क्यानडा

क्यानाडा (फ्रान्सेली भाषामा उच्चारण :- कानादा) उत्तर अमेरिकाको एक देश हो। त्यसको राजधानी ओटावा हो। त्यसको सबभन्दा ठूलो शहर टोरन्टो हो। क्यानाडा उत्तर अमेरिकाको उत्तरमा स्थित दुनियाको दोस्रो सबै भन्दा ठूलो देश हो। क्यानाडाको दुई अधिकृत भाषा छन् :- अङ्ग्रेजीफ्रान्सेली। राष्ट्रिय सरकार द्विभाषे सरकार हो। क्षेत्रफलमा रुस मात्रै क्यानाडाभन्दा ठूलो छ।

यसको पूर्वमा आन्ध्र महासागर र पश्चिममा प्रशान्त महासागरमा स्थित छ। यसको दक्षिण र उत्तर-पश्चिममा संयुक्त राज्य अमेरिका सँग भूसीमाहरू मिल्छ। क्यानाडाको धरतीमा २५ हजार वर्ष पहिले बस्ने आदिमानवको चिह्न उपस्थित छन्। १५औं शताब्दीमा ब्रिटिश र फ्रान्सीसी अन्वेशकहरूले क्यानाडाको पत्ता लगाए र त्यस पछि अंध महासागरको किनारा बस्द‍ै गए। फ्रान्सले १७६३मा आफ्नो सबै सात वटा कोलोनि लाई उत्तर अमेरिकामा मिलाएको थियो। १८६७मा तीन ब्रिटिश उत्तर अमेरिकी कालोनीहरूलाई मिलाएर क्यानाडाको गठन गरिएको थियो। क्यानाडा दश प्रातहरू र तीन प्रदेशहरूमा विभाजित छ।

क्यानाडा
Flag of क्यानडा Coat of arms of क्यानडा
झण्डा निसाना छाप
राष्ट्रिय वाक्य: A Mari Usque Ad Mare (ल्याटिन भाषा)
समुद्रदेखि समुद्रसम्म
राष्ट्रगान: O Canada ए क्यानाडा
Projection of North America with Canada in green
राजधानीअटवा
ठूलो सहर टरन्टो
सरकारी भाषा अङ्ग्रेजी भाषाफ्रान्सेली भाषा
क्षेत्रीय भाषाहरू
  • Chipewyan
  • Cree
  • Gwich’in
  • Inuinnaqtun
  • Inuktitut
  • Inuvialuktun
  • North Slavey
  • South Slavey
  • Tłı̨chǫ
धर्म 
  • ७६.७% European
  • १४.२% Asian
  • ४.३% Aboriginal
  • २.९% Black
  • १.२% Latin American
  • ०.५% multiracial
  • ०.३% other
सरकार
 -  सम्राट एलिज़ाबेथ द्वितीय
 -  गर्वनर जनरल डेविड जॉनसन
 -  प्रधानमंत्री स्टीफन हार्पर
व्यवस्थापिका Parliament
 -  माथिल्लो सदन Senate
 -  तल्लो सदन House of Commons
स्वतन्त्रता संयुक्त अधिराज्य बाट 
 -  Confederation जुलाई १, १८६७ 
 -  Statute of Westminster डिसेम्बर ११, १९३१ 
 -  Patriation अप्रिल १७, १९८२ 
क्षेत्रफल
 -  जम्मा ९९,८४,६७० वर्ग किमी (२ औं)
३,८५४,०८५ वर्ग माइल
 -  जलक्षेत्र (%) ८.९२ (891,163 km2 / 344,080 mi2)
जनसङ्ख्या
 -  Q2 २०१६ अनुमान ३६,२८६,४२५[१] (३७ औं)
 -  जनगणना २०११ ३३,४७६,६८८[२] 
 -  जनघनत्व ३.४१/वर्ग किमी (२२८ औँ)
८.३/वर्ग माइल
मुद्रा डलर
समय क्षेत्र (युटिसी− ३.५देखि -८)
 -  ग्रीष्मसमय (डिएसटी)  (युटिसी−2.5 to −7)
इन्टरनेट टिएलडी .ca
टेलिफोन कोड

