आइएसबिएन

आईएसबीएन

कुनै पनि पुस्तकको पछाडिको आवरण पृष्ठमा धर्सैधर्साको सानो बक्सामा राखिएका १० वा १३ वटा अङ्क नै आईएसबीएन हो । संसारमा मानिसका नामहरू बेग्लाबेग्लै हुन्छन, दुनियामा कसैको टेलिफोन नम्बर कसैसँग मिल्दैन, त्यसैगरी किताबै पिच्छे आईएसबीएन नम्बर पनि फरक फरक हुन्छन । विकशित देशहरूमा यही नम्बरका आधारमा इन्टरनेटबाट पुस्तक सम्बन्धी जानकारी प्राप्त गरिन्छ ।

संसारमा पहिलो पटक यस्तो नम्बर राख्ने चलन सन १९६६ मा बेलायतबाट सुरू भएको हो । त्यहाका ठूला पुस्तक प्रकाशक मध्येमा गनिने आरआर बुकरका प्रमुख विलियम हेनरी स्मिथले देशभित्रका प्रकाशकहरूको एउटा सम्मेलन आयोजना गरेर पुस्तकै पिच्छे बेग्लाबेग्लै नम्बर राख्ने चलन सुरूवात गर्नु भएको थियो । सन १९७२ देखि जर्मनीको राजधानी बर्लिनमा रहेको राष्ट्रिय पुस्तकालयलाई आईएसबीएनको मुख्य कार्यालय बनाइयो । संसारका विभिन्न देशका पुस्तकालयहरूलाई आईएसबीएन वितरणका लागि अधिकार दिन थालियो । युनेस्को लगायतका अन्तर्राष्ट्रियस्तरका शैक्षिक संस्थाहरू आईएसबीएनको सल्लाहकार समितिमा सदस्य छन ।

नेपालमा यसको सुरुवात सन २००० को जनवरी २६ तारिख देखि मात्र भएको हो । आईएसबीएन लिने नेपाल १५७ औ राष्ट्र हो । अहिले यो सङ्ख्या १६३ पुगिसकेको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको आईएसबीएन शाखामा रू. २५ तिरेर एउटा फारम भरेपछि तुरुन्तै नम्बर पाइन्छ । आईएसबीएन शाखाकी सुशीला प्रधानका अनुसार गत वैशाख १८ गतेसम्ममा १३ हजार ८३० वटा नम्बर वितरण भइसकेका छन ।

ISBN Details

सन २०००मा आईएसबीएन मुख्यालयले त्रिवि पुस्तकालयलाई नम्बर वितरणको अनुमति दिदा सन! २००५ सम्ममा १० हजार वटा पुस्तक प्रकाशित हुने अनुमान गरेर सबैभन्दा सानो कोटा दिएको थियो। त्यतिखेर हाम्रो देशको नम्बर ९९९३३ थियो। चार वर्ष नबित्दै पाच हजारभन्दा बढी पुस्तक दर्ता भए। त्यसपछि सन! २००४मा एक लाख पुस्तकलाई नम्बर वितरण गर्ने गरी पाचवटा अङ्क भएको 'कन्ट्री नं.' ९९९४६ दियो। त्यसबेलासम्म आईएसबीएनको अङ्क १० वटा हुन्थ्यो। सन! २००७मा अन्तर्राष्ट्रिय स्तरका अन्य वस्तुहरूको नम्बर १३ वटा हुने भएकोले एउटै स्तरको बनाउनका लागि १३ वटा अङ्क कायम गरियो। त्यसपछि भने हाम्रो नं. ९९३७ भयो। सुरुको ९९३७ पछि आउने अङ्क प्रकाशकको नम्बर हो र त्यसपछिको अङ्क पुस्तकको क्रमाङ्क हो।

