खरबुजा

खरबुजा कुकर्बिटासिया वर्गमा पर्ने लहरे तथा फूल फुल्ने बिरुवा हो । खरबुजामा फस्पोरस, पोटासियम, म्याग्नेसियम, सोडियम, क्याल्सियम, आईरन, भिटामिन बि तथा ई पाईन्छ। यसको सेवनले शरीरमा भिटामिनको कमि पूरा गर्छ। खरबुजाले शरिरको तौल घटाउनुका साथै मृगौला को समस्या हटाउन पनि सहयोग पुर्याउँछ । जन्डिस टाईफाईड तथा उच्चरक्तचापमा पनि खरबुजा को सेवन लाभदायकसिद्ध हुन्छ । खरबुजा गर्मीको लोकप्रिय फल हो जसलाइ सामान्यतः स्लाइसहरूमा, मिश्रित फल सलादमा र जुसको रूपमा खाने गरिन्छ ।[१][२]

खरबुजा
Taiwan 2009 Tainan City Organic Farm Watermelon FRD 7962
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति जगत
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Cucurbitales
परिवार: Cucurbitaceae
वंश: Citrullus
प्रजाति: C. lanatus
वैज्ञानिक नाम
Citrullus lanatus
(Thunb.) Matsum. & Nakai
2005watermelon
Watermelon output in 2005
Watermelon Juice
Watermelon Juice

सन्दर्भहरू

  1. "Watermelon", Ag Marketing Resource Center, US Department of Agriculture, Iowa State University, २०१७, अन्तिम पहुँच ९ मे २०१७
  2. "Top 10 ways to enjoy watermelon", Produce for Better Health Foundation, Centers for Disease Control, US National Institutes of Health, २०१७, अन्तिम पहुँच ९ मे २०१७
कब्जियत

कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक रोग हो ।

मल निष्कासनको स्वभाविक आवृतिमा विलम्ब हुनु, नियमित रूपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपटक पनि कोमल दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ।

विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाईसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो। भोजन, व्यायाम, विश्राम र भावानात्मक रूपमा असन्तुलित जीवन नै अप्राकृतिक जीवन हो। भोक लागेको बेला नखाने, भोकभन्दा ज्यादा खाने गरिष्ठ भोजनहरू, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जंकफूड र संरक्षित खाद्यान्न प्रायःजसो खाइरहने, सागसब्जी सलादजस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रबल सम्भावाना रहन्छ। व्यस्त र भागदौडले भरिएको, तनावपूर्ण जीवन जिउनेहरू, श्रमपछि विश्राम नगर्नेहरू, भय, चिन्ता, शोक र उदासीनताका कारणले पनि कब्जियत देखिएको छ। व्यायाम र श्रमबाट भाग्नेहरूलाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म विरेचक औषधी, पेनकिलर, नार्काटिक्स र दिमाग लठ्याउने औषधि खानेहरूमा कब्जियत ज्यादा देखिएको छ ।

टोबा टेक सिंह जिल्ला

टोबा टेक सिंह जिल्ला (उर्दू: ضلع ٹوبہ ٹیک سنگھ‎) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक जिल्ला हो । यो जिल्ला सन् १९८२ मा एक छुट्टै जिल्ला रुपमा स्थापित भएको थियो ।

टोबा टेक सिंह सहर

टोबा टेक सिंह शहर (पञ्जाबी र उर्दू: ٹوبہ ٹیک سنگھ) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको टोबा टेक सिंह जिल्लाको सदरमुकाम शहर हो ।

तेरखादा उपजिल्ला

तेरखादा (बङ्गाली: তেরখাদা) बङ्गलादेशको खुलना जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।

नाटोर जिल्ला

नाटोर (बङ्गाली: নাটোর) बङ्गलादेशको उत्तरी भागमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजशाही विभाग अन्तर्गत पर्दछ।

फुलतला उपजिल्ला

फुलतला (बङ्गाली: ফুলতলা) बङ्गलादेशको खुलना जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।

भेडामारा उपजिल्ला

भेडामारा (बङ्गाली: ভেড়ামারা) बङ्गलादेशको कुष्टिया जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।

