नगरपालिका

नगरपालिका सामान्यतया एउटा व्यापारिक केन्द्र र आत्म-सरकार वा क्षेत्राधिकार हो जसमा सामान्यतया सामान्य सुविधा सम्पन्न भएको एउटा शहरी प्रशासनिक केन्द्र हुन्छ ।[१] एउटा नगरपालिका एउटा सामान्य-उद्देश्य प्रशासनिक उपशाखा हो । नगरपालिका (Municipality) शब्द फ्रान्सेली "municipalité" र ल्याटिन शब्द "municipalis" बाट लिइएको हो । एउटा नगरपालिका सार्वभौम राज्य देखि लिएर कुनै पनि राजनीतिक क्षेत्राधिकार हुन सक्छ ।

Nepal Patan Mangal
ललितपुर महानगरपालिका, भित्र रहेको पाटन दरवार क्षेत्रको दृश्य । यो क्षेत्रलाई युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्रमा सामेल गरेको छ ।

नेपालमा नगरपालिका

नेपालमा हाल नगरपालिकाको संख्या २१७ रहेकोे छ । १ महानगरपालिका ,१२ उपमहानगरपालिका र २०४ वटा नगरपालिका रहेको छ जुन २०७२/०६/०१ को निर्णय अनुसार भएको हो । ।[२][३]

सन्दर्भ सामग्री

  1. "Municipality", Merriam-Webster।
  2. "municipality definition", Yourdictionary.com।
  3. "नेपालका' नगरपालिकाहरू", नेपाल सरकार, संघीय मामला तथा स्थानीय विकास मन्त्रालय।

वाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्

उदयपुर जिल्ला

उदयपुर जिल्ला नेपालको प्रदेश नं. १ को पश्चिम-दक्षिण हिस्सामा अवस्थित छ। यस जिल्लाले महाभारत पर्वत श्रृङ्खलादेखि चुरे पर्वतमालासम्मको भू-भाग समेटेको छ। यसको कुल क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको छ। क्षेत्रफलको हिसाबले यो जिल्ला नेपालको २७औं पूर्वाञ्चल विकास क्षेत्रको चौथो र सगरमाथा अञ्चलको दोस्रो स्थानमा पर्दछ। देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योग "उदयपुर सिमेन्ट उद्योग" यस जिल्लामा रहेकोले यस जिल्लालाई परिचय गराउन थप मद्दत पुगेको छ। यो जिल्ला महाभारत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खलाबीच रहेकाले महाभारत श्रृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरू, छरिएका र पातलिएका बस्तीहरू छन्। भने महाभारत फेदिदेखि चुरे श्रृङ्खलाको बीचमा दुईवटा ठूला-ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रूपमा गणना गरिन्छ। यस जिल्लाको पश्चिममा रहेको फाँटमा कटारी नगरपालिका को केहि भाग (पुरानो विभाजन अनुसार त्रिवेणी गाविस, रिश्कु गाविस र कटारी गाविस) रहेको छ भने पूर्वी भागको ठूलो फाँटमा बेलका नगरपालिका (पुरानो विभाजन अनुसार तपेश्वरी गाविस र रामपुर ठोक्सिला गाविस), चौदण्डीगढी नगरपालिका (पुरानो विभाजन अनुसार बेल्टार गाविस, बसाहा गाविस, सुन्दरपुर गाविस र हडिया गाविस) तथा त्रियुगा नगरपालिका को केहि भाग (पुरानो विभाजन अनुसार त्रियुगा नगरपालिका र जोगीदह गाविस) रहेको छ। नगरपालिकाहरुको बाँकी क्षेत्र तथा सबै गाउँपालिकाहरु सामान्य पहाडदेखि विकट पहाडमा पर्दछन्। २०६८ सालको जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या ३,१७,५३२ जना रहेको छ ।

कञ्चनपुर जिल्ला

कञ्चनपुर नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र, महाकाली अञ्चलमा अवस्थित एक जिल्ला हो। यो जिल्ला नेपालको तराई प्रदेशमा पर्दछ। कञ्चनपुर जिल्लाको प्रमुख आर्थिक र व्यापारिक क्षेत्र महेन्द्रनगर हो।