पुस्तकालय प्रमुख भण्डारीका अनुसार आईएसबीएन नियमित रूपमा निस्कने पत्रिकाबाहेक पुस्तक, सिडी, प्रतिवेदन, इलेक्ट्रोनिक पब्लिकेशन आदिलाई दिने गरिएको छ। एउटै नाममा नियमित रूपमा प्रकाशित भइरहने पत्रिका, जर्नलहरूले आईएसएस नम्बर लिनुपर्दछ। नेपालमा भने अहिलेसम्म त्यसको शाखा स्थापना भएको छैन। यद्यपि करिब २५ वटा पत्रिका-जर्नलहरूले फ्रान्सस्थित आईएसएसएनको मुख्य कार्यालयमा इमेल पत्राचार गरी यस्तो नम्बर भने लिएका छन!।

EAN-13-ISBN-13
आमाको सपना

आमाको सपना गोपालप्रसाद रिमालद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको कविता सङ्‌ग्रह हो।

इस्टोनिया

इस्टोनिया /ɪsˈtoʊniə/ (इस्टोनियन: Eesti), आधिकारिक नाम गणतन्त्र इस्टोनिया (इस्टोनियन: Eesti Vabariik) उत्तरी युरोपको बाल्टिक क्षेत्रमा पर्ने राष्ट्र हो ।

एचआरएच (उपन्यास)

एचआरएच अमेरिकन उपन्यासकार ड्यनिएल्ले स्टिलद्वारा लिखित उपन्यास हो ।

कन्नौज

कन्नौज उत्तर प्रदेशको एक शहर हो । कान्यकुब्जको आधुनिक नाम कन्नौज हो ।

काजी

काजी एक नेपाली प्रशासनिक एवम् सैनिक मर्यादाको पद वा उपाधि हो। काजी पदको सुरूवाती पदभार मुगल साम्राज्यको देवान र बेलायती परम्पराको प्रधानमन्त्री सरह थियो । कालान्तरमा ४ काजीको नियुक्ति हुन थाल्यो । फ्रान्सिस बुचानन ह्यामिल्टन तथा डिल्ली रमण रेग्मीका अनुसार नेपालको भारदारी सभामा ४ काजी हुने गर्दथे । त्यसपछि तिनीहरूमध्ये एक मूलकाजी छानिन्थ्यो । राजा रणबहादुर शाहले नाबालक छोरा गीर्वाणयुद्ध विक्रम शाहको निम्ति गद्दी त्याग गर्दा काजीहरूको सङ्ख्या बढेको थियो ।

खरमुजुर

खरमुजुर अथवा खरमयुर (Houbaropsis bengalensis) नेपाललगायत भारतीय उपमहाद्वीपमा पाइने एक प्रकारको चराको प्रजाति हो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले यस प्रजातिलाईरातो सूचीमा सूचिकृत गरेको छ। यसलाई अङ्ग्रेजीमा बेङ्गाल फ्लोरिक्यान (Bengal Florican) भनिन्छ ।

छापामारको छोरो

छापामारको छोरो नेपाली साहित्यकार महेशविक्रम शाहद्वारा लेखिएको कथा हो । विसं २०६३को मदन पुरस्कार प्राप्त गर्न सफल छापामारको छोरो (कथासंग्रह)मा संग्रहित यो कथा नेपालमा सशस्त्र द्वन्द्वको समयमा रहेको सामाजिक परिवेशलार्इ चित्रण गर्दै लेखिएको छ ।

द फेस अफ ट्रेसपास

द फेस अफ ट्रेसपास अङ्ग्रेजी उपन्यासकार रथ रेन्डेलद्वारा लिखित एक चर्चित उपन्यास हो ।

द बेस्ट अफ फिलिप के डिक

द बेस्ट अफ फिलिप के डिक अमेरिकन उपन्यासकार तथा लेखक फिलिप किन्ड्रेक डिकद्वारा लिखित लघुकथा संग्रह हो ।

