौ ठुलो बन्दरगाह पनि हो । यो बङ्गालको खाडीको शीर्ष तट देखि १८० किलोमीटर टाढा गंगाको देब्रे किनारामा स्थित छ । यहाँको जनसङ्ख्या २ करोड २९ लाख हो । यो शहरको इतिहास अत्यंत प्राचीन छ ।यसको आधुनिक स्वरूपको विकास अंग्रेजहरू एवं फ्रान्सको उपनिवेशवादको इतिहास संग जोडीएको छ । अहिलेको कोलकाता आधुनिक भारतको र इतिहासको अनेकौ गाथाहरू एक आपसमा मिलेका छन् ।यो शहरलाई जहा भारतको शैक्षिक एवं सांस्कृतिक परिवर्तनहरुको प्रारम्भिक केन्द्र बिन्दुको रूपमा परिचय मिलेको छ भने उही अर्को तर्फ़ यसलाई भारतमा साम्यवाद आंदोलनको गढ़को रूपमा पनि मान्यता मिलेको छ ।महलहरुको यो सहरलाई "सिटी आफ जाय "को नामले पनि जनिन्छ ।

खेतीपाती (पत्रिका)

खेतीपाती (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य वी.एल. भोमिक र पदम कुमारद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक पश्चिम वङ्गाल सरकार हो। यसको प्रकाशन दार्जीलिङमा मासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०१०मा प्रकाशित भएको थियो।

चितवन जिल्ला

चितवन जिल्ला नेपालको ७७ जिल्ला मध्ये एक जिल्ला हो। यो जिल्ला नेपालको प्रदेश नं. ३को दक्षिण-पश्चिम भागमा अवस्थित छ। यस जिल्लाको सदरमुकाम भरतपुर हो जुन नेपालको चौँथो ठूलो सहर हो। यो जिल्लाको धेरैजसो भूभाग चितवन उपत्यकामा रहेको छ भने यसको उत्तरी भागमा महाभारत पर्वत श्रृङ्खला छ। भरतपुर नेपालको मध्य पश्चिम क्षेत्रको व्यापारिक नगर हो। यस क्षेत्रमा ठूला-ठूला व्यापारिक तथा सेवा संस्थाहरू छन्। भरतपुर मध्यक्षेत्रमा बसोवास गर्ने नेपाली जनताको लागि उच्च शिक्षा, व्यापार र यातायातको केन्द्र बिन्दु मानिन्छ। नारायणघाट नारायणी नदीको किनारमा बसेको चितवनको अर्को ठूलो बजार हो। चितवन जिल्लाको क्षेत्रफल २२३८.३९ वर्ग किलोमिटर रहेको छ।

झापा जिल्ला

झापा जिल्ला ( उच्चारण ; अङ्ग्रेजी Jhapa District) नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्यधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ८१,२६५० रहेको छ । यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार रहेको छ। उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला रहेका छन् । यस जिल्लामा ३३ गाउँ विकास समितिहरू, ८ नगरपालिकाहरू, ७ संसदीय निर्वाचन क्षेत्रहरू, १७ इलाकाहरू, एवं १९३४ वस्तीहरू रहेका छन्। मानव विकास समग्र सूचकाङ्कमा तेस्रो स्थानमा रहेको यस जिल्लाको सदरमुकाम चन्द्रगढी हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा होचो भू-भाग केचनाकवल -५८ मी. र नेपालको सबभन्दा लामो पक्की पुल कन्काई (७०२ मी.) पनि यसै जिल्लामा पर्दछ। देशको केन्द्रीय राजनीतिमा मुख्य भूमिका खेल्दै आएको झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्वपूर्ण जिल्ला हो। यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिका र काकरभिट्टा हुन् । यस जिल्लाका प्रसिद्ध पर्यटकीय एवं तीर्थस्थलहरूमा कन्काई धाम कोटीहोम, अर्जुनधारा,जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम, धनुषकोटी धामआदि पर्दछन् । झापाका प्रमुख नदी भनेर कनकाई नदी, बिरिङ नदी, रतुवा नदी मावा नदी, र मेची नदीलाई जानिन्छ ।

नुवाकोट जिल्ला

नुवाकोट जिल्ला नेपालको मानचित्रमा मध्य क्षेत्रको प्रदेश नं. ३ अर्न्तगत राजधानी काठमाडौंको उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो । नुवाकोट जिल्लाको जनसंख्या २८८,४७८ रहेको छ।[स्रोत नखुलेको] नुवाकोट जिल्लाको सदरमुकाम बिदुर हो।