जनसङ्ख्या

सन् २००७मा क्यानाडाको जनसङ्ख्या अन्दाजी ३,३१,०६,५०० थियो।

अर्थतन्त्र

सन् २०१६ मा क्यानाडा को विश्वव्यापी दसौं सबैभन्दा ठूलो अर्थव्यवस्था थियो ।[३]

सन्दर्भ सामग्रीहरू

  1. "CANSIM – 051-0005 – Estimates of population, Canada, provinces and territories", Statistics Canada, २०१६, अन्तिम पहुँच सेप्टेम्बर २८, २०१६
  2. Statistics Canada (जनवरी ३०, २०१३), "Population and dwelling counts, for Canada, provinces and territories, 2011 and 2006 censuses", अन्तिम पहुँच डिसेम्बर २, २०१३
  3. "The World's Top 10 Largest Economies", अन्तिम पहुँच २०१९-०२-२७

बाह्य लिङ्कहरू

...रेडि फर इट?

"...रेडि फर इट?" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसनका लागि रेकर्ड गराइएको थियो। एल्बमको विज्ञापन एकलको रुपमा गीतलाई ३ सेप्टेम्बर २०१७ मा सार्वजनिक गरिएको थियो। गीतले सङ्गीत आलोचकहरू द्वारा सकारात्मक समीक्षाहरू प्राप्त गरेको थियो भने आलोचकहरूले स्विफ्टको अघिल्लो एकल "लुक ह्वाट यु मे मि डु" भन्दा यस गीत सुधारिएको आएको धारण व्यक्त गरेका थिए। व्यवसायीक रुपमा यस गीत अस्ट्रेलिया, क्यानडा, हङ्गेरी, मलेसिया, न्युजिल्यान्ड, स्कटल्यान्ड, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाको आधिकारिक चार्टहरूमा शीर्ष दश भित्र पर्न सफल भएको थियो। यो गीत लेबनान र आयरल्यान्डका चार्टहरूमा शीर्ष २० भित्र समावेश भएको थियो।

एलेन पेज

एलेन फिलपोट्स पेज (जन्म: फेब्रुअरी २१, १९८७) एक क्यानडेली चलचित्र अभिनेत्री हुन्।

क्यानडा अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम

क्यानडा राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडाको प्रतिनिधित्व गर्ने गर्दछ । यो क्यानडा क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।

क्यानडा महिला राष्ट्रिय फुटबल टिम

क्यानडा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा क्यानडाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो क्यानडामा फुटबलको लागि शासकीय निकाय क्यानडा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो [+फिफा]] र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

जेस्सी क्यापेली

जेस्सी क्यापेली (जन्म २१ मे १९७९) क्यानडियन वयस्क मोडल तथा अश्लील चलचित्र अभिनेत्री हुन ।

टिना टेलर

टिना टेलर (जन्म १६ जुलाई १९६५) एक क्यानेडेली चलचित्र निर्देशक तथा अश्लील चलचित्र अभिनेत्री हुन् ।

ड्रेक (गायक)

ड्रेक एक क्यानेडियन गायक, र्‍यापर, गीतकार तथा अभिनेता हुन् । उनको जन्म स.न् १९८६ को अक्टोबर २४ मा क्यानडाको टोरन्टो सहरमा भइको थियो ।

नेपाली

नेपाली नेपाल देशका जनतालाई जनाउँने विशेषण हो। नेपाली राष्ट्रियता कानुन अनुसार पर्ने नेपालका नागरिकहरू नेपाली हुन् । नेपालको संविधान अनुसार नागरिक अधिकार प्राप्त गर्ने सबै मानिसहरू नेपाली नागरिक हुन्। नेपाली जातियता नभई राष्ट्रियता हो। नेपाल राष्ट्रप्रति निष्ठा राख्ने व्यक्तिहरूलाई सामान्य रूपमा नेपाली भनिन्छ। तर केही गैरनागरिक नेपाली (जस्तै अनाथ नागरिकताविहीन नेपाली), दोहोरो नागरिक, विदेशिएका नेपालीहरू, आदि पनि नेपाली संज्ञाभित्रै पर्छन् वा पर्न सक्छन् ।

पञ्जाबी भाषा

पञ्जाबी भाषा एक इन्डो-आर्यन भाषा हो।

फिफा देश कोड सूची

फिफाले आफ्नो सदस्यता राष्ट्र र सदस्यता प्राप्त नभएका राष्टहरूलाई तीन अक्षरको कोड प्रदान गर्ने गर्दछ जुन अंग्रेजी ठूलो अक्षरमा हुन्छ ।

