कन्फुसियस

कन्फुसियस(इ.पू.५५१-४७९) चीनका महान विचारक तथा दार्शनिक थिए।

जुनबेला नेपालमा भगवान गौतम बुद्ध धर्मको बारेमा नयाँ बिचार खोजी गरिरहेका थिए त्यसैताका चीनमा पनि एक धार्मिक सुधारकको जन्म भयो जसको नाम कन्फुसियस थियो। त्यस समय चीनमा चाऊ वंशको शासन चलिरहेको थियो। चाऊ शासकहरू कमजोर भएकाले त्यसबेला चीनमा विभिन्न राज्यहरू बढेका थिए जुन आपसमा लडाई झगडा गरिरहन्थे। सदा दिनको लडाई झगडाबाट चिनियाँ जनताले ठूलो कष्ट झमेला झेल्नुपरेको थियो। यसैबेला चीनबासीलाई नैतिकताको पाठ पढाउन महात्मा कन्फुसियसको जन्म भयो। यिनको जन्म जिसस क्राइस्टको जन्मको करीब ५० वर्ष पहले चीनको सानतुङ्ग प्रदेशमा भएको थियो।यिनको वाल्यकालको नाम कुङ फू च्चू थियो। उनको ज्ञानको आकांक्षा असीम थियो। तर वाल्यकालमा नै पिताको मृत्यु भएका कार ज्ञान आर्जन गर्न यिनलाई एकदमै कठीन परेको थियो।१७ वर्षको उमेरमा यिनले एउटा सरकारी नोकरी पाएका थिए तर आफूमा भएको ज्ञान तथा दर्शनको कारण यिनी यो नोकरीमा धेरै समय रमाउन सकेनन्। यिनले यो नोकरी छोडेर शिक्षण कार्यमा लागे। घरमैं विद्यालय खोलेर विद्यार्थीहरूलाई पढाउन थाले। यिनले मुख्यगरी इतिहास काव्य र नीतिशास्त्रको शिक्षा दिन्थे। यिनले काव्य इतिहास संगीत र नीतिशास्त्रमा पुस्तकहरू पनि लेखेका थिए।
५३ वर्षको उमेरमा यिनी राज्यमा एक शहरको शासनकर्ता तथा पछाडी मन्त्री पदमा नियुक्त भए। मन्त्री भएपछि यिनले अपराधीलाई दण्ड दिनुको सट्टा उसको चरित्र सुधार गर्ने तर्फ जोड दिए। कन्फुशियसले आफ्ना शिष्यहरूलाई सत्य, प्रेम र न्यायको सन्देश दिए। यिनी सदाचारमा अधिक जोड दिन्थे। र मानिसलाई विनयी, परोपकारी, र और चरित्रवान बन्ने प्रेरणा दिन्थे। अग्रज तथा बृद्धहरूलाई आदर-सम्मान गर्न सिकाउँथे। उनी भन्थे अरूलाई त्यस्तो व्यवहार नगर जुन तिमी आफूलाई गर्न सक्दैनौ।
चीनका महान दार्शनिक र विचारक कंफ्यूशियस (confucius)को जन्म ५५१ ईसा पूर्व चीनको पूर्वी प्रांत शानडोंग (शान तुंग)को क्यूफू (छ्वी फु) शहरमा भएको थियो। भारतमा त्यस बेला भगवान महावीर शाक्यमुनी बुद्धको विचारको प्रभाव थियो । महावीर जस्तै कंफ्यूशियसले राजनीतिमा चाख देखाएका थिए। कंफ्यूशियसलाई एक राजनीतिज्ञ विचारक भन्दा धेरै एक धार्मिक विचारक पनि मानिन्छ । ओशो रजनीश भन्थे कि कंफ्यूशियसको नीतिवादी विचार धेरै प्रभावी सिद्ध भयो। समयको केहि अन्तरमा कंफ्यूशियस- लाओत्से तुंग, सुकरात, महावीर र शाक्मुनी बुद्धको समकालीन थिए। कंफ्यूशियसले यसै समयमा जन्म लिए जबकि चीनको शक्ति कमजोर भएको थियो र त्यस समय कमजोर झोऊ राजवंशको आधिपत्य थियो । त्यस बखतमा कंफ्यूशियसको दार्शनिक विचारहरूको साथ नै उनको राजनीतिक र नैतिक विचारहरूले चीनमा मान्छेहरूमा राम्रो प्रभाव पार्यो । यसै अनुसार केहि समय राजनीतिमा पनि बिताए । वास्तवमा कंफ्यूशियस एक सुधारक थिए । कंफ्यूशियसको विचारलाई अहिले बिभिन्न संचार सम्बन्धि तालीमहरूमा पनि प्रयोग गरिन्छ । उनि भन्थे जे कुरा सुन्छु त्यसलाई बिर्सन्छु केवल २० प्रतिशत सम्झन्छु । जब देख्छु सम्झन्छु ४० प्रतिशत मात्रै सफल हुन्छु जब अभ्यासमा लाग्छु ८० प्रतिशत सफल हुन्छु । कंफ्यूशियसले स्व:अनुशासन, राम्रो जीवनचर्या र परिवारमा समानजस्यतामा जोर दिएकाथिए। उन्को शिक्षाहरूको आज पनि चीनमा केहिले पालन गर्छन । यि दार्शनिकको नामले चीनको सरकार एक शान्ति पुरस्कार पनि प्रदान गर्छन । कंफ्यूशियसको शहरमा आज भोली पनि उनको स्मारक, मंदिर र भवन समेत कैयौं घरहरू छन् । यिनि चीनको सांस्कृतिक धरोहर हुन, जस्लाई यूनेस्कोले विश्व धरोहरको लिस्टमा समावेस गरेकोछ ।