कैलाली जिल्ला

कैलाली नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चलमा अवस्थित समथर भूभाग तथा पहाड मिश्रित जिल्ला हो । यसको जिल्लाको क्षेत्रफल ३,२३५ वर्ग किलोमिटर र जनसङ्ख्या (२०५८) 7१,६६९७ रहेको छ। कैलाली जिल्लाको सदरमुकाम धनगढी हो । यस जिल्लामा छ वटा नगरपालिका छन् :लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका, अत्तरिया नगरपालिका, घोडाघोडी नगरपालिका, भजनी-त्रिशक्ती नगरपालिका र धनगढी उपमहानगरपालिका । टीकापुरमा अवस्थित "टीकापुर बृहत उद्यान" नेपालकै सबैभन्दा ठूलो मानव निर्मित उद्यान हो । कैलाली जिल्लामै रहेको "घोडाघोडी ताल"लाई विश्व सम्पदा सूचीको संरक्षित सिमसार क्षेत्रमा राखिएको छ । कैलाली र कंचनपुरका प्रमुख देवता श्री कार्तिकेय (मोहन्याल),ग्वाशी समैजी , बैजनाथ ,सिद्धनाथ हुन् ।

गाउँपालिका

गाउँपालिका गाउँ विकास समितिलाई बिस्तार गरेर बनाइएको नेपालको नयाँ निर्मित स्थानीय प्रशासनिक एकाई हो। हालै सरकारले गाविस विघटन गरी गाउँपालिका बनाएको हो ।वि.सं .२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविस विघटन गरि ४ सय ७९ गाउँपालिका बनाएको थियो । गाउँपालिकामा कम्तिमा पाँच देखि नौ वटा सम्म वडाहरू हुन्छन् । मन्त्रालयले साबिकका ३५ वटा गाउँपालिकालाई नगरपालिका बनाएको कारण साबिक ४ सय ७९ गाउँपालिकाको सङ्ख्या घटेर ४ सय ६३ कायम भएका छन् ।

झापा जिल्ला

झापा जिल्ला ( उच्चारण ; अङ्ग्रेजी Jhapa District) नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ८१,२६५० रहेको छ । यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार रहेको छ। उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला रहेका छन् । यस जिल्लामा ३३ गाउँ विकास समितिहरू, ८ नगरपालिकाहरू, ७ संसदीय निर्वाचन क्षेत्रहरू, १७ इलाकाहरू, एवं १९३४ वस्तीहरू रहेका छन्। मानव विकास समग्र सूचकाङ्कमा तेस्रो स्थानमा रहेको यस जिल्लाको सदरमुकाम चन्द्रगढी हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा होचो भू-भाग केचनाकवल -५८ मी. र नेपालको सबभन्दा लामो पक्की पुल कन्काई (७०२ मी.) पनि यसै जिल्लामा पर्दछ। देशको केन्द्रीय राजनीतिमा मुख्य भूमिका खेल्दै आएको झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्वपूर्ण जिल्ला हो। यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिका र काकरभिट्टा हुन् । यस जिल्लाका प्रसिद्ध पर्यटकीय एवं तीर्थस्थलहरूमा कन्काई धाम कोटीहोम, अर्जुनधारा,जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम, धनुषकोटी धामआदि पर्दछन् । झापाका प्रमुख नदी भनेर कनकाई नदी, बिरिङ नदी, रतुवा नदी मावा नदी, र मेची नदीलाई जानिन्छ ।

नेपालका नगरपालिकाहरू

नेपालमा हालसम्म २१७ नगरपालिकाहरू घोषणा भैसकेका छन। जसमध्ये १ महानगरपालिका, १२ उप-महानगलपालिका र २०४ नगरपालिकाहरू रहेका छन। नेपालको पहिलो नगरपालिका ललितपुर नगरपालिका हो। जुन १९७५ पौष २ गते घोषणा गरिएको थियो। काठमाडौं महानगरपालिका २०५२ मंसिर २९ गते घोषणा गरिएको हो। त्यस्तै ललितपुर उपमहानगरपालिका, पोखरा उपमहानगरपालिका र विराटनगर उपमहानगरपालिका २०५२ माघ १८ गते घोषणा गरिएका थिए भने बीरगञ्ज उपमहानगरपालिका २०५५ कार्तिक २५ गते घोषणा गरिएको थियो।