नयाँ दिल्ली

नयाँ दिल्ली (/ˌnjuː ˈdɛli/) (पञ्जाबी: ਨਵੀਂ ਦਿੱਲੀ, उर्दू: نئی دلی) दिल्लीको एक जिल्ला र भारतको राजधानी क्षेत्र हो । नयाँ दिल्ली भारत सरकारको कार्यकारी, संसदीय र न्यायपालिका शाखाको सदनको रूपमा कार्य गर्दछ । यो दिल्लीको ११ जिल्लाहरू मध्ये एक हो । १४८३ वर्ग किलोमीटरमा फैलिएको दिल्ली भारतको तेस्रो सबैभन्दा ठूलो महानगर हो । यहाँको जनसङ्ख्या लगभग २ करोड ५० लाख रहेको छ । यहाँ बोलिने मुख्य भाषाहरू : हिन्दी, पञ्जाबी, उर्दू र अङ्ग्रेजी हुन । यसको दक्षिण पश्चिममा अरावली पर्वत श्रृखला र पूर्वमा यमुना नदी रहेको छ, जसको किनारमा यो शहर अवस्थित छ । यो प्राचीन समयमा गंगा नदिको मैदान भएर जाने वाणिज्य मार्गको बाटोमा पर्न मुख्य स्थल थियो । यमुना नदीको किनारामा स्थित यस नगरको गौरवशाली पौराणिक इतिहास छ । यो भारतको अतिप्राचीन नगर हो । यसको इतिहासको प्रारम्भ सिन्धु घाटी सभ्यतासँग जोडिएको छ । हरियाणाको आसपासका क्षेत्रहरूमा भएको खोजबाट यस कुराको प्रमाण भेटिएका छन् । महाभारत कालमा यस शहरको नाम इन्द्रप्रस्थ थियो । दिल्ली सल्तनतको उत्थानसँग नै दिल्ली एक प्रमुख राजनीतिक, सास्कृतिक र वाणिज्यिक शहरको रूपमा देखापर्‍यो । यहाँ धेरै प्राचीन र मध्यकालीन भवनहरू तथा तिनका अवशेषहरूलाई देख्न सकिन्छ । सन १६३९ मा मुगल बादशाह शाहजहाँले दिल्लीमा नै एउटा चारै तर्फबाट पर्खालले घेरिएको सहरको निर्माण गराए, जुन सन् १६७९ देखि सन् १८५७ सम्म मुगल साम्राज्यको राजधानी रह्यो । १८औं र १९औं शताब्दीमा ब्रिटिश इस्ट इण्डिया कम्पनीले लगभग पुरा भारतलाई आफ्नो कब्जामा लियो । त्यसपछि उनीहरूले कोलकातालाई आफ्नो राजधानी बनाए । सन् १९११मा अंग्रेज सरकारले पुन: राजधानी दिल्ली फिर्ता लैजाने निर्णय गर्‍यो । यसको लागि पुरानो दिल्लीको दक्षिणमा एक नयाँ नगर नयाँ दिल्लीको निर्माण प्रारम्भ भयो । अंग्रेजबाट सन् १९४७मा स्वतन्त्रता प्राप्त गरेपछि नयाँ दिल्ली भारतको राजधानी घोषित गरियो । स्वतन्त्रता प्राप्ति पश्चात् दिल्लीमा विभिन्न क्षेत्रहरूबाट मान्छेहरूको आवागमन भयो, यसले दिल्लीको स्वरूपमा आमूल परिवर्तन ल्यायो । विभिन्न प्रदेसहरू, धर्महरू र जातजातिहरूका मान्छेहरूको दिल्लीमा बसाईका कारण दिल्लीको सहरीकरण त भयो नै साथै यहाँ एक मिश्रित संस्कृतिले पनि जन्म लियो । आज दिल्ली भारतको एक प्रमुख राजनीतिक, सास्कृतिक र वाणिज्यिक केन्द्रको रूपमा रहेको छ ।

प्यासन्स प्रमिस

प्यासन्स प्रमिस अमेरिकन उपन्यासकार ड्यनिएल्ले स्टिलद्वारा लिखित उपन्यास हो ।

बिलबोर्ड हट १००

बिलबोर्ड हट १०० संयुक्त राज्य अमेरिकामा सङ्गीत उद्योग रेकर्ड चार्ट हो जुन गीतहरूको लागि बिलबोर्ड पत्रिकाद्वारा साप्ताहिक प्रकाशित गरिन्छ । यो चार्ट अमेरिकामा, रेटिङ, बिक्री (भौतिक र डिजिटल), रेडियो प्ले, र अनलाइन स्ट्रिमिङमा आधारित छ ।