मसला लड्डु

सामग्री

खुवा ः १ किलो

घिउ ः ४ पाउ

मसलाका लागि नरिवलको धूलो, गुँड, काजु, बदाम, चिनीको धूलो आवश्यकताअनुसार।

विधि

खुवालाई घिउमा हालेर घोट्ने। घिउ र खुवा मज्जाले मिसिएपछि केही समय त्यत्तिकै राखेर चिसो हुन दिने। त्यसपछि भाँडामा निकालेर किस्तीमा राख्ने। त्यसमा नरिवल, खरबुजा, बदाम, गुँड, काजु सबैको धूलो हाल्ने। सबै मसला हालेर केहीबेर मोलेपछि चिनीको धूलो हालेर डल्लो पार्ने।

लडडु

मिरिन्डा

मिरिण्डा सन् १९५९ मा स्पेनमा बनाइएको नरम पेय को एक ब्राण्ड हो र हाल यो विश्वव्यापी वितरण पेप्सिकोको स्वामित्वमा रहेको छ। यसको नाम एस्पेरान्तोबाट अाएको हुन सक्छ जसको अर्थ "प्रशंसनीय" हुन आउँछ।यो सुन्तला, शङ्खेत्रो, अङ्गूर, स्याउ, ऐसेलु, रास्पबेरी, अनार, केरा, लहरे आँप, कागती, जवा कुसुम, मुन्तला, अारू र खरबुजा साथै तित्रीको स्वादमा समेत उपलब्ध छ। यो पेय क्षेत्रको भाग हो जुन प्रायः स्वाद खण्डको रूपमा उल्लेख गरिएको छ जसले कार्बोनेटेड र बिना कार्बोनेटेड फल स्वादयुक्त पेयहरूको समावेश गर्दछ। मिरिण्डाको सुन्तला स्वादले हाल मिरिण्डाको बहुमतको प्रतिनिधित्व गर्दछ।

मिरिण्डा सन् १९७० देखि पेप्सिकोको स्वामित्वमा रहेको छ र प्राथमिक रूपमा यसले संयुक्त राज्य बाहिर व्यापार सुरु गरेको थियो । यो अलग अलग देशहरूमा स्थानीय स्वाद ब्राण्डहरूको रूपमा कोका-कोलाको फेन्टा, ब्रिटभिचको ट्याङ्गो र डिअार पेपरको अोरेञ्ज क्रस वा सनकिष्टका ब्राण्डहरूसँग प्रतिस्पर्धा गर्दछ। मिरिण्डा नरम पेय पदार्थको रूपमा, बजारहरूमा स्वाद, कार्बोन युक्ति र गुलियोपनको अाधारमा उपलब्ध रहेको छ।

रूपसा उपजिल्ला

रूपसा (बङ्गाली: রূপসা) बङ्गलादेशको खुलना जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।

लाजको लाली (गीत)

लाजको लाली एक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो। यस गीतमा स्वर पुरुष तर्फ नेपाली तथा हिन्दी गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल एवम् स्थापित गायक उदितनारायण झाको रहेको छ भने महिला तर्फ मल्लिका कार्कीको रहेको छ। यो उदितनारायण झाको गीति सङ्गालो उपमामा (उपहार दोस्रो) समावेश गीत हो।यस गीतमा छायाङ्कन धरज जङ्ग शाहले गरेका छन् भने सम्पादन मिलन रत्न बज्राचार्यले गरेका छन् र यस गीतलाई निर्देशन आलोक नेम्वाङले गरेका हुन्। यस गीतमा शब्द एसपी कोइरालाको रहेको छ। यस गीतमा सङ्गीत वरिष्ठ सङ्गीतकार आलोक श्रीको रहेको छ। यस गीतमा श्रव्य/श्रव्य दृश्य म्यूजिक नेपाल प्रालिको रहेको छ। यसको सिआरबिटि अङ्क ०१३०००४३२६ हो। यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्यलाई म्युजिक नेपालको आधिकारिक युट्युब खातामा ५ डिसेम्बर २०१८ मा सार्वजनिक गरिएको थियो भने यसले असोज २०७६ सम्ममा १२ लाख १० हजार भन्दा बढी अवलोकन प्राप्त गरिसकेको छ।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.