नेपालका स्थानीय तहहरू

नेपालको संविधानको धारा ५६ (१) ले सङ्घ, प्रदेश र स्थानीय तह गरी ३ तहको राज्यको मूल संरचना रहने व्यवस्था गरी सोही धाराको उपधारा (४) र (५) ले स्थानीय तह तर्फ गाउँपालिका र नगरपालिका रहने व्यवस्था गरेको छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गरेको थियो । मन्त्रालयले २०७४ जेष्ठ १२ गते तराईका १६ जिल्लामा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेर तथा स्तरोन्नति गर्दा स्थानीय तहको कुल सङ्ख्या ७ सय ४४ बाट बढेर ७ सय ६६ पुगेको थियो । स्थानीय तह बढाएको निर्णयमाथि सर्वोच्च अदालतमा अधिवक्ता धनबहादुर श्रेष्ठ र कृष्णचन्द झाले स्थानीय तहको सङ्ख्या बढाउन नपाउने भन्दै दायर गरेको रिटमाथि सर्वोच्चका न्यायधीश ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले स्थानीय तहको सङ्ख्या नथप्न अन्तरिम आदेश जारी गरेको थियो । वि.सं. २०७४ साउन २६ गते सर्वोच्चका प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले स्थानीय तहको सङ्ख्या हेरफेर गर्न नपाउने निर्णयलाई उल्टाएको थियो । जसको फलस्वरूप सरकारले वि.सं. २०७४ साउन २८ गते स्थानीय तहको सङ्ख्या ७४४ बाट बढाएर ७५३ मा सीमित गरेको छ । नयाँ निर्णय अनुसार अब नेपालमा जम्मा ७५३ स्थानीय तह रहेको छ जसमा ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिका) रहेको छ ।

नेपालको प्रशासनिक विभाजन

नेपालको भूभाग ५ विकासक्षेत्र, १४ अञ्चल र ७५ जिल्लाहरूमा, २१७ नगरपालिका तथा ३१५७ गाविस मा वर्गीकृत छ।

पाँचखाल

पाँचखाल नगरपालिका बागमती अञ्चल‎को काभ्रेपलाञ्चोक जिल्लाको पूर्वी भागमा अवस्थित छ। काठमाडौंबाट ४५ कि.मि. पूर्व उत्तर तथा धुलिखेलबाट १५ किलोमिटर उत्तरी दिशामा पर्ने पाचँखाल नगरपालिका,यस जिल्लाको सवैभन्दा ठूलो समथर बेंशी हो। अरनिको राजमार्गले बीचबाट काटेर गएको यो बेंशी समुद्र सतहबाट ९३७ मिटर (२०७३ फिट)उचाइमा छ। पाँचखाललाई विसं २०७१ मा पाँचखाल, होक्से बजार, अनेकोट र देवभूमी बालुवा गाविसहरू मिलाएर नगरपालिका घोषणा गरिएको हो।

भक्तपुर जिल्ला

भक्तपुर (भादगाउँ वा ख्वःप) नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बाग्मती अञ्चलमा अवस्थित एक प्राचिन सहर हो जुन काठमाडौंउपत्यकाको पूर्वी भागमा पर्दछ। यो सहर भक्तपुर जिल्ला अन्तर्गत भक्तपुर नगरपालिकामा पर्दछ। क्षेत्रफलको हिसावले भक्तपुर जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो। मध्यपुर (थिमी) नगरपालिका पनि यही जिल्लामा पर्दछ। भक्तपुर जिल्ला भादगाउँले टोपी र जुजु धौ भनिने स्थानीय दहीको परिकारका लागि प्रशिद्ध छ। भक्तपुरमा ख्वःप कलेज र ख्वःप इन्जिनियरिङ्ग कलेजहरू छ्न् जुन भक्तपुर नगरपालिकाले सञ्चालन गर्दछ।