कन्फुसियस धर्म प्रचारक नभै एक सुधारक थिए। यिनले इश्वरको बारेमा कहिल्यै कुनै उपदेश दिएको पाइँदैन। तर पछि गएर मानिसहरूले उनलाई नै धर्मगुरु मान्न थाले। यिनको मृत्यू इशापूर्व ४८०मा भयो। कन्फुसियसको समाज सुधारक उपदेशका कारण चिनीयाँ समाजमा एक स्थिरता आयो। यिनको दर्शन शास्त्र आज पनि चिनियाँ शिक्षामा पथ प्रदर्शक बनेको छ।

Confucius - Project Gutenberg eText 15250
कन्फुसियसको सन् १९२२मा बनाइएको चित्र, चित्रकार E.T.C. Werner)

बाह्य सूत्र

  • ढाँचा:Sep entry
चिङ वंश

चिङ वंश (आधिकारिक: महान् चिङ, अङ्ग्रेजी: The Quing Empire or Manchu dynasty) सन् १६३६ बाट चिनमा स्थापित अन्तिम जहानियाँ शासक वंश थियो । यस वंशले १६४४ देखि सन् १९१२ सम्म (करिब ३ शताब्दी) राज गरेको थियो जसपछि मिङ वंश र हालको चिनमा स्थापित भएको थियो ।

१६ औँ शताब्दीको अन्तिम सम्ममा मिङका जग्गा धनी नुरहाचीले सैन्य समूह तयार पार्न थाले जसमा हाङचीनियाँ, जुरचेन र मङ्गोल जस्ता जातिहरु पर्थे । उनले नै यसलाई समूहगत तयार पार्दै मान्चुज् नाम दिए ।सन् १६३६ सम्म आइपुग्दा उनका छोरा होङ ताजीले मिङलाई लियाओदाङबाट लखेटे र नयाँ वंश चिङको घोषणा गरे । सन् १६४४ मा लि जिचेङद्वारा अगाडि बडेको समुहले मिङको राजधानी बेङजीङ कब्जा गर्यो । सुरुका शासकहरूले मन्चु शैली नै अपनाए, उनीहरूका उपनाममा शासक हुन्थ्यो । उनीहरू कन्फुसियसका उक्ति पछ्याउँथेँ ।