फिफा महिला विश्वकप

फिफा महिला विश्वकप फिफाद्वार आयोजना गरिने महिला राष्ट्रिय टोलीहरूका लागि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । यो प्रतिस्पर्धा १९९१ देखि हरेक चार चार बर्षमा भएको छ । सन् १९९१ उद्घाटन खेलको बेलमा, यसलाई फिफा महिला महिला विश्व च्याम्पियनसिप भनिन्थ्यो जुन १९९१ मा चीनमा आयोजित भएको थियो ।

फिफा विश्वकप

विश्वकप फुटबल एक फुटबल खेलको सबैभन्दा प्रमुख विश्वस्तरीय पुरूष फुटबल प्रतियोगिता हो । यो प्रतियोगिता हरेक ४-४ वर्षको अन्तरालमा प्रत्येक संस्करणमा फरक फरक राष्ट्रहरूमम आयोजना हुने गर्दछ । सन् १९३० बाट सुरू भएको यस प्रतियोगिता हरेक चार चार वर्षमा आयोजना गर्ने गरि निर्णय गरिएता भनि द्वितीय विश्वयुद्धका कारण सन् १९४२ र १९४६ सालमा भने आयोजना हुन सकेको थिएन । यो प्रतियोगिता सबैभन्दा धेरै पटक ब्राजिलले जितेको छ । ब्राजिले सर्वाधिक पाँच पटक फिफा विश्वकप जिति फुटबल जगत् आफूलाई सर्वमान तुल्याउन सफल भएको छ । यस्तै अन्तिम पटक भएको विश्वकप भने फ्रान्सले जितेको थियो । यो फ्रान्सको दोस्रो फिफा विश्वकप उपाधि थियो । २०१८ फिफा विश्वकपको आयोजक रसिया रहेको थियो ।

यस प्रतियोगिताको वर्तमान संरचना अनुसार सुरूमा लगभग तीन वर्ष लगाएर प्रतियोगिताको फाइनल चरणका लागि विभिन्न छनोट चरणका खेल तथा प्रतियोगिताहरू आयोजना गर्ने गरिन्छ । बल्ल ३२ छनोट चरणहरू पार गर्ने राष्ट्रहरूका बिचमा विश्वकप प्रतियोगिता सञ्चालन हुने गर्दछ । फाइनल चरणमा पुग्ने एउटा टिम भने आयोजकका हैसियतले सिधै छनोट चरणका नखेली फाइनल चरणमा स्थान बनाउँदछ । अहिलेसम्म २१ वटा विश्वकपमा प्रतियोगिताहरू संचालन भइसकेका छन् । जसमा जम्मा ८ राष्ट्रहरूले मात्र विश्वकप जित्न सफल भएको छ । सर्वाधिक धेरै ५ पटक फिफा विश्वकप राष्ट्र ब्राजिल मात्र विश्वकपमा एउटा यस्तो राष्ट्र हो जसले विश्वकपका सम्पुर्ण संस्करणहरू अथवा २१ वटै विश्वकपका संस्करणहरूमा सहभागीता जनाएको छ । अन्य विजेताहरूमा दुई विजेता इटाली र जर्मनीले विश्वकप चारचार पटक जितेका छन् । अनि अर्जेन्टिना, फ्रान्स तथा उरूग्वेले दुईदुई पटक विश्वकप जितेका छन्, भने इंग्ल्याण्ड तथा स्पेनले पनि यो फिफा विश्वकप एक-एक पटक जितेको छ ।

फिफा विश्वकप प्रतियोगिता विश्वमा सधै भन्दा प्रसिद्ध फुटबल प्रतियोगिता हो । साथै ओलम्पिक खेल पछि सबैभन्दा धेरै दर्शकले प्रत्यक्ष तथा टिभीमा हेर्ने एवम् सबैभन्दा धेरै समर्थकहरूले पछ्याउने खेलकुद प्रतियोगिता हो । अझ २००६ फिफा विश्वकपको फाइनल खेल मात्र २६.२९ विलियन दर्शकले खेल प्रत्यक्ष रंगशालामा पुगेर तथा विश्वभर ७१५.१ मिलियन दर्शकले हेरेका थिए ।