जब नीलसन नामक अमेरिकि मिडिया कम्पनीले सन् १९९९ मा बिक्री भएका सामग्रीहरूलाई पछ्याउन थाल्यो, बिक्रीको लागि साप्ताहिक पछ्याउने अवधिमा सोमबार देखि आइतबारसम्म भएको थियो, तर जुलाई २०१६ मा यो शुक्रबार देखि बिहीबारमा परिवर्तन गरिएको थियो।

यो पछ्याउने अवधि अनलाइन स्ट्रिमिङ डाटा सङ्कलन गर्न पनि लागू हुन्छ। रेडियो एयरप्लेप, जो बिक्रीको आंकडा र स्ट्रिमिङको विपरीत, एक वास्तविक समयको आधारमा सजिलै उपलब्ध छ। रेडियो एयरप्लेलाई सोमबारदेखि आइतबार (पहिला बुधबारदेखि मङ्गलबार) मा पछ्याउने गरिएको छ। एक नयाँ चार्ट सङ्कलित गरिन्छ र औपचारिक रूपमा मङ्गलबार बिलबोर्ड द्वारा सार्वजनिक गरिन्छ।

यसलाई पहिलो पटक सार्वजनिक गरिएको बेलामा, पहिलो हट १०० गित भने "पोर लिटिल फुल" रहेको थियो जो अगस्ट ४,१९५८ मा परेको थियो र यसका गायक भने रिकि नेल्सन रहेका थिए। डिसेम्बर २९, २०१८ को अन्त्यसम्ममा, हट १०० मा अहिले सम्म १,०८० अोटा विभिन्न गायक/गायिका वा ब्याण्डहरूका गित एक नम्बरमा पुगेका थिए। चार्टमा हालको सङ्ख्या एकमा पर्न सफल गीत, अरिएना ग्रान्डेको "७ रिङस्" बोलको गित रहेको छ।

भीमसेन थापा

भीमसेन थापा (सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५) नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुन् । राजा रणबहादुर शाहका हजुरिया (शाही सचिव तथा सल्लाहकार) भएपछि भीमसेन थापाको उदय भएको हो । सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन भारतको वाराणसी जाँदा भीमसेन थापा पनि सँगै गएका थिए । यसै कृतज्ञताका कारण, रणबहादुर शाहले भीमसेन थापालाई नयाँ विस्तारित सरकारमा काजी (मन्त्री सरहको पद) को पदमा नियुक्त गरे । सन् १८०६ मा रणबहादुर शाहको हत्या उनकै सौतेनी भाइ शेरबहादुर शाहद्वारा भए पश्चात भीमसेन थापाले ९३ जनाको हत्या गरेर स्वयं आफू मुख्तियार (प्रधानमन्त्री सरहको पद) बने ।

भीमसेन थापाको प्रधानमन्त्रीकालमा नेपाल साम्राज्यको निक्कै विस्तार भएको थियो । यसको प्रमाण यसबाट लगाउन सकिन्छ कि त्यस समयमा यस साम्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो । तर, सन् १८१४-१८१६ सम्म नेपाल विनाशकारी अङ्ग्रेज-नेपाल युद्धमा फस्यो, जसको फलस्वरूप नेपालले सुगौली सन्धि गरेर आफ्नो एक तिहाई जमिन इस्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको थियो । यस युद्धमा पराजयकै कारण नेपालमा ब्रिटिश रेसिडेन्सीको स्थायित्व कायम भएको थियो ।

सन् १८१६ मा युवावस्थामै राजा गीर्वाणयुद्ध विक्रम शाहको मृत्यु तथा उनको उत्तराधिकारी राजा राजेन्द्र विक्रम शाह सानै भएको कारण तथा रानी ललित त्रिपुरा सुन्दरी (रणबहादुर शाहकी कान्छी श्रीमती) तथा केही दरबारियाको समर्थनकै कारण नेपाल अङ्ग्रेज युद्धमा हार भएता पनि भीमसेन थापा शक्तिमै रहेका थिए ।