चीन

चीन (चीनियाँ 中国) अधिकारिक नाम जनवादी गणतन्त्र चीन (PRC) पूर्वी एसियामा अवस्थित देश हो । १.३ अरब मानिसहरूको साथ यो विश्वको सर्वाधिक जनसङ्ख्या भएको देश हो र ९६,४१,१४४ वर्ग किलोमीटर क्षेत्रफलको साथ यो रूस र क्यानाडा पछि विश्वको तेस्रो सबैभन्दा ठूलो क्षेत्रफल वाला देश हो। यति विशाल क्षेत्रफल भएको कारण यसको सीमानासँग जोडीने देशहरूको संख्या पनि विश्वमा सर्वाधिक (रूसको बराबर) छ, जो इस प्रकार छ (उत्तरबाट दक्षिण तर्फ): रूस, मंगोलिया, उत्तर कोरिया, भियतनाम, लाओस, म्यान्मार, भारत, भूटान, नेपाल, पाकिस्तान, अफ्गानिस्तान, ताजिकिस्तान, किर्गिस्तान, र कजाखिस्तान। उत्तर पूर्वमा जापान र दक्षिण कोरिया चीनको मुख्य भूमिबाट नजीकै छन ।

राष्ट्र नेपालको उत्तरको छिमेकी र अत्यान्त घनिष्ठ मित्र देश पनि हो। यस देशलाई जनवादी गणतन्त्र चीन भनिन्छ। तर सामन्यताया नेपालीमा चीन भनेर चीनिन्छ। आम रूपमा हाल गणतन्त्र चिन भनेर चिनीने ताइवान समेतका सबैभाग बुझाएर नेपालीमा चीन भन्ने बुझिन्छ। जनवादी गणतन्त्र चीन विश्वमै सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो। यसको जनसङ्ख्या एक अर्व ३० करोड जती रहेको छ। जुन विश्वकै पांचभागको एक भाग भन्दा केही कम रहेको छ। चीनको राजधानी बेजीगं हो। १९४९ मा मावत्सेतुंगको नेतृत्वमा भएको चिनिया क्रान्ती पछि हाल यहा चिनीया कम्युनिष्ट पार्टीले एकदलीय प्रकारको शासन चलाई रहेको छ। तर कम्युनिस्टहरूको विजय संगै भागेर ताइवान टापुमा पुगेका कुवोमिन्तागं जसलाई पश्चिमा विश्वले सहयोग गरीरहेको छ। यिनिहरूसँग चिनले लामो समयदेखि विवादको सामना गरी रहनुपरेको छ।

संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको पांचमध्ये एक स्थायी सदस्य राष्ट्र चीन आणवीक शक्ति संपन्न राष्ट्र हो। अत्यान्त द्रुत गतीमा आर्थिक विकास गरीरहेको चीनलाई उदयमान माहशक्ती मानीन्छ। यो देशको ग्राहस्थ उत्पादन प्रतिवर्ष १० प्रतिसत भन्दा छिटो बढीरहेको छ, जुन संसारकै लागि आश्चर्य भएको छ। द्रुत आर्थिक विकास गरीरहेको चिन त्यही गतीमा आर्थिक माहशक्तीमा रूपान्तरण भइरहेको छ। यस देशले सन २००६ मा इटालीलाई नाघेर ६ नं तथा सन २००७ मा फ्रान्स तथा बेलायतलाई नाघेर आफुलाई विश्वको ४ नं.र हाल (सन् २०१०) जापानलाई उछिनेर चीन अमेरिकापछि दोस्रो ठूलो अर्थतन्त्र बनेको छ। चिन संसारकै फलाम,कंक्रिट तथा पेट्रोलीयम पदार्थको ब्यापारको मुख्य खेलाडी हो।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.