हालसम्म जम्मा १७ फरकफरक राष्ट्रहरूले मात्र फिफा विश्वकपको आयोजना गरेको छ । जसअन्तर्गत ब्राजिल, फ्रान्स, इटाली, जर्मनी तथा मेक्सिकोले दुईदुई पटक तथा उरूग्वे, स्वीजदल्याण्ड, स्वीदेन, चिली, इंगल्याण्ड, अर्जेन्टिना, स्पेन, संयुक्त अमेरिका, जापान र दक्षिण कोरिया (संयुक्त), दक्षिण अफ्रिका र रसियाले एकएक पटक विश्वकप आयोजना गरेको थियो । यस्तै कतार भने आउदो विश्वकप २०२२ फिफा विश्वकपका आयोजकका रूपमा रहेको छ । भने त्यसपछि को विश्वकप २०२६ फिफा विश्वकपका लागि भने क्यानडा, संयुक्त राज्य अमेरिका तथा मेक्सिकोलाई संयुक्त रूपमा विश्वकपको आयोजनाका लागि अधिकार दिइएको छ । यो विश्वकपनै पहिलोपटक एकै पटक तीन राष्ट्रहरूले आयोजना गर्न लागेको फिफा विश्वकप हुनेछ ।

यस प्रतियोगिता थालनीको कथा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ, फिफा सँग जोडिएको छ भने फिफाको कथा विभिन्न देशमा स्थापना भएका राष्ट्रिय फुटबल सङ्घहरूको विकास सँग जोडिएको छ । सन् १८६६ मा विश्वको पहिलो राष्ट्रिय फुटबल सङ्घको रूपमा 'इङ्ग्ल्याण्ड फुटबल एसोसिएशन'- एफए गठन भइसकेको थियो । केही वर्षपछि अरू देशहरूमा पनि धमाधम राष्ट्रिय फुटबल सङ्घहरू स्थापना हुन थाले । यसरी फुटबल खेल र त्यसका राष्ट्रिय सङ्घहरूको विस्तार हुँदै गएपछि एउटा अन्तराष्ट्रिय फुटबल सङ्घको आवश्यकता सर्वत्र महसुस हुन थाल्यो । यही खाँचोको निकास खोज्ने क्रममा फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, स्पेन, स्वीडेन र स्विट्जरल्यान्डसमेत सात देशका प्रतिनिधि फ्रान्सको राजधानी पेरिसमा भेला भए । यही भेलाले २९ मे १९०४ मा फुटबलको सर्वोच्च संस्था 'अन्तराष्ट्रिय फुटबल महासङ्घ' -फेडरेसन इन्टरनेशनल डे फुटबल एसोसिएशन, फिफाको औपचारकि गठन भयो । इङ्ग्ल्याण्ड दुई वर्षपछि फिफा सदस्य बन्यो । त्यसपछि अरू देशहरू पनि धमाधम यसको सदस्य हुने क्रम चल्यो, जुन अहिले पनि जारी रहेको छ । अहिले दुई सयभन्दा बढी देश फिफा सदस्य छन् । नेपाल सन् १९७० मा फिफाको पूर्ण सदस्य बनेको हो ।

विश्व कप फुटबल प्रतियोगिताको थालनीको श्रेय आधुनिक ओलम्पिक खेलकूद प्रतियोगिताको सफल सुरूवातलाई जान्छ । सन् १९०० मा भएको दोस्रो ओलम्पिक खेलकूदमा फुटबल पहिलोपटक समावेश गरिएको थियो । ओलम्पिक फुटबलको सफलताले उत्साहित भएका फिफा पदाधिकारीहरूले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ओलम्पिकको घेराभित्र सीमित राख्न नहुने निष्कर्ष निकाले । छलफल चल्दै जाँदा अन्ततः २६ मे १९२८ मा बसेको फिफा एम्स्टर्डम कङ्ग्रेसले युगान्तकारी निर्णय गर्‍यो, हरेक चार-चार वर्षको अन्तरालमा फिफा सदस्य देशहरूबीच विश्व कप प्रतियोगिता आयोजना थाल्ने र पहिलो विश्व कप सन् १९३० मा गर्ने कुराको निचोड निकालियो । अनि अर्को वर्ष, सन् १९२९ को बार्सिलोना फिफा कङ्ग्रेसले यो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व उरूग्वेलाई प्रदान गर्‍यो । फलस्वरूप, राजधानी मोन्टेभिडियोमा एक लाख दर्शक अट्ने नवनिर्मित रंगशाला स्टेडियम देल सेन्टेनारयिोमा आईतबार १३ जुलाई १९३० मा फ्रान्स र मेक्सिकोबीच पहिलो विश्व कपको पहिलो म्याच विधिवत् उद्घाटन खेलको रूपमा सम्पन्न भयो ।