नेपालका जिल्लाहरू

नेपाललाई १४ अञ्चल र ७७ जिल्लामा विभाजन गरिएको छ । अञ्चल अनुसारका जिल्लाहरू तल उल्लेखित छन् र जिल्ला सदरमुकामहरूको नाम कोष्टकमा दिईएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ भदौ ५ गतेको बैठकले नवलपरासी र रुकुमलाई दुई/दुई जिल्ला बनाउने निर्णय गरेको थियो । सरकारको निर्णयानुसार आयोगले प्रदेश नं ४ मा पर्ने नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० र प्रदेश नं ५ मा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी दुई तथा प्रदेश नं ५ मा पर्ने रुकुम (पूर्वी भाग) र प्रदेश नं ६ मा रहने रुकुम (पश्चिम भाग) गरी कायम भएका दुई जिल्लासहित चार जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन गराउने निर्णय गरेको हो ।

नेपाली भाषा

नेपाली भाषा नेपालको सम्पर्क भाषा तथा भारत, भुटान र म्यानमारको केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो। यो भाषा भारोपेली भाषा परिवार समूहमा पर्दछ। यो भाषा नेपाल र भारतको आधिकारिक (सरकारी कामकाजको) भाषा पनि हो। नेपालका करिब आधा जनसङ्ख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन्। देवनागरी लिपिमा लेखिने यो भाषामा २ किसिमका वर्णमाला छन्। स्वरवर्णमा १२ र व्यञ्जनवर्णमा ३६ वटा वर्णहरू रहेका छन्। अक्षरको लेखन र उच्चारण एउटै हुने यो भाषा सिक्न निकै सजिलो भएका कारण यसको लोकप्रियता बढेको हो। नेपाली भाषा विभिन्न समयमा विभिन्न नामले चिनिन्थ्यो; जस्तैखस कुरा, पर्वते भाषा तथा गोर्खाली भाषा आदि। यी मध्ये खस कुरा सबैभन्दा पुरानो नाम हो। खस जातिहरूले बोल्ने भाषा भएको हुनाले यसलाई खस भाषा भनिएको हो। यो भाषा पश्चिम नेपालको कर्णाली क्षेत्रमा विकसित भएर पूर्वतर्फ फैलदै गएको हो। खस कुरा पश्चिम नेपालको मगर जातिले बोल्ने भाषा खाम कुरा सँगै विकसित भएर अगाडि बढेको मानिन्छ|

पश्चिम बङ्गाल

पश्चिम बङ्गाल (/wɛst bɛŋˈɡɔːl/; बङ्गाली उच्चारण: [pɔʃtʃimbɔŋɡɔ], lit. "Western Bengal") भारतको एउटा राज्य हो जुन भारतको पूर्वी भेगमा अवस्थित छ । पश्चिम बङ्गाल भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको चौथौ राज्य हो । यहाँ लगभग ९ करोड १३ लाख मानिसको बसोबास ८८७५२ वर्ग किमी क्षेत्रमा रहेको छ । पश्चिम बङ्गाल बङ्गलादेश, नेपाल तथा भुटान जस्ता राष्ट्रहरुको सिमामा रहेको छ भने यसको उत्तर-पूर्वमा उडिसा, झारखण्ड, बिहार, सिक्किम तथा असम जस्ता राज्यहरू रहेका छन् । पश्चिम बङ्गालको राजधानी कोलकाता हो ।

पश्चिम वङ्गाल (पत्रिका)

पश्चिम वङ्गाल (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य पी.एस. माथुरद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक पश्चिम वङ्गाल सरकार हो। यसको प्रकाशन कलकत्तामा साप्ताहिक अवधिमा हुन्छ। यसको पहिलो प्रति -मा प्रकाशित भएको थियो।

पूर्वाञ्चल विकास क्षेत्र

पूर्वाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पूर्वमा स्थित छ। यसको पूर्वमा भारतको सिक्किम तथा पश्चिम बङ्गालको दार्जीलिङ तथा पश्चिममा नेपालको मध्यमाञ्चल तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको बिहार स्थित छ। पूर्वाञ्चलको मुख्यालय धनकुटामा स्थित छ। पूर्वाञ्चलमा ३ वटा अञ्चल तथा १६ वटा जिलाहरू छन्।

यो क्षेत्र नेपालको तेश्रो सबभन्दा ठुलो विकास क्षेत्र हो तर जनसङ्ख्याको हिसाबले नेपालको दोश्रो सबभन्दा ठुलो जनसङ्ख्या भाको विकास क्षेत्र हो। यस क्षेत्रको क्षेत्रफल २८,४५६ किमी2 (१०,९८७ वर्ग माइल) छ र जनसङ्ख्या ५८११५५५ जना छ। यस क्षेत्रको जनसङ्ख्या घनत्व २०४.२ व्यक्ति/किमा२ छ।