मिर्चैया नगरपालिका

मिर्चैया नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सिराहा जिल्लामा अवस्थित एउटा नगरपालिका हो । रामनगर मिर्चैया बजार भएको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।

राजविराज नगरपालिका

नेपालको पहिलो टाउन प्लानिङ्ग गरी बसाइएको सप्तरी जिल्लाको सदरमुकाम राजविराज तराईको सबैभन्दा पहिलो र अधिराज्यको चौथो नगरपालिका हो। वि.सं. १९९४ तिर सप्तकोशी नदीले पुरानो सदरमुकाम हनुमाननगर लाई कटान गर्न थाले पछि सदरमुकाम अन्यत्र सार्न उपयुक्त ठाउँको खोजी हुन थाल्यो। तत्कालीन बडा हाकिम प्रकाश शमशेर जबराले उपयुक्त ठाउँ खोजेर सहर बसाउने जिम्मेवारी ख्याति प्राप्त इन्जिनियर डिल्लीजङ्ग थापा लाई सुम्पेका थिए। उनले आफ्नो जमीनन्दारी मौजा रहेको जोलहरी मलेठ गाउँ नजीकैको राजपुर मौजामा सदरमुकाम बसाउने निधो गरे । त्यस बेला सुन्दर सहरको रूपमा प्रसिद्धि पाएको भारत जयपुरको नक्सा बमोजिम टाउन प्लानिङ्ग गरी विं.सं.१९९८ मा राजविराज शहर बसाइयो ।

रेडियो आँधीखोला

स्याङ्जामा आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड द्वारा सहकारी मूल्य-मान्यता र सिद्धान्त अनुसार सञ्चालन हुने गरी सहकारी ऐन २०४८ अन्तर्गत स्थापित रेडियो आँधीखोला एक सञ्चार सहकारी संस्था हो। यसको औपचारिक समुद्द्याटन २०६४ साल मंसिर ६ गते भई यस अन्तर्गत रेडियो आँधीखोला १०५.४ मेगाहर्ज सञ्चालन भई आएको छ। राष्ट्रमै शिक्षा र चेतनाको हैसियतले विशिष्ट प्रतिष्ठा आर्जन गर्न सफल स्याङ्जाबासीहरुको र जिल्लामा सञ्चार क्षेत्रमा कार्य गर्ने कुनै पनि इलेक्ट्रोनिक मिडिया स्थापित नभएको अवस्थामा स्याङ्जाको मध्यवर्ती क्षेत्र वालिङ नगरपालिका र यसको सेरोफेरोमा बस्ने विभिन्न बर्ग, धर्म, समुदाय, जातजाति र आस्थासँग सम्बद्ध ब्यक्तिहरुको सामुहिक आर्थिक लगानी र प्रयासमा रेडियो आँधीखोलाको जन्म भएको हो।

लहान नगरपालिका

महेन्द्र राजमार्गमा अवस्थित सिरहा जिल्लाको लहान नगरपालिका सुन्दर, शान्त र हराभरा छ। वि.सं. २०३२ मा सरकारद्वारा लहान बजार, लहान गोठ र सिग्याही मटियर्वा गाविस मिलाएर नगरपञ्चायत स्थापना गरिएको थियो। नगरपालिकाको २०३३ देखि २०५४ सालसम्मको पाँच पटक निर्वाचन भयो। पाँच पटकको निर्वाचनमा लगातार तीनपटक लगनलाल चौधरी नगरप्रमुखमा विजयी भएका थिए। वि.सं. २०३३ को निर्वाचनमा भने पहिलो प्रधानपञ्चको रूपमा रामलोचन महतो र उप-प्रधानपञ्चमा विश्वनाथ चौधरी विजयी भएका थिए। त्यसैगरी २०४९ सालको निर्वाचनमा नगरप्रमुखमा लगनलाल चौधरी र उप-प्रमुखमा प्रकाशबहादुर के.सी. विजयी भए। वि.सं. २०५४ को निर्वाचनमा प्रमुखमा मुनी साह र उप-प्रमुखमा राजेन्द्र महतो विजयी भएका थिए। त्यसपछि तोकिएको समयमा निर्वाचन हुन नसक्दा श्री ५ को सरकारद्वारा नगरप्रमुखमा प्रकाशबहादुर के.सी. र उप-प्रमुखमा सागरलाल चौधरीलाई मनोनित गरिएको थियो।

सर्लाही जिल्ला

सर्लाही जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित अत्यधिक जनघनत्व भएको जिल्ला हो। यस जिल्लाको पूर्वमा बाँके तथा हर्दी नदी पश्चिममा बागमती नदी सिमा नदीको रूपमा बगेका छन।

सिराहा नगरपालिका

सिराहा नगरपालिका नेपालको पूर्वाञ्चल विकाश क्षेत्र, सगरमाथा अञ्चलको सिराहा जिल्लामा अवस्थित नगरपालिका हो। यो सिराहा जिल्लाको जिल्ला सदरमुकाम पनि हो ।

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा पश्चिममा भारतको उत्तराखण्ड तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दीपायलमा स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा २ वटा अञ्चल तथा ९ वटा जिल्लाहरू छन्।

सूर्योदय नगरपालिका

सूर्योदय नगरपालिका (English: Suryodaya Municipality)

इलाममा अवस्थित एउटा नगरपालिका हो । फिक्कल, पञ्चकन्या र कन्याम गाविस मिलाएर २०७१ सालमा सूर्योदय नगरपालिका बनाइयो । तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले २०७३ सालमा गाविसहरु गोर्खे, पशुपतिनगर, श्रीअन्तु र समालबुङ तथा लक्ष्मीपुर गाविसको वडा नं ५ वाहेकको क्षेत्र र जोगमाईको वडा नं. ८ र ९ मिलाएर नयाँ सूर्योदय नगरपालिका बनाइएको हो । यो नगरपालिका २५२.५२ वर्ग कि. मी मा पैmलिएको छ । मेची राजमार्ग यही नगरपालिका भएर पार गर्दछ ।

पश्चिममा इलाम नगरपालिका, उत्तरमा माईजोगमाई गाविस, दक्षिणमा रोङ गाउँपालिका र पूर्वमा भारतको पश्चिम बंगाल राज्य अन्तरगत दार्जिलिङ्ग जिल्लाले छेकेको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजार तोकिएको छ । यो इलामका पुराना बजारमध्ये एक हो र हालमा पनि पूर्वी इलामको मुख्य व्यापारिक केन्द्र रहेको छ । यहीँबाट पशुपतिनगरतर्पmको सडक छुटिन्छ । यो नगरपालिका चिया, अलैंची, दूध, आलु लगायतका नगदे बालिका लागि चर्चित छ । देशको एक मात्र अलैंची विकास केन्द्र पनि यही नगरमा पर्दछ । साबिक फिक्कल गाबिसको कार्यालय रहेको ठाँउलाई को केन्द्र बनाइएको छ ।

सोलुखुम्बु जिल्ला

सोलुखुम्बु जिल्ला (शेर्पा भाषा: ཤར་ཁུམ་བུ་རྫོང་ཁ།, Wylie: shar khum bu dzong kha ), नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको उत्तरी भागमा अवस्थित हिमाली जिल्ला हो। विश्व सम्पदा सूचीमा सुचिकृत नेपालको पहिचान (शेर्पा भाषा: ཇོ་མོ་གླང་མ།, Wylie: jo mo glang ma ) सगरमाथा हिमाल यसै जिल्लामा पर्दछ। पूर्वाञ्चलमा सडक सुविधासँग आवद्ध भएको मात्र जिल्ला भएतापनि यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्व मानचित्रमा नै प्रसिद्ध रहेको छन। यस जिल्लालाई पर्यटकहरूको सांग्रिला भनेर पनि चिनिन्छ। विश्वका साहसी तथा प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्नेहरूको लागि यस जिल्लाले सधै आकर्षित गरिरहेको पाइन्छ। यस जिल्ला पूर्वाञ्चलका जिल्लाहरूमा सबभन्दा कम जनघनत्व भएको जिल्लामा पर्दछ। यो जिल्लामा ३१ वटा गाउँ विकास समितिहरू छन र १ नगरपालिका छ।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.