सन् १८३२ मा उनको ठुलो समर्थक रानी ललित त्रिपुरा सुन्दरीको मृत्य तथा राजा राजेन्द्र विक्रम शाह युवावस्थामा पुगेपछि भीमसेन थापाको शक्ति स्थिर भएको थियो । मुख्यतया पाण्डेहरू भीमसेन थापालाई दामोदर पाण्डेको सन् १८०४ मा भएको हत्याको योजनाकार मान्दथे । अनेक षड्यन्त्र र विरोधी दरबारियाहरूको गतिविधिका कारण अन्तत: भीमसेन थापा सन् १८३९ मा जेल हालिए र उनले त्यहिँ आत्महत्या गरे । तर, उनको मृत्यु पश्चात पनि आन्तरिक कलह शान्त भएन र सोको फलस्वरूप राणा शासनकालको उदय भयो ।

मुनामदन

मुनामदन महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित एक खण्डकाव्य हो । मुना मदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो। मुना मदनलाई लिएर सन् १८५९मा आफ्नो मृत्यु अघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाईदिए पनि मुना मदन चाही नजलाउनु। मुना मदन अहिलेसम्मकै सबैभन्दा धेरै बिक्रि भएको पुस्तक हो।

रामशरण दर्नाल

रामशरण दर्नाल (अङ्ग्रेजी: Ramsharan Darnal) (वि.सं. १९९४ - वि.सं. २०६८) नेपाली वाद्यविद् हुन् । दर्नालको जन्म सन् १९३७, १० जुलाई; विक्रम सम्बत: १९९४ असार २७ गते शुक्ल तृतीयाका दिन भएको हो । लोकसङ्गीत तथा संस्कृतिविद् दर्नाल सङ्गीतसम्बन्धी अध्ययन-अनुसन्धानका विशिष्ट अभियन्ता हुन् । रामशरण दर्नाल नेपाली सङ्गीत अन्वेषकको पर्यायवाची नाउँ हो । साथै नेपाली भाषा-साहित्यको श्रीवृद्धिका लागि पनि दर्नालको महत्वपूर्ण भूमिका रहेको छ । नेपाली बाजागाजाका उनी सक्कली अन्वेषक हुन् । नेपाली समाजमा लोप भइसकेका लोकबाजा र धुनको खोजीमा निरन्तर साधानारत रामशरण दर्नाल लोकबाजा, लोक संस्कृति एवं लोक भाकाको विज्ञ हुन् । उनले जातीय चाडपर्वमा विभिन्न जातजातिले बजाउने बाजा र धुनको ऐतिहासिक महत्त्व र गरिमाबारे गहन अध्ययन गरी जनसमक्ष ल्याएका थिए । नेपाली लोक तथा शास्त्रीय सङ्गीतका पुस्तकालय मानिन्छन्, रामशरण दर्नाल ।

वसन्ती (उपन्यास)

वसन्ती डायमनसम्शेर राणाद्वारा लेखिएको एेतिहासिक उपन्यास हो । यसलाई साझा प्रकाशनले बजारमा ल्याएको हो ।ऐतिहासिक परिवेशमा आधारित यो उपन्यासको कथावस्तु दरवारकी नर्तकी वसन्ती, गगनसिंह खवास , राजेन्द्र लक्ष्मी र जंगबहादुर राणाको वरिपरि घुम्छ ।

स्याङ्जा जिल्ला

स्याङ्जा जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलमा अवस्थित एक पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम स्याङ्जा हो । राजनीतिक विभाजनका आधारमा यस स्याङ्जा जिल्लामा विगतका ६० गा.वि.स सहित समायोजन गरि ५ नगरपालिका र ६ गाउँपालिका छन्।

ह्मेन्दु

हृमेन्दु लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको काव्य हो।

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.