बङ्गलादेश

बङ्गलादेश (/ˈbɑːŋɡlədɛʃ/ बङ्गाली: বাংলাদেশ, आधिकारिक नाम जनगणतान्त्रिक बङ्गलादेश) दक्षिण एसियाको एउटा राष्ट्र हो। देशको उत्तर, पूर्व र पश्चिम सीमाना भारत र दक्षिणपूर्व सीमाना म्यानमार देशसँग जोडिएको छ ; दक्षिणमा बङ्गालको खाडी छ। बङ्गलादेश र भारतीय राज्य पश्चिम बङ्गाल एउटा बंगलाभाषी अञ्चल, बङ्गाल हो, जस्को ऐतिहासिक नाम “বঙ্গ” बङ्गो वा “বাংলা” बांग्ला हो। यसको सीमारेखा त्यस समय निर्धारित भयो जब १९४७ मा भारतको बिभाजनको बेला यसलाई पूर्वी पाकिस्तानको नामबाट पाकिस्तानको पूर्वी भाग घोषित गरिएको थियो। पूर्व र पश्चिम पाकिस्तानको बिच लगभग १६०० किमी (१००० माइल)को भौगोलिक दूरी थियो। पाकिस्तानको दुबै भागहरूको जनताको धर्म (इस्लाम) एउटै थियो, तर उनीहरूको बीच जाति र भाषागत दूरी थियो। पाकिस्तानको तत्कालिन सरकारको अन्यायको विरुद्ध १९७१ मा भारतको सहयोगबाट एउटा छुट्टै बङ्गलादेश स्वतन्त्रता आन्दोलन पछि स्वतन्त्र राष्ट्र बङ्गलादेशको उदभव भयो। स्वतन्त्र पछि बङ्गलादेशको केही शुरुआती वर्ष राजनीतिक अस्थिरताबाट परिपूर्ण थियो, देशमा १३ शासक बदलिन पुगे र ४ सैनिक बिद्रोह भयो। विश्वको सबैभन्दा धेरै जनशक्ति भएको देशहरूमा बङ्गलादेशको स्थान आठौं छ तर क्षेत्रफलको दृष्टिबाट बङ्गलादेश विश्वमा ९३औँ स्थानमा छ। फलस्वरूप बङ्गलादेश विश्वको सबै भन्दा घना आबादी भएको देशहरू मध्ये एउटा हो। मुसलमान- सघन जनसङ्ख्या भएको देशहरूमा बङ्गलादेशको स्थान चौथो हो , जबकि बङ्गलादेशको मुसलमानको संख्या भारतको अल्पसंख्यक मुसलमानको संख्या भन्दा कम छ। गंगा-ब्रह्मपुत्रकोमा अस्थित यो देश, प्रतेक साल मौसमी उत्पातको शिकार हुदछ, र हुरीबतास पनि अती सामान्य हो। बङ्गलादेश दक्षिण एसियाई आञ्चलिक सहयोग संस्था, सार्क र बिम्सटेकको प्रतिष्ठित सदस्य हो। योओआइसी र डी-8को पनि सदस्य हो।

बागलुङ जिल्ला

बागलुङ जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलमा अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्लाले झोलुङ्गे पुलको जिल्लाका रूपमा पनि अर्को चिनारी बनाएको छ। नेपाल भित्रको सानो नेपाल नामले परिचित बागलुङ जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने प्राकृतिक रूपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला हो।

बुटवल उपमहानगरपालिका

बुटवल उपमहानगरपालिका नेपालको लुम्बिनी अञ्चलको रूपन्देही जिल्लाको एउटा उपमहानगरपालिका हो । यो शहर तिनाउ अथवा तिलोत्तमा नदिको किनारमा अवस्थित रहेको छ । बुटवल उपमहानगरपालिका रूपमा २०७१ साल मङ्सिर १६ गते नगरपालिकाबाट उपमहानगरपालिका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि उपमहानगरपालिका घोषणा भएको हो । बुटवललाई उपमहानगरपालिका घोषित गर्दा यसमा सेमलाल तथा मोतिपुर गाविसलाई समावेश गरेर यसलाई उपमहानगरपालिका घोषणा गरिएएको हो । बुटवलको २२ किमि दक्षिणमा भैरहवा शहर रहेको छ । यो नगर पश्चिम नेपालको प्रवेशद्वारको रूपमा रहेको छ । यो नगर महेन्द्र राजमार्ग तथा सिद्दार्थ राजमार्ग द्वारा नेपालको पूर्व पश्चिम तथा उत्तर दक्षिण जोडीएको छ। यातायातको सुविधा तथा भौगोलिक अवस्थितिको कारणले बुटवल पश्चिम नेपालको एक प्रमुख वाणिज्य केन्द्रको रूपमा विकास भैरहेको छ।