पहिलो विश्वकप आयोजना हुँदा फिफा सदस्य देशसंख्या जम्मा ४१ थियो । त्योबेला छनोट चरण प्रतियोगिता पनि भएको थिएन । तसर्थ, विविध कारणले गर्दा पहिलो विश्व कप प्रतियोगितामा मात्र १३ देश सहभागी भएका थिए । तर दोस्रो विश्वकपमा भने सदस्य देशको संख्या धेरै भएकोले उनीहरूबीच छनोट चरण प्रतियोगिता गराइएको थियो । र, फाइनल प्रतिस्पर्धाका लागि १६ देश छनोट भएका थिए । त्यसपछि लामो समयसम्म छनोट चरण र त्यही १६ देशबीच नै फाइनल स्पर्धा हुने प्रचलन रहँदै आयो । तर सदस्य संख्या र स्तर बढ्दै गएको तुलनामा त्यो संख्या कम महसुस हुन थाल्यो । फलतः सन् १९८२ को बाहौं विश्व कपदेखि यसलाई बढाएर २४ देश पुर्‍याइयो । पुनः १९९८ को १६ औं संस्करणदेखि विश्व कप उपाधिको फाइनल चरणमा भिड्न पाउने देशको संख्या ३२ पुर्‍याइएको हो । हाललाई यही संख्या कायम राखिएको छ ।

म्यारिलिन स्टार

म्यारिलिन स्टार (जन्म १२ अप्रिल १९६९) क्यानडियन अश्लील चलचित्र अभिनेत्री हुन ।

लरेन फोनिक्स

लरेन फोनिक्स (जन्म १३ मे १९७९) क्यानडियन अश्लील चलचित्र अभिनेत्री हुन ।

विश्व सम्पदा समिति

विश्व सम्पदा समिति ती महत्वपूर्ण स्थलहरूको चयन गर्दछ जसलाई युनेस्कोको विश्व सम्पदा क्षेत्रको रूपमा सूचीवद्ध गर्न सकियोस । यो विश्व सम्पदा सभाको कार्यान्वयनको लागि जिम्मेवार संस्था हो । यस समितिले विश्व धरोहर कोषको प्रयोगलाई परिभाषित गर्नुका साथै राष्ट्र दलहरूको अनुरोधमा वित्तीय सहायताको आवंटन गर्ने गर्दछ । यसको गठन २१ राष्ट्र दलहरू सँग सहकार्यमा हुन्छ, जसको चुनाव राष्ट्र दलहरूको महासभाद्वारा चार वर्षको कार्यकालको लागि हुने गर्छ।विश्व सम्पदा सभाको नियमानुसार समितिको सदस्य राष्ट्रको कार्यकाल ६ वर्षको लागि हुन्छ, तर कतिपय राष्ट्र दल स्वेच्छाले मात्रै चार वर्षको लागि समितिको सदस्य बन्न स्वीकार गर्छन जसले अन्य अर्को राष्ट्र दलहरू पनि यस समितिको सदस्य बन्न मौका पाउन सकोस । उदाहरणको लागि, १५औं महासभा (२००५) को लागि निर्वाचित सबै सदस्य राष्ट्रले स्वेच्छाले आफ्नो कार्यकाल ६ वर्ष बाट घटाएर ४ वर्ष गर्ने निर्णय गरेको थियो ।

संयुक्त राज्य अमेरिकाका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१५ सम्ममा संयुक्त राज्य अमेरिकाकाका २३ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।

सन्नी लियोन

सन्नी लियोन (जन्म केरेन मल्होत्रा​​, १३ मे १९८१) एक भारतीय-क्यानडियन अश्लील चलचित्र अभिनेत्री, व्यवसायी र मोडल हुन् । उनी संग क्यानडा तथा अमरीकाको दोहरो नागरिकता छ । उनी सन् २००३मा पेन्टहाउस पेट अफ द इयर को लागि मनोनित भइन् र विविड इन्टरटेन्टमेन्ट को लागि अनुबन्धित स्टार भइन् । उनलाई मैक्सिम द्वारा २०१० मा १२ शीर्ष अश्लील कलाकारहरुमा मनोनित गरिएको थियो । उनले स्वतन्त्र मुख्यधाराको फिलिमहरु र टीवी शोमा पनि भूमिका निभाई सकेकी छिन्।सन्, २०१२ मा लियोनले पुजा भट्टद्वारा निर्देशित बलिउड चलचित्र जीसम २ मा अभिनय गरिन् । त्यसपछि अभिनयलाई कायम राख्दै उनले ज्याकस्पट (२०१३), रागिनि एमएमएस २ (२०१४) ृ एक पहेली लिला (२०१५) मा अभिनय गरिन् ।

सन् २०११ मा उनी भारतिय टेलिभिजन कार्यक्रमबिग बोस मा सहभागी बनिन् । उनले अर्को टिभी कार्यक्रमस्प्लिट्सभिला मा पनि सञ्चालकको भूमिका निभाएकी छिन् । अभिनय जगत् भन्दा बाहिर उनले विभिन्न सामाजिक कार्यहरूमा पनि चाँसो राख्ने गरेकी छिन् । अमेरिकी क्यान्सर समाजका लागि चन्दा उठाउने सहयोग र पेटा, एक अमेरिकी जीवजन्तू अधिकार संस्था, का लागि उनले चेतना अभिवृद्धि कामहरूमा सहभागी भएकी छिन् ।

सन् २०११ देखि अर्का अश्लील चलचित्र नायक लियोन ड्यानिल वेबरसँग वैवाहिक जीवनमा बाँधिएकी छिन् ।

सोफिया सान्ती

सोफिया सान्ती क्यानडियन अश्लील चलचित्र अभिनेत्री हुन ।

हिन्दू धर्म

हिन्दू धर्म वा सनातन धर्म (धेरै समयदेखि चलिआएको) धर्म जुन हालसम्म चलिआएको छ। हिन्दू धर्मको विशेषता यस भित्रका बिभिन्न आस्था र विश्वासका स्रोत हुन्। ९० हजार वर्षभन्दा पहिला यो धर्मको प्रारम्भ भएको थियो । रामायण, महाभारत र पुराणहरूमा सूर्यवंशी र चन्द्रवंशी राजाहरूको वंश परम्पराको उल्लेख उपलब्ध छ । यसका अतिरिक्त अनेक वंशहरूको उत्पति र परम्पराको वर्णनमा पनि हिन्दु धर्मको उतपत्तिका विषयमा कुराहरु आएका छन् । आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता मानिन्छ । पहिलो दृष्टिकोण अनुसार लगभग १७०० ईसा पूर्वमा आर्य अफगानिस्तान, कश्मीर, पञ्जाब र हरियाणामा बसोबास गर्ने गर्थे । त्यस बेला देखि नै उनीहरूका विद्वान् ऋषिहरु आफ्ना देवताहरूलाई प्रसन्न गर्नलाई वैदिक संस्कृतमा मन्त्र रचना गर्न थाले । पहिला चार वेद रचियो, जसमा ऋग्वेद प्रथम थियो । त्यस पछि यजुर्वेद, सामवेद, अथर्ववेद उपनिषद जस्ता ग्रन्थहरू आए । हिन्दु धर्मको उत्पत्ति वैदिक संस्कृतिबाट इशापूर्व २००० वर्षभन्दा पहिला भएको मान्यता छ । सङ्ख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो । हाल विश्वमा हिन्दु धर्म मान्ने मानिसहरु १ खर्ब ५ अर्ब छन् । जस मध्ये ९६% दक्षिण एसियामा छन्। हिन्दू शास्त्रहरूलाई दुई भागमा बाँडिएको छ श्रुति र स्मृति । श्रुति भन्नाले वेद बुझिन्छ जुन हिन्दूहरूको धर्मग्रन्थ हो अथवा हिन्दूहरूको संविधान हो । स्मृतिअन्तर्गत इतिहास, पुराण, रामायण, महाभारत तथा विभिन्न स्मृतिहरू पर्दछन् । वेदको सार उपनिषद हो भने उपनिषदहरूको सार गीता हो ।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.