यो पाहड र तराइको संगममा बसेको छ। एक लाखको हाराहरी जनसङ्ख्या रहेको बुटवल द्रुतगतीमा बिस्तारीत भइरहेको छ यातायातको केन्द्र रहेको बुटवलमा केही अन्चल स्तरीय कार्यालयका साथै इलाका स्तरीय कार्यालय रहेका छन। बुटवल बहुमुखी, वाणिज्य क्यम्पस, तिलोतमा क्याम्पस लगायतका अरू क्याम्पस तथा विद्यालय रहेको बुटवलमा लुम्बिनी अञ्चल अस्पतालका साथै सिदार्थ वाला अस्पताल लगायत अन्य सामुदायीक तथा प्राइभेट स्वास्थ संस्था समेत रहेका छन। प्रसिद्ध सिद्धबाबा मन्दिर, जीतगढी किल्ला, फुलवारी आदी छन यो शहर तिनाउनदीको किनारमा बसेको छ। बुटवलको टेलीफोन कोड नं. ०७१ रहेको छ।

मध्यमाञ्चल विकास क्षेत्र

मध्यमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा पूर्वाञ्चल विकास क्षेत्र, पश्चिममा पश्चिमाञ्चल विकास क्षेत्र तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको बिहार स्थित छ। मध्यमाञ्चलको सदरमुकाम काठमाडौंमा स्थित छ। मध्यमाञ्चलमा ३ वटा अञ्चल तथा १९ वटा जिलाहरू छन्।

यो क्षेत्र क्षेत्रफलको हिसाबले नेपालको चौथो सबैभन्दा ठुलो विकास क्षेत्र हो जस्को क्षेतफल छ २७,४१० किमी2 (१०,५८० वर्ग माइल) तर जनसँख्याको हिसाबले नेपालको सबभन्दा बढी जनसँख्या हुने विकास क्षेत्र हो। यहाँ ९६,५६,९८५ व्यकि लगभग निवास गर्छन। ३५२.३ व्यक्ति/किमी२ जनसँख्या घनत्व भएको यो क्षेत्र नेपालकै सबैभन्दा उच्च घनत्व भएको विकास क्षेत्र हो।

यसै क्षेत्रमा पर्ने काठमाण्डौ उपत्यकाको क्षेत्रफल ९५० किमी2 (३७० वर्ग माइल) छ; यस क्षेत्रको लम्बाई ३५ किमी (२२ माइल) पूर्व-पश्चिम, र चौडाई ३० किमी (१९ माइल) उत्तर-दक्षिण छ।

यस क्षेत्रमा धेरै महत्व राख्ने नदी हो बागमती, जुन कोशीको सहायक नदी हो। यो नदी काठमाण्डौ उपत्यका हुँदै बगेको छ। बागमती नदीलाई हिन्दू तथा बुद्ध धर्म माननेवालाहरु द्वारा पवित्र नदी मानिन्छ।

यस क्षेत्रमा पर्ने अन्य नदिहरु छन कमला नदी, लखनदेई नदी र विष्णुमति नदी। यी सबै साना नदीहरू बागमती नदीको सहायक नदी हुन।

रेडियो सुदुर आवाज

रेडियो सुदुर आवज सुदूर पश्चिम को डडेलधुरा जिल्लाको सदरमुकाम अमरढी ५ खलङ्गा मा अवस्थित छ । यो रेडियो ५०० किलोवाट क्षमता को छ ।यो रेडियोले ९५ .० Mh बाट आप्ना सम्पुर्ण प्रशारण गर्दै आएको छ । यसको प्रसारण सुदूर तथा मध्य पश्चिमका धेरैजसो जिल्लाहरूमा प्रष्ट सुन्न सकिन्छ। यसले बिहान ०४:५७ देखि रातको ११:०० बजेसम्म विविध कार्यक्रम प्रसारण गर्छ| यहाँको फोन नं. ०९६-४२०७४७ हो |

लामोठुँडे पाल्कोटे

लामोठुँडे पाल्कोटे नेपाल लगायत उत्तर-पश्चिम भियतनाममा पाइने एक प्रकारको चराको प्रजाति हो । यसको प्रमुख वासस्थान उष्ण तथा समशितोष्ण पहाडी जङ्गलहरू हुन् ।

२७ अप्रिल

ढाँचा:अप्रिल २०